फेसबुकमा च्याट बन्द हुँदै

facebook_messenger_android_ios

एजेन्सी- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा मोबाइलबाट च्याट गर्ने बानी लागेको छ? त्यसो भए तपाईंका लागि नराम्रो खबर– अब मोबाइलबाट च्याट गर्ने सुविधा तपाईंले पाउनु हुने छैन। केही समयपछि नै यो सुविधा विश्वभरका मोबाइल एप्सबाट हटाउने तयारी फेसबुकले गरेको छ। Continue reading “फेसबुकमा च्याट बन्द हुँदै”

सिक्कल सेल रोगबारे संसदमा बहस, बजेट विनियोजन नगरेको भन्दै गुनासो

CA-building

काठमाडौं- व्यवस्थापिका–संसद्को आजको बैठकमा पश्चिम तराईमा बसोबास गर्ने थारू समुदायमा महामारीका रुपमा फैलिएको सिक्कल एनिमिया रोग नियन्त्रणबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भयो। सभासद् गोपाल दहितले ‘पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायमा मात्र लाग्ने सिक्कल सेल एनिमिया रोग प्रकोपको रूपमा फैलिएकाले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपाय अवलम्बन गरोस्’ भन्ने विषयको जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्। Continue reading “सिक्कल सेल रोगबारे संसदमा बहस, बजेट विनियोजन नगरेको भन्दै गुनासो”

मिडियामा मधेसवाद

faniraj nepalफणिराज नेपाल– मधेसवाद भनेको के हो? प्रस्ट नभई वा नपारी केही वर्षदेखि मिडियामा मधेसवाद प्रचारमा आएको छ। नभएको ठाउँ, चिज र विचारलाई आधार बनाएर गरिने प्रचारबाजी क्षणिक हुन्छ। मिडियाले पनि बिनाआधारका कुरा सम्पुष्टि गर्न खोज्नु निको होइन। नेपाली समाजमा मिडियाले गरेको यो भ्रमको खेती अर्थात मधेसवाद विगतको मधेसी आन्दोलनपछि निकै प्रचारमा आएको हो। Continue reading “मिडियामा मधेसवाद”

थाकस झापाको विभिन्न गाउँ-नगर कमिटीमा को को निर्वचाति भए?

logo tharuझापा- थारु कल्याणकारिणी सभा झापाले असोज २९ गते जिल्लामा हुने २१औं महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको छ। सभाले झापाको गाउँ, नगर, क्षेत्रको अधिवेशन गर्नुका साथै महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको हो। Continue reading “थाकस झापाको विभिन्न गाउँ-नगर कमिटीमा को को निर्वचाति भए?”

इद उल फित्र धूमधामका साथ मनाइँदै

Eiddविराटनगर-  इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन्। यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन्। Continue reading “इद उल फित्र धूमधामका साथ मनाइँदै”

पूर्वकमैयाको उद्योगमा २० जनालाई रोजगारी

Bhodu Tharuबर्दिया- सानोश्री–६ मधुवन बजारका ३७ वर्षीय मुक्त कमैया भोदु थारु गुजारा चलाउन केही वर्ष अघिसम्म अरूको उद्योगमा ज्याला मजदुरी गर्थे। बिहान सबेरै मुक्त कमलरी श्रीमती सीता थारुसँगै अर्काको काम नगरेसम्म उनको अँगेनामा आगो बल्दैनथ्यो। जीवन गुजाराका लागि सिकेको सिपबाट आफ्नै उद्योग खोलेपछि उनको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आयो। जन्मेदेखि बुबासँगै कमैया बसेको दम्पती अहिले नामी उद्योगपतिका रूपमा चिनिन्छ। उनीहरुको उद्योगमा २० जनाले रोजगारी पाएका छन्। Continue reading “पूर्वकमैयाको उद्योगमा २० जनालाई रोजगारी”

बुढेसकालमा बन्दैछन् बेसहारा

Tharu photo

कमला चौधरी, बुटवल- वैवाहिक जीवनको रमाइलोसँगै महिलाहरुमा आमा बन्ने प्रक्रिया सुरु हुन्छ। महिनावारी सुरु हुँदादेखि मृत्युसँग अनवरत संघर्ष गर्दै एउटी महिला आमा बन्छिन्। सन्तानको सुख र बुढेसकालमा साहारा पाउने कल्पनामा आफ्ना सबै पीडा भुलेर आमाले सन्तानलाई हुर्काउँछिन्। आफूले नखाए पनि सन्तानलाई खुवाउँदै, उसको पीडामा रुँदै र खुसीमा रमाउँदै ती आमाले आफ्नो सन्तान ठूलो बनाउँछिन्। यसरी हुर्काए बढाएका सन्तानले पछिल्लो समयमा तीनै आमालाई दुःख दिने गरेका उदाहरण अहिले समाजमा बढ्दै गएको छ। Continue reading “बुढेसकालमा बन्दैछन् बेसहारा”

मुक्त कमैयाको पुनःस्थापना प्याकेजको रकममा अनियमितता

kamaiya

मुकेश टेंर्रा, धनगढी- सरकारले डेढ लाख रुपैयाँमा किनिदिने जग्गाको लागि कैलालीको साँडेपानी गाविसको बेलार शिविरमा बस्ने मुक्तकमैया मनमति चौधरीका लागि जग्गा कारोबारीले फर्म भरिदिए। उनको नाममा बसौटी गाविसको सिम्राना गाउँको एक कठ्ठा जमीनको लालपूर्जा पनि आइपुग्यो। तर गतवर्ष साउन २५ गते उनको हातमा लालपूर्जा परेपनि उनले जग्गा अझै देख्न पाएकी छैनन्। जग्गा देखाइदिन उनले बारम्बार जिल्ला भूमिसुधारका कार्यालय धाउँदै आएकी छन्। तर कर्मचारीले उनलाई जग्गा किनाइदिने व्यक्तिलाई सम्पर्क गर्न भन्छन्। ती जग्गा कारोबारी भारत गइसकेको मनमतिले बताइन्। Continue reading “मुक्त कमैयाको पुनःस्थापना प्याकेजको रकममा अनियमितता”

पुनःस्थापना नभएका पूर्व कमैया विचल्लीमा

Kamaiya 2मुकेश टेंर्रा, धनगढी- ग्रामीण क्षेत्रमा बसोबास गराइएका मध्ये अधिकांस मुक्त कमैया नदी कटान, बाढी, डुवान, वन क्षेत्र र बेरोजगारीका कारण विचल्लीमा छन्। भने अझैं पुनःस्थापना नभएका मुक्त कमैयाहरूले दोधारको जीवन बाँच्नु परेको छ। Continue reading “पुनःस्थापना नभएका पूर्व कमैया विचल्लीमा”

मिहिनेती मुक्तकमैया प्रगतिपथमा

Kamaiya

मुकेश टेंर्रा, धनगढी- चौध वर्ष पहिले मुक्त भएकामध्ये केही मुक्त कमैयाले सामाजिक तथा आर्थिक रूपमा सफलता प्राप्त गरेका छन्। कमैया प्रथा निषेध भएपछि मुक्त भएका उनीहरूको मिहिनेत तथा अठोटले प्रगति पथमा लम्किएका छन्। Continue reading “मिहिनेती मुक्तकमैया प्रगतिपथमा”