सीएन थारू
विषय प्रवेश : यथार्थ में नेपाल बहुलराष्ट्रिय राज्य आ यतेका बासिन्दा सबके भाषिक आधार में एक जाति–अनेक भाषा बोलैबला, अनेक जाति–एक भाषा बोलैबला, एक जाति–क्षेत्रगत आधार में बोलल जाईबाला विभिन्न भाषा के प्रयोग करैबला के रुपमें वर्गिकरण करलज्या सकैये। आदिवासी समुदाय में परैबला जाति सब आपन आपन बोली भाषा प्रयोग करैछै। चिन्तन के आधार में अखुन्वों नेपाल में एक भाषा, एक भेष आ एकल जातीय संस्कृति के राज्य के मार्ग निर्देशक सिद्धान्त मानैत नेपाली राष्ट्रियता विकास करैले खोज्ने छै। Continue reading “एक्काईशौं शताब्दीमें लोकतान्त्रिकरणके लहर”
Author: admin
कवितामे थरुहटके मुद्दा
काठमाडौं- प्रत्येक महिनक् अन्तिम शनिवार कैजैटी रलक कीर्तिपुरे थारू कविता श्रृंखलाके चौधौ श्रृंखला चैत २९ गते हुइल। यी श्रृंखलामे प्रायः कविलोग थारू मधेशी नैहुइट, टब फे सरकारसे ओइन जवर्जस्ती मधेशी बनाजैनाके आक्रोश पोख्लाँ। Continue reading “कवितामे थरुहटके मुद्दा”
लावा बरस, लावा उमंग (थारु भाषा)
कृष्णराज सर्वहारी– लावा शब्द जो सुन्टी सोहावन। लावा दुल्हा दुल्हनीयनक् अपन भाउ रहठ्। लर्कापर्का लावा जरावर भेटैठाँ टे भुँख प्यास फेन विस्रा डर्ठा। फिलिम हेर्ना बान परल मनैन्के लावा फिलिम लग्टी कि हलओर गोर उठ् जैठिन्। थारू समाजमे कौनो उब्जनी हुइठ टे पहिले डेउटन् चह्रा जाइठ। ओ, मंगौटा कैजाइठ– भले भले टैँ लावा, मै पुरान। लावा लावा लग्वाइस, पुरान चिरान खवाइस। पुर्खन्के यी कहकुट मे बराबर दम बा। पुरान चिरान खवाइस कलक् हमार घरेम अन्नके भण्डार कबु ना टुटे। गरज परल बेलम् पुरान राईरब्बी बेंच्के लावा लावा घाले मिले कलक हो। ओहेसे का लावा, का पुरान समय अनुसार लावा पुरान डुनुक् ओत्रे महत्व बा। Continue reading “लावा बरस, लावा उमंग (थारु भाषा)”
बालश्रमविरुद्धको ऐन कागतमै सीमित
कमला चौधरी– बुटवल- काली, अग्ली तर पातली, खुट्टा फुटेका, फरक फरक रङ्गका चप्पल लगाएकी एक बालिका बुटवलको पुरानो बस पार्कमा हिँडिरहेकी थिइन्। दुव्लो शरीरमा एक जोर पातला कपडामात्रै। हेर्दा वर्षौंदेखि ननुहाएको जस्तै देखिन्थिन्। शरीरबाट टाढैदेखि गन्ध आउने, भोक लाग्यो भन्दै माग्दै हिँडेकी थिइन्। हातमा स्टिलको कचौरा थियो। पाँच रुपियाँ दिनुस् न उनी अनुरोध गर्दै थिइन्। बाटोमा हिँड्ने सबैको नजर दया गर्नेभन्दा बढी गिज्याएर हाँस्नेको थियो। कोही पागल खाते भन्दै जिस्काए। एक जना बाटोमा हिँड्नेले धक्कालेर भने, ‘उता जा काम गरेर खान सक्दिनस्, लाज लाग्दैन माग्न।’ Continue reading “बालश्रमविरुद्धको ऐन कागतमै सीमित”
कथित उच्चजातिको बपौती होइन सरकारी सेवा
गोपाल दहित– नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले नेपाल सरकारका उच्चपदस्थ कर्मचारी मुख्यसचिव, सचिव सबैलाई कर्मचारीतन्त्र चुस्त, दुरुष्ट र जनसेवामुखी हुन पहिलो निर्देशन दिने गर्छन्। तर पुरानै नियती दोहरिन्छ, उही मन्त्री वा कर्मचारीले मन्त्री वा कर्मचारीलाई आफ्नो कुर्ची वरिपरि घुमाइरहन्छन् र त्यसको सिकार नेपाली जनता र सिंगो देश हुन पुग्छ। चुनावको बेलामा ठूला दलका कथित उच्च जातिका शीर्षस्थ नेताहरुले ठूल्ठूला आमसभामा सिहगर्जन गर्दै भन्ने गर्छन्, ‘जनताका सबै बेरोजगार छोरा छोरीहरुलाई सरकारी रोजगारी दिनेछौं, बेरोजगारीको अन्त्य गर्नेछौं।’ Continue reading “कथित उच्चजातिको बपौती होइन सरकारी सेवा”
तराईमा छिट्टै आगो बल्दैछ : लेखी (फोटो फिचर र भिडियो)
काठमाडौं- आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमारी लेखीले छिट्टै तराईमा आगो बल्ने बताएका छन्। उनले आदिवासी जनजातिको मागलाई सरकारले बेवास्ता गरेको भन्दै तराईबाट आगोको झिल्को सल्किने चेतावनी दिएका हुन्। ‘सरकारले आदिवासी जनजातिको मागलाई बेवास्ता गरेको छ,’ राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘यही अवस्था रहे तराईमा अब आगो सल्किनेछ।’ Continue reading “तराईमा छिट्टै आगो बल्दैछ : लेखी (फोटो फिचर र भिडियो)”
तराई र मधेशको भिन्नता
दिल बहादुर चौधरी- तराई र मधेशको बारेमा धेरैले धेरै शव्द खर्चिसकेका छन् र खर्चिरहेका छन्। यो लेख पनि यही दुई शव्दसँग सम्बन्धित छ। कहिलेकाहीं लाग्छ, सबलले दुर्बलमाथि, धुर्तले सोझामाथि जहिले नि अन्याय र अत्याचारको उपहार टक्रयाइराख्ने प्रकृति प्रदत्त स्वाभाविक नियम र सामाजिक परम्परा हो कि! इतिहास भनेको जितुवाको दास र हरुवाको सर्बनाश हो, त्यसैले नै होला कोत पर्व र भण्डारखाल पर्व घटाउने जंगबहादुर देशको इतिहासमा अमर भएर रहे। त्यतिबेला हारेको भए उनको पनि इतिहासमा कालो नाम रहने थियो। Continue reading “तराई र मधेशको भिन्नता”
पहिचानको लडाइँमा थारुहरु एक हौं
संजय चौधरी- जन्मसँगै मानिसले आफ्नो पहिचान बोकेर आउँछ। त्यो पहिचान उसको मृत्युपश्चत् पनि जिवित रहन्छ। जन्मसँगै मैले पनि ‘थारु’को पहिचान बोकेर आएको छु। थारु बस्ने तराईका भूभागमै जन्मिए, हुर्किए र पढेँ पनि। मेरो आफ्नो मौलिक पहिचान छ। रीतिरिवाज छ। परम्परा छ। भलै मेरो पछाडि कुनै थर जोडिएको छ। तर म थारु हुँ। र, गर्वका साथ भन्न सक्छु यो मेरो पहिचान हो। Continue reading “पहिचानको लडाइँमा थारुहरु एक हौं”
‘पहिचानको लडाइँमा थारु समुदाय एकजुट हुनुपर्छ’
श्रीमानको सफलता पछाडि जति हात श्रीमतीको हुन्छ, राजनीतिक सफलतामा त्यति नै हात युवाहरुको हुन्छ। थरुहट आन्दोलन होस् वा कमलरी आन्दोलन। यी सबै आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन् बर्दियाका सीताराम चौधरी। बर्दियाली थारु विकास मञ्चका अध्यक्षसमेत रहेका उनी हालः थरुहट तराई पार्टी नेपालबाट समानुपाति सभासद् बनेका गोपाल दहितका स्वकीय सचिव हुन्। हालैमात्र ब्यवस्थापिका संसदमा ‘संविधान सभा सदस्य विधेयक २०७०’संसोधन हुन सकेन। जुन विधेयकमा थारुलाई मधेसी बनाइएको छ। सोही विधेयक र थारुलाई मधेसी किन बनाइँदैछ भन्ने विषयमा चौधरीसँग थारु कम्युनिटीले गरेको कुराकानी पढ्नुस्: Continue reading “‘पहिचानको लडाइँमा थारु समुदाय एकजुट हुनुपर्छ’”
सेक्समा फेसबुकको बाधा
सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ कि? यस्तो चिन्ता धेरैले व्यक्त गरिसकेका छन्। मान्छेहरू कामधाम एकातिर राखेर फेसबुक, ट्वीटरमा झुन्डिएका हुन्छन्। पार्टी भइरहेको हुन्छ, मानिस फेसबुकमा स्ट्याटस चेक गरिरहेका हुन्छन्। मान्छे डुबिरहँदा बचाउन छाडेर फोटा खिचेर फेसबुकमा अपलोड गर्न लागेको कार्टुन फेसबुकमा यसै लोकप्रिय बनेको होइन। एक जमानामा फोटो धुलाएर एल्बममा राख्नका लागि हुन्थ्यो। अहिले प्रोफाइल पिक्चर बनाउन र धेरै लाइक कमाउन हुन्छ। क्लासमा पढाउँदा पढाउँदै क्या झुर पढाएको यो सरले भन्दै फेसबुक वा ट्वीटरमा लेख्ने विद्यार्थीको कमी छैन। राति अबेरसम्म फेसबुकमा, बिहान उठ्ने बित्तिकै फेसबुकमा हुँदाहुँदा शौचालय जाँदा पनि स्मार्टफोन बोकेर फेसबुक र ट्वीटरमा झुन्डिने जमात नेपालकै शहरहरूमा धेरै देखिएको छ। Continue reading “सेक्समा फेसबुकको बाधा”