दोदा नदीको बाढीले १६० परिवार विस्थापित, बगिने डरले रातभर जागा

कञ्चनपुर शंकरपुर-८ डुंगाका झग्गुप्रसाद चौधरी छिमेकी ७ नम्बर वडा दोदा नदीको बाढीले बगाएपछि आफ्नो गाउँ पनि बग्ने चिन्तामा। तस्बिर : चित्रांग
कञ्चनपुर शंकरपुर-८ डुंगाका झग्गुप्रसाद चौधरी छिमेकी ७ नम्बर वडा दोदा नदीको बाढीले बगाएपछि आफ्नो गाउँ पनि बग्ने चिन्तामा। तस्बिर : चित्रांग

कञ्चनपुर- दोदा नदीको बाढी (बैया) बाट पीडित शंकरपुर-८ का डेढ सय परिवार रातभर जागा बस्न बाध्य छन् । ‘हेर्दाहेर्दै छिमेकी गाउँ पूरै बग्यो, हाम्रो पनि के भर छ र,’ दोदा किनारमा बिहीबार भेटिएका झग्गुप्रसाद चौधरीले त्रास व्यक्त गरे, ‘अहिले कटान भइरहेको ठाउँबाट दोदा पस्यो भने हाम्रो पनि उठिबास हुन्छ । त्यसपछि को कता पुग्छ, ठेगान छैन।’ Continue reading “दोदा नदीको बाढीले १६० परिवार विस्थापित, बगिने डरले रातभर जागा”

इराकबाट फर्केका अनिलकुमार चौधरी भन्छन्- ‘अब यतै दुःख गर्छु’

pic
तस्बिर सौजन्य : प्रतीक रायमाझी

दाङ– म इराक गएको दुई वर्ष पुग्नै आँटेको थियो। त्यहाँको सामरा भन्ने सहरमा घर बनाउने कन्स्ट्रक्सन कम्पनीमा काम गर्दै आएको थिएँ। दिनको २ हजार ५ सय रुपैयाँ तलब पाइन्थ्यो। कमाइ राम्रै थियो। सुरुमा त्यहाँ शान्ति थियो। जहाँ पनि निर्धक्क हिँड्न पाइन्थ्यो। पछि द्वन्द्व चर्कन थाल्यो। मान्छे मारिएका समाचार मात्रै सुनिन थाले। कतै सत्ता पक्षले मारिएका खबर सुनिन्थे त कतै विद्रोहीले भवन ध्वस्त पारेका र हत्या गरेका समाचार आउँथे। जताततै हिंसा भड्किन थालेपछि सरकारले कर्फ्यु लगायो। खुलेआम हिँड्न बन्द भयो। डराईडराई हिँड्नुपर्थ्यो। Continue reading “इराकबाट फर्केका अनिलकुमार चौधरी भन्छन्- ‘अब यतै दुःख गर्छु’”

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भािव र समर्थन अपरिहार्य भएको बताएका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको पथमा अग्रसर भएकाले त्यसमा भारतको सहयोग आवश्यक भएको बताए। Continue reading “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण”

नयाँ राजनीतिक शक्तिका लागि बहस : भट्टराई

इटहरी- एकीकृत नेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले विश्वभर द्वन्द्वात्मक भौतिकवाद सिद्धान्तमा आधारित रहेको परिवर्तनकारी आन्दोलन नभएका कारण धेरै आन्दोलनहरु तुहिएर गएको टिप्पणी गरेका छन्। Continue reading “नयाँ राजनीतिक शक्तिका लागि बहस : भट्टराई”

चिपा रो छोट्का

थारू प्रसादु
भुख लागल मै भात मंग्नु,
टुँ म्वार पिठीम धाप लगाक
बरा प्यार से कलो
चिपा रो छोट्का ।
म्वार ठे काम कर्ना पख्रा बा,
मै जमिन मंग्नु टुहिन दया लागल
अढ्या लगाइक लाग ठन्चे डेलो
मालिक टुँ खुद रहो, मै कमैया
ओ बरा प्यारसे कलो
चिपा रो छोट्का । Continue reading “चिपा रो छोट्का”

फुन्गर कविता संग्रह परगा

Perga reviewसुशील चौधरी– भाषा मानव सभ्यताके एकठो असिन् पहुरा हो, ज्याकर मार मनै और चराचर जगत्से आपन ह अब्वल डेखाइ सेक्लबाट । भाषा पहुर्ना डरंगा हो साहित्य । भाषा बिना साहित्यके अस्तित्व नै हो कलसे साहित्य बिना भाषा फे जिना ओत्रा सहज नै हो । उह भाषा ओ साहित्यम संस्कृति फुन्गरक फुलल रहठ । साहित्यम कविता सबसे पुरान विधा हो । हुइना ट कविताहन सबसे ढेउरनक लिखजैना सबसे कम पह्रजैना विधाके रूपमे फे हेर्जाइठ । Continue reading “फुन्गर कविता संग्रह परगा”

थाकसको केन्द्रीय भेला साउन २७ र २८ गते हुने

logo tharu इन्द्र चौधरी, बिर्तामोड- थारु कल्याणकारिणी सभाको केन्द्रीय भेला साउन २७ र २८ गते हुने भएको छ। भेलामा देशभरिका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार तथा झापा, मोरङ, सुनसरीका अध्यक्षहरुको उपस्थिति रहने झापा अध्यक्ष काशीलाल चौधरीले बताए। Continue reading “थाकसको केन्द्रीय भेला साउन २७ र २८ गते हुने”

वन जोगाउँदै झापाका महिला समूह

झापा- यहाँस्थित नमूना सामुदायिक वन जोगाउन गठन गरिएको महिला समूह प्रभावकारी बनेको छ। शनि–अर्जुन नपा ९ र ७ मा रहेको वनमा महिला समूह गठन गरिएपछि वन संरक्षणमा सुधार आएको हो। Continue reading “वन जोगाउँदै झापाका महिला समूह”

आफ्नै कारणले पहिचान संकटमा

dil bdr chaudharyदिलबहादुर चौधरी- ‘जो अगुवा, उही बाटो हगुवा’भन्ने नेपाली उखानदेखि हामी सबै परिचित छौं होला। हामी नेपालीमा यो उखान प्रायः लागू हुन्छ। आदिबासी थारु यसको अपवाद हुन सक्ने कुरै भएन। थारुमा पनि बिशेषतः थारु अगुवाहरुको चालामालासँग यो उखान अझ मेल खान्छ। यसो भन्दा धेरैलाई चासो भाको होला कि थारु अगुवा भनेका को हुन्? कुरा स्पष्टै छ, जो थारु समुदायको अगुवाई गर्छन्, ती सबै थारु अगुवा हुन्। अगुवाई गर्नेमा थारु नेता, सभासदमात्रै पर्दैनन्, कार्यकर्ता पनि पर्छन्, दलका भातृ-भगिनी संगठन पर्छन्, सामाजिक संघ संस्थामा काम गर्ने, अगुवाई गर्ने, बिद्यार्थीलाई शिक्षादिक्षा दिने शिक्षक बर्ग, गाउँ टोलको अगुवाई गर्ने बरघर, भलमन्सा, मटावा सबै पर्छन्। अन्यथा नलागोस्, यतिबेला हामी कतिपय अगुवाहरु बाटो हगुवा हुन पुगेका छौं। Continue reading “आफ्नै कारणले पहिचान संकटमा”