विस्थापितले सिटामोलधरि पाएनन्

20140822_111843
मोहम्मदपुर सौजीगौडीकी अञ्जु थारू स्वास्थ्य शिविरको लाइनमा।

बर्दिया- मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित बिरामीको चाप छ। भाइरल ज्वरोलगायत संक्रमणले सताइएका ८ सयभन्दा बढीले औषधोपचार पाइसके तर विस्थापित शिविर (आश्रयस्थल) मा रहेका हजारौं हजारमध्ये धेरैको गुनासो छ– हामीले त सिटामोल पनि पाएनौं। Continue reading “विस्थापितले सिटामोलधरि पाएनन्”

आँपको रुखमा राजकुमारी चौधरीका २६ घण्टा !

Rajkumari Tharuगृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्: Continue reading “आँपको रुखमा राजकुमारी चौधरीका २६ घण्टा !”

नयाँ ठाउँ खोज्दै पीडित

dang
दाङको डुरुवा-९ चौपरियाका सीताराम चौधरी बाढीले घरबास बगाएपछि अस्थायी बसोबासका लागि टहरा बनाउँदै। तस्बिर : दुर्गालाल केसी

डुरुवा (दाङ)- सीताराम चौधरीसँग शरीर छोप्ने एकसरो कपडासमेत छैन। सुतेका बेला बाढी आएपछि उनलाई सबैभन्दा पहिला ज्यान जोगाउनुपर्ने भयो। ज्यान बचाए तर अरू केही झिक्न सकेनन्। भाग्दाभाग्दै घर ढल्यो, केही दिन आफन्तको घर खोज्दै हिंडे तर कति दिन चल्छ यसरी? प्रश्नको जवाफ खोज्दै उनी अर्को बसोबासको जोहो गर्न थाले। Continue reading “नयाँ ठाउँ खोज्दै पीडित”

बस्ती अझै डुबानमा

bardia

नेपालगन्ज- बाँके र बर्दियाका बाढीग्रस्त बस्ती अझै डुबानमा छन्। नजिकैका सामुदायिक वन, विद्यालय र उच्च भागमा अस्थायी शिविर बनाएर बसेका विस्थापित अझै गाउँ फर्किन सक्ने अवस्था छैन। उनीहरू दिनभरि भग्नावशेष घरका सामान खोज्ने र साँझ परेपछि अस्थायी शिविर फर्किने गरेका छन्। बाँके, बर्दिया र सुर्खेतका १ सय २५ भन्दा बढी बाढीपीडित शिविरमा २३ हजार विस्थापितले आश्रय लिएको निमित्त क्षेत्रीय प्रशासक राजकुमार श्रेष्ठले बताए। Continue reading “बस्ती अझै डुबानमा”

लक्ष्मण थारुले ल्याए गच्छदारको पार्टीको नाम फेर्ने प्रस्ताव

Bijay kumar GAchdar and Laxman Tharu

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण थारुले पार्टीको राजनीतिक समितिमा पार्टी नाम फेर्ने प्रस्ताव लगेका हुन् । Continue reading “लक्ष्मण थारुले ल्याए गच्छदारको पार्टीको नाम फेर्ने प्रस्ताव”

बर्दिया बानियाभारका स्थानीय भन्छन्- पीडित भएर बाँच्नुभन्दा बबईले बगाएर लगेकै बेस हुन्थ्यो

Bardiya Flood Victims-18

माथिको तस्बिर हेर्दा के अनुमान लगाउनुहुन्छ? तपाइँको अनुमान जे भए पनि यथार्थमा यो तस्बिर बर्दिया बानियााभर-४ ढुंगही-कुसुमडाँडास्थित एक घरको दृश्य हो। २ सय ८३ घरमध्यको भाग्यमानी घर। बबइ खोलाको बाढीले बगाउन नसकेको यो घरमा अहिले विस्थापित परिवार आश्रय लिएर बसिरहेका छन्। एक साताअघि बाढीले आफ्नो गाउँसमेत डुबानमा परेको सुनेपछि काठमाडौं बस्दै आएका राज कुसमी सिधै गाउँ हानिए। कारण कुसुमडाँडाको यही घरमा उनका आमाबुबा बसोबास गर्छन्। चिन्ता र भयले उनी डुबान परेको खबरसँगै गाउँ पुगेका थिए। Continue reading “बर्दिया बानियाभारका स्थानीय भन्छन्- पीडित भएर बाँच्नुभन्दा बबईले बगाएर लगेकै बेस हुन्थ्यो”

थारु युवाहरुद्वारा बाढीपहिरो पीडितका लागि राहत संकलन अभियान सुचारु, सहयोग गर्न सबैमा अपिल

banner

बाढीपहिरो पीडितका लागि थारु युवाहरुको समूहले ‘राहत संकलन अभियान’ सञ्चालन गर्ने भएको छ। बिहीबार राजधानीमा थारु युवाहरुको बैठक बसी सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सो अभियानमा थारु सम्बद्ध आधा दर्जन संस्थाको सहभागिता रहने अभियानका संयोजक सीताराम चौधरीले बताए। Continue reading “थारु युवाहरुद्वारा बाढीपहिरो पीडितका लागि राहत संकलन अभियान सुचारु, सहयोग गर्न सबैमा अपिल”

मोतिपुरको गहना नै बगाएपछि…

  OLYMPUS DIGITAL CAMERA   

सन्तोष दहित, दाङ- केहिदिन अघि अविरल वर्षासँगै आएको बाढीले उरहरी-६, मोतिपुर गाँउलाई नै सखाप पार्नेगरी लग्यो। दिउँसोभरि ब्यस्त रहने मोतिपुरका बासिन्दा रातको खानासँगै निदाएका थिए। तर निन्द्राको बीचमै गाउँ नै सखाप पार्ने भेल बग्यो। Continue reading “मोतिपुरको गहना नै बगाएपछि…”