शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण

OLYMPUS DIGITAL CAMERA

दाङ- एमाले नेतृ तथा पूर्व सभासद् शान्ता चौधरीले बाढीपीडित परिवारलाई कम्बल र चाउचाउ वितरण गरेकी छन्। उरहरी-६, मोतिपुरका बाढी पीडितलाई उनले राहत वितरण गरेको संयोजक नेत्रबहादुर बस्नेतले बताए। उनका अनुसार शान्ता चौधरीले १७ हजार बराबारको सामग्री बाढी पीडितलाई वितरण गरेकी थिइन्। Continue reading “शान्ता चौधरीद्वारा बाढीपीडितलाई राहत वितरण”

एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई, प्रत्येक खेलाडीले २० हजार पाउने

Acc_Nepal_won-1

नेपालले परमपरागत प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गरी एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको छ। मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६१ रन बनायो। जबाफमा आएको मलेसिया ३६.२ ओभरमा १ सय २९ रनमै सीमित भयो। यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कारस्वरुप उपलब्ध गराउने जनाएको छ। Continue reading “एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई, प्रत्येक खेलाडीले २० हजार पाउने”

बाढी पीडितको गुहार- ‘मुस्किलले ज्यान जोगियो, गाँस-बास देऊ’

नेपालगन्ज-गुलरिया सडक खण्डमा खुला आकाशमुनि बसेका विस्थापितहरू। साउन २९ गते बाढी आउँदा ८ दिनकी सुत्केरी रहेकी बर्दिया मोहम्मदपुरकी १७ वर्षीया साउनी थारू (बच्चा च्यापेकी) लाई आफन्तले बल्लबल्ल उद्धार गरेका थिए। चुहिने पालमुनि बस्दा सुत्केरी र बच्चा दुबै बिरामी छन्। तस्बिर : जनक नेपाल/कान्तिपुर दैनिक
नेपालगन्ज-गुलरिया सडक खण्डमा खुला आकाशमुनि बसेका विस्थापितहरू। साउन २९ गते बाढी आउँदा ८ दिनकी सुत्केरी रहेकी बर्दिया मोहम्मदपुरकी १७ वर्षीया साउनी थारू (बच्चा च्यापेकी) लाई आफन्तले बल्लबल्ल उद्धार गरेका थिए। चुहिने पालमुनि बस्दा सुत्केरी र बच्चा दुबै बिरामी छन्। तस्बिर : जनक नेपाल/कान्तिपुर दैनिक

बाढी प्रभावित क्षेत्रमा राहत त पुग्न सकेको छैन नै, बिरामीका लागि औषधि र अस्थायी बासको व्यवस्थासमेत स्थानीय प्रशासनले गर्न सकेको छैन। जनजीवन अस्तव्यस्त र जोखिमपूर्ण बन्दै गएको छ। Continue reading “बाढी पीडितको गुहार- ‘मुस्किलले ज्यान जोगियो, गाँस-बास देऊ’”

अष्टिम्कीमा कतै रुवाबासी, कतै खुसीयाली

Astimki Vs Flood

सन्तोष दहित, दाङ- हरेक वर्षजस्तै यसवर्ष पनि दाङका थारु चेलहीरु ‘अष्टिम्की’ पर्वको भब्य तयारीमा जुटेका थिए। अष्टिम्कीको तीन दनिअघिदेखि अविरल वर्षाले गाउँमा सन्त्रास फैलियो। नभन्दै मध्यरातमा आएको बाढीले कयौंको घरपरिवार बगाएर लगे। Continue reading “अष्टिम्कीमा कतै रुवाबासी, कतै खुसीयाली”

जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साहसहित २६ को नाममा रहेका सम्पति रोक्का

sanjaya shah

जनकपुरधाम- सम्पति सुद्धिकरण विभागले धनुषा क्षेत्र नम्बर ४ का निलम्वित सभासद् सञ्जयकुमार साह र उनका परिवारसहित २६ जनाको सम्पति रोक्का गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोबाट सम्पति सुद्धिकरण निवारण ऐन २०६४ तथा सम्पति सुद्धिकरण निवारण ऐन २०६६ बमोजिम निज साहलगायत २६ जनामाथि सम्पति सुद्धिकरण कसुरको अनुसन्धान भइरहेकाले सो सम्पत्ति बेचबिखन गर्न नपाउने ठहर गरेको हो। Continue reading “जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जय साहसहित २६ को नाममा रहेका सम्पति रोक्का”

नेपालले छुट्टै बौद्ध सर्किट बनाउनुपर्छ : कोष

Lumbini

दीपक घिमिरे, लुम्बिनी- भारतले प्रस्ताव गरेको बौद्ध सर्किटमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने लुम्बिनी विकास कोषले जनाएको छ। कोषले बुद्ध सर्किटमा लुम्बिनीलाई मात्रै समावेश गरे अन्य क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने उल्लेख गरेको छ। Continue reading “नेपालले छुट्टै बौद्ध सर्किट बनाउनुपर्छ : कोष”

पत्‍नीको हत्यापछि आत्महत्या

धनगढी- धनगढी नगरपलिका-१ पशुपति टोलका एक व्यक्तिले पत्‍नीलको हत्यापछि आत्महत्या गरेका छन्। अठ्तीस वर्षीय राकेश चौधरीले आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नील रति चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेपछि आफूले पनि कोठामै आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। Continue reading “पत्‍नीको हत्यापछि आत्महत्या”

जागुरामको पीडा- ‘पोसिलो खानेकुरा बबईले बगायो, चिउरा खाएर १७ दिने सुत्केरी आमाको दुध नै आएन, नाति कसरी बचाऊँ?

जागुराम चौधरी, उरहरी-६, दाङ
जागुराम चौधरी, उरहरी-६, दाङ

दाङ- १७ दिनकी सुत्केरी बुहारी नमा चौधरीको स्याहार गर्ने कोही छैनन्। स्थानीय एक विद्यालयको कोठामा लम्पसार छिन् उनी। ससुरा जागुराम बाढीले निमत्याएको विपत्तिको पीडामा भौंतारिँदै बगरमा हिँड्छन्। उनकी श्रीमती जानुकलालाई बाढीबाट बचेखुचेका सामान खोज्नमै ठीक छ। सुत्केरीलाई खुवाउने पोसिलो खानेकुरा केही छैन। सुत्केरी बुहारीको खानपिनको लागि जोहो गरेको सबै पोसिलो खानेकुरा बबईमा मिसियो। पोसिलो खानेकुरा त परैजाओस पेट भर्ने अन्नसमेत बचेन। Continue reading “जागुरामको पीडा- ‘पोसिलो खानेकुरा बबईले बगायो, चिउरा खाएर १७ दिने सुत्केरी आमाको दुध नै आएन, नाति कसरी बचाऊँ?”