इतिहासमा पहिलोपटक थाविस महाधिवेशनको उद्घाटन सहिद परिवारबाट

Tharu Student Socity, 6th Convention-6

इतिहासमा पहिलोपटक थारु विद्यार्थी समाजको महाधिवेशन सहिद परिवारका सदस्यले उद्‍घाटन गरेका छन्। चितवनको सौरहामा समाजको छैठौं महाधिवेशन थरुहट आन्दोलनका सहिद परिवारले गरेका हुन्। Continue reading “इतिहासमा पहिलोपटक थाविस महाधिवेशनको उद्घाटन सहिद परिवारबाट”

‘मधेस प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्‍याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्‍यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो। र्‍यालीमा थारु समुदायका मानिसहरु आफ्नो भेषभुसा झल्किने पहिरण पहिरिएका थिए। हेर्नुस् केही तस्बिर:

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-10

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-7

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-4

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-3

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-2

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-5

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-8

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-9

Tharu Student Socity, 6th Convention at Chitwan, Sauraha-6

 

भाषा प्रवर्द्धन गर्दै थारु साहित्यकार

Tharu Sahityakar-1  सन्तोष दहित- देशविदेशमा अहिले साहित्यको चर्चा ब्यापक हुँदैछ। यो हुनु स्वभाविक पनि हो। किनकि हरेक क्षेत्रलाई उजागर गर्ने माध्यम साहित्य बनेको छ। आफ्नो दुःखसुख अनि मनमा भएको भावनालाई साहित्यकको माध्यमबाट स्रोताहरुमाझ ल्याउने काम भइरहेको छ। Continue reading “भाषा प्रवर्द्धन गर्दै थारु साहित्यकार”

महिला भलिबलमा ठूलो जित

south asian women's volleyball prize distribution 06

पहिलो दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपको अन्तिम दिन मंगलबार करिब १ हजार ५ सय दर्शकले खचाखच त्रिपुरेश्वरस्थित कभर्डहलको माहोल उत्साहजनक थियो। नेपाल र श्रीलंकाका महिला राष्ट्रिय टोली अन्तिम खेलमा भिड्न तम्तयार थिए। आयोजक नेपाल भलिबल संघले मंगलबार दुई खेलअघि सांस्कृतिक कार्यक्रम राखेको थियो। नेपाली गीतमा अनलज्योति स्कुलका विद्यार्थी नाचिरहँदा नेपाली खेलाडीहरू खेल सकिएजस्तै थकित अनुहारसाथ कोर्टमा छरपस्ट भई बसेका थिए। श्रीलंकाली खेलाडी भने जोशका साथ नेपाली गीतको सुरमा ताल मिलाउँदै जिउ मर्काइरहेका थिए, लाग्थ्यो उनीहरू त्यो खेल जित्नेमा पूर्ण विश्वस्त छन्। Continue reading “महिला भलिबलमा ठूलो जित”

अग्रगमन र परिवर्तनको पक्षमा जनताको संविधान

Gopal Dahitगोपाल दहित- नेपाल र सम्पूर्ण नेपालीको लागि नयाँ संविधान सबैको चासो, सरोकार र चिन्ताको बिषय हो। संविधान बहुमतको दस्तावेज होइन, सहमतिको आधारपत्र हो। सहमतिको लागि भइरहेको छलफल बहसमा सत्तासीन दलका केही निर्लज्ज शीर्ष नेताहरुले प्रयोग गरेको वाक्यांशजस्तै ‘४ जना मधेसी मथाधिश, दुईचार जना टाठाबाठा जनजाति नेताले भन्दैमा, लाली लिपस्टिक लगाउने सन्डमुन्डले आन्दोलन गर्दैमा उनीहरुले भनेको मान्दैन, दिन्न हुन्न, दिएको अधिकार पनि कतौटी गरी दिन्छु’जस्ता गैरजिम्मेवार र आपत्तिजनक अभिव्यत्तिले संविधान निर्माणमा ठूलो नकारात्मक असर पारेको छ। यस अभिब्यक्तिले ती दलका शीर्षस्थ नेताहरुको मानसपतलमा नेपालमा सदियौंदेखि विभेद् र उत्पीडनमा पारिएका आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, मधेसी, पिछडावर्ग, विपन्न वर्गप्रतिको कस्तो उपेच्छापूर्ण र विभेदपूर्ण दृष्टिकोणले घर बनाएर बसेकोछ, त्यो दिनको घामसरी छर्लङ्ग भएको छ। Continue reading “अग्रगमन र परिवर्तनको पक्षमा जनताको संविधान”

मधेसको मानचित्र

jankraj-sapkotaजनकराज सापकोटा– नक्साको पुछारमा छ, मधेसको मानचित्र । यहांका मान्छे पनि पुछारका मान्छे हुन् । साावला वर्णका तिनीहरुसंग हेपाइका धेरै कथा छन् । ग्रीष्म ऋतुमा तिनीहरुको अनुहार चर्को धूपले बढ्तै रातो/कालो देखिन्छ । कांधमा भिरेका गम्छाहरु पसिना पुछ्दा पुछ्दै थाक्छन् । १५ माघ ०६५ मा सर्लाहीको नवलपुर पुग्दा ठ्याक्कै एक वर्षअघिको मधेस आन्दोलनको समीक्षामा मान्छेहरु व्यस्त थिए । तिनीहरुको स्वर किञ्चित चर्को थियो । अधिकार र पहिचानका यक्ष प्रश्नहरुले तिनको स्वरलाई अझै आक्रामक बनाइदिएको थियो । Continue reading “मधेसको मानचित्र”

पुस २८ गते थरुहट बन्दको घोषणा, माघ ५ गते नेपाल बन्द

Gopal Dahitसत्तारुढ दल कांग्रेस-एमालेले प्रक्रियामा गएरै भएपनि माघ ८ मा संविधान जारी गर्ने अडान लिइरहेपछि सहमतिबाट संविधान जारी गर्नुपर्ने पक्षमा रहेका एमाओवादीसहित ३० दलले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार साँझ एमाओवादी संसदीय दलको कार्यलयमा बसेको ३० दलीय मोर्चाले आम हड्तालसहित नेपाल बन्दको कार्यक्रम घोषणा गरेको मोर्चाका सदस्य तथा थरुहट तराई पार्टीका साभसद् गोपाल दहितले जानकारी दिए। Continue reading “पुस २८ गते थरुहट बन्दको घोषणा, माघ ५ गते नेपाल बन्द”

‘एक मधेश अलग देश’ कुनै हालतमा मान्दैनौं : सीके राउत

CK Raout

देश टुक्र्याउने अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा केही महिनाअघि पक्राउ परेर धरौटीमा छुटेका सीके राउतले फेरि मधेसलाई टुक्र्याउनुपर्ने भन्दै खुलेआम अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् । जेलबाट छुटेलगत्तै मधेश दौडाहामा रहेका राउतले ‘ एक मधेश अलग देश’ बाहेक अन्य कुनै पनि शर्त अब मधेशी जनता नमान्ने अभिव्यक्ति दिएका छन् । Continue reading “‘एक मधेश अलग देश’ कुनै हालतमा मान्दैनौं : सीके राउत”

गोल्डेन स्प्रिन्ट मिटमा चौधरीहरुको वर्चस्व, आशिष उत्कृष्ट घोषित

Ashish Chaudhary  आशिष चौधरी र दिलमाया कार्की आइतबार राधजानीमा सम्पन्न एडिडास गोल्डेन स्प्रिन्ट मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका आशिष र दिलमायाले उत्कृष्ट खेलाडी भएवापत समान १० हजार रुपैयाँका दरले पुरस्कार पाए। दशरथ रंगशालामा सम्पन्न स्प्रिन्ट मिटमा आशिषले पुरुष १ सय मिटरको उपाधि जित्दा दिलमायाले २ सय र ४ सय मिटरमा स्वर्ण पदक जितिन। Continue reading “गोल्डेन स्प्रिन्ट मिटमा चौधरीहरुको वर्चस्व, आशिष उत्कृष्ट घोषित”

मुक्त कमलरीमाथि अन्याय

Man Bdr Chhetriमानबहादुर क्षेत्री- नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा पहिलो पटक कमलरीको छात्रवृत्तिका लागि बजेट छुट्याएर प्रशंसनीय काम गरेको थियो। उक्त बजेट तीन प्रयोजनका लागि थियो। वर्षमा १२ महिना हुन्छ। छात्राबासमा बस्ने मुक्त कमलरीका लागि सरकारले मात्र १० महिनाका लागि बजेट उपलब्ध गराउँछ। घरबारबिहीन ती छात्राले बाँकी दुई महिना कहाँ गएर के खाएर बिताउने? Continue reading “मुक्त कमलरीमाथि अन्याय”