गच्छदारको कुरा नगर्नुस्, मधेसका लागि लड्ने म हुँ : उपेन्द्र यादव

gachhadar and upendraमधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसमा दुई प्रदेश हुन सक्छ भनेर दिएको अभिव्यक्तिप्रति काडा आपत्ति जनाएका छन् । सिहदरवारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलमा बैठक चलिरहँदा उपेन्द्र यादवले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् । सिंहदरवारमा बसेको मोर्चाको बैठकमा उपेन्द्र यादवको आलोचना भइरहेको थियो भने रिर्पोटर्स क्लबको कार्यक्रममा उपेन्द्र यादवले मोर्चामा रहेका दलका नेताहरुको आलोचना गरिरहेका थिए । Continue reading “गच्छदारको कुरा नगर्नुस्, मधेसका लागि लड्ने म हुँ : उपेन्द्र यादव”

दक्षिण अफ्रिकाकी रोलेनी भइन् मिस वर्ल्ड (फोटो फिचर)

Rolene Strauss

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्। Continue reading “दक्षिण अफ्रिकाकी रोलेनी भइन् मिस वर्ल्ड (फोटो फिचर)”

थाकस, थारू सभासद र थरुहट प्रदेश

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी- थारू कल्याणकारिणी सभा (थाकस)ले बहालवाला तथा पूर्व गरी ११ थारू सभासदलाई सल्लाहकार चयन गरेको छ। यति धेरै सभासद थाकसको सल्लाहकार हुनु ऐतिहासिक पाटो हो। तर मंसिर १५ गते काठमाडौं नक्सालको क्राउन प्लाजामा आयोजना गरेको एक गोष्ठीमा एकमात्र सभासद रामचन्द्र चौधरी उपस्थित थिए, जो थाकसको सल्लाहकार छैनन्। थाकसका अध्यक्ष धनीराम थारूले कार्यक्रमको समापनमा गुनासो गरे- थारू सभासदहरूले हामीलाई पत्याएनन्। Continue reading “थाकस, थारू सभासद र थरुहट प्रदेश”

मिस्त्रीको काम गरेर जीविकोपार्जन चलाउँदै मुक्त कमलरी

Kamalari-1

नविन चौधरी, दाङ- बिहान उठेर घरको काम सकेपछि घर निर्माणको काममा दौडन्छिन् घोराही-१ स्यानी अम्बापुरका अस्थायी मुक्त कमैया शिविरकी सावि चौधरी। उनलाई घर निर्माणको काममा लागेदेखि भ्याइ नभ्याइ छ। विगतका दिनमा कमलरी बसेर काम गरेकी उनी अहिले घर निर्माणको काममा लागेर जीवनयापन गरिरहेकी छन्। Continue reading “मिस्त्रीको काम गरेर जीविकोपार्जन चलाउँदै मुक्त कमलरी”

थाकस केन्द्रीय सदस्यमा तीन जना मनोनित, बुद्ध बिहार बनाउन एक बिग्हा जग्गा माग्ने

धर्मलाल चौधरी
धर्मलाल चौधरी

कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा केन्द्रीय सचिवालयको बैठकले रिक्त रहेको केन्द्रीय सदस्यमा तीन जनालाई मनोनित गरेको छ। सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रिज्मासिंह थारु (बर्दिया), धर्मलाल चौधरी (काठमाडौं उपत्यका) र रामबाबु चौधरी (बारा) गरी तीन जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको हो। Continue reading “थाकस केन्द्रीय सदस्यमा तीन जना मनोनित, बुद्ध बिहार बनाउन एक बिग्हा जग्गा माग्ने”