थाविसको रुपन्देहीमा बद्धिरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

tharu student new

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज रुपन्देहीको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले बुद्धिराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सपना चौधरी, सचिवमा सम्झना चौधरी, सहसचिवमा सनिदयाल चौधरी र कोषाध्यक्ष कृष्णकुमारी चौधरी छन्। त्यसैगरी सदस्यहरुमा जीतराम चौधरी, निलम चौधरी, नन्दनी चौधरी, रञ्जनी चौधरी, रामप्रसाद थारु, रुपा चौधरी, पूजा चौधरी र नर्वदा चौधरी छन्। Continue reading “थाविसको रुपन्देहीमा बद्धिरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति”

लेहेँगा चाहियो? मुक्त कमलरीलाई सम्पर्क गर्नुस्!

Kamalari_lehenga-1

सन्तोष दहित, दाङ- पछिल्लो समय थारु समुदायको भेषभुसा लोप हुन थालेपछि यसको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्व कमलरीहरु लागि परेका छन्। नयाँ पुस्ताले परम्परागत थारु पहिरनलाई छाडेर जिन्स पाइन्ट र टिसर्टमा आकर्षण बढारहेका बेला पूर्व कमलरीहरुले भने भेषभुसाको चिन्ता गर्नै यसको उत्पादनमा लागेका छन्। Continue reading “लेहेँगा चाहियो? मुक्त कमलरीलाई सम्पर्क गर्नुस्!”

माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने

PM Meet edit

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी महोत्सव आयोजना गर्दैछ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी निमन्त्रणा दिइएको माघी मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले बताए। प्रधानमन्त्री काइरालाले निमन्त्रणलाई स्वीकार गरेको संयोजक चौधरीले बताए। Continue reading “माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्रीले गर्ने”

साँढेको जुधाई, बाच्छाको मिचाई

dil bdr chaudharyदिलबहादुर चौधरी- विगतको जस्तै यतिबेला पनि राज्यको पुनर्संरचनामागएर हलो अड्किएको छ। जतिजति माघ नजिकिँदैछ, छलफल, बहस घनिभूत हुँदैछ। राज्यपुनर्संरचनाको सबाल विशेषतः आदिवासी जनजाति, मधेसी, मुश्लिमजस्ता उत्पीडनमा परेका जातजातिहरुको कारणले ठूलो भएको छ। Continue reading “साँढेको जुधाई, बाच्छाको मिचाई”

थारु विद्यार्थी समाजमा नेतृत्वको लडाइँ, चन्द्र र शिवको उम्मेदवारी घोषणा

Chandra Chaudhary VS Shivanarayan Chaudhary

कारी महतो, चितवन- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा यस संगठनको नेतृत्व आफ्नो हातमा लिन विद्यार्थी नेताहरुले आन्तरिक कसरत थालेका छन्। आफ्नो उम्मेदवारीको घोषणा गर्दै उनीहरुले विद्यार्थीहरुलाई प्रभावित पार्न विभिन्न जिल्लाका क्याम्पसमा सम्पर्क बढाइरहेका छन्। Continue reading “थारु विद्यार्थी समाजमा नेतृत्वको लडाइँ, चन्द्र र शिवको उम्मेदवारी घोषणा”

डिग्री माइला अर्थात् प्रदीप चौधरीको असली कथा

Pradip Chaudhary

‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो नाटक तेस्रो पटक नियमित मञ्चन भइरहेको छ । यसका मुख्य पात्र हुन्, प्रदीपकुमार चौधरी । Continue reading “डिग्री माइला अर्थात् प्रदीप चौधरीको असली कथा”

छात्रावासका मुक्त कम्लरी भोकभोकै

Kamalari_Narti Hostel

नर्ती (दाङ)- एक महिनादेखि तेल र बेसार नहालेको तरकारी खाइरहेका छौं । खाना खाने बेला मन रुन्छ । खाना नभएर कति दिन चिउरा मात्रै खाएका छौं । आज त त्यो पनि छैन, भोकै छौं । बिरामी भएर उपचार गर्न पाइएको छैन । तपाईंहरूका छोराछोरी बिरामी हुँदा अस्पताल लैजानुहुन्छ होला । हामीलाई कसले लैजाने ? हामी बाँच्न चाहन्छौं, बचाउनुहोस् । यो भनाइ हो, सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीमा कक्षा ९ मा अध्ययनरत मुक्त कम्लरी वसन्ता चौधरीको । Continue reading “छात्रावासका मुक्त कम्लरी भोकभोकै”

जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै

padma-ratna-tuladhar

पहिचानसहितको संघीयताका लागि सम्झौताहीन निर्णायक आन्दोलन गर्ने भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले शुभेच्छुकहरुसँग चन्दा तथा आर्थिक सहयोग आह्वान गरेको छ। पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनका लागि विदेशस्थित जनजाति संघ संस्थाहरुबाट आर्थिक संकलनको अभियान शुरु भएको हो। Continue reading “जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै”

भल पसेपछि फूलबरियाका बासिन्दा रातभर जाग्राम

Dang

दाङ- शुक्रबार बिहानदेखि नै सञ्चारमाध्यमले फुकेको ‘वर्षा हुन सक्ने’ समाचारले विस्थापित शिविर त्रासमा थियो। असोज अन्तिमको हुडहुड आँधीले हायलकायल पारेको उनीहरूले बिर्सेका थिएनन्। नभन्दै शुक्रबार एकाएक आकाशमा बादल मडारियो। विस्थापितको मुहारमा चमक हरायो। Continue reading “भल पसेपछि फूलबरियाका बासिन्दा रातभर जाग्राम”

कपिलवस्तुमा पनि माघी महोत्सव हुने

s2कपिलवस्तुको बरकुलपुर-९ चौवन्नस्थित बुद्धभूमि क्याम्पसमा पाँचौं माघी खिचडी महोत्सव हुने भएको छ। थारु समुदायको कला, संस्कृति, रीतिरिवाज, भेषभुषा तथा जातीय पहिचानलाई जगेर्ना गर्न खिचडी महोत्सव गर्न लागिएको हो। Continue reading “कपिलवस्तुमा पनि माघी महोत्सव हुने”