भादा गाउँमा ७ हजार पर्यटक

vada-3

होमस्टे सञ्चालनमा आएपछि उर्मा-८, भादा गाउँमा पर्यटक आउने क्रम बढेको छ। पर्यटनको आगमनले गाउँमा विकास भएको छ। ‘पहिले गाउँमा नयाँ मान्छे आएपछि बोल्न लाज मान्थ्यौं, बाटोमा जताततै फोहोर हुन्थ्यो,’ स्थानीय कमला चौधरीले भनिन्, ‘अहिले सबैले सरसफाइमा ध्यान दिँदा गाउँ सुन्दर देखिएको छ।’ सबै जना पर्यटकसँग पनि खुलेर कुरा गर्ने भएको उनी बताउँछिन्। Continue reading “भादा गाउँमा ७ हजार पर्यटक”

पद्मरत्‍न तुलाधरको मोर्चाले बानेश्वर ‘कब्जा’ गर्ने

पद्मरत्‍न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ । पहिचानसहितको संविधान माग गर्दै तुलाधर मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । ‘दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको हो’ आन्दोलनका प्रवक्ता ओम गुरुङले भने । Continue reading “पद्मरत्‍न तुलाधरको मोर्चाले बानेश्वर ‘कब्जा’ गर्ने”

नस्लवाद होइन पहिचान

अभय श्रेष्ठ- नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार नस्लवादको अर्थ हो वंश, सन्तति वा जाति। यही वंश, सन्तति वा जातिमा केन्द्रित हुने, यसैलाई श्रेष्ठताको पर्याय ठान्ने प्रवृत्ति हो नस्लवाद। जातिवाद र अंग्रेजीमा भनिने ‘कास्टिज्म’ पनि यही हो। संघीयतामा पहिचानको विपक्षी वा पहिचानको अन्तर्य नबुझ्नेहरू यसलाई जातिवादसँग जोडेर व्याख्या गर्छन् र उछितो खन्छन्। निश्चय पनि जातिवाद निन्दनीय कुरा हो। Continue reading “नस्लवाद होइन पहिचान”

मूल आयोजक कमिटीबाट थाविसका बिमल र संजयद्वारा राजीनामा

Bimal Chaudhary And Sanjay haudhary

थारु विद्यार्थी समाज (थाविस)को छैठौं महाधिवेशन सफल पार्न बनाइएको मूल आयोजक कमिटीको सदस्यबाट दुई जनाले राजीनामा दिएका छन्। थाविस उपत्यका समितिका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले महाधिवेशन असफल भएको भन्दै नैतिकताको आधारमा राजीनामा घोषणा गरेका छन्।  Continue reading “मूल आयोजक कमिटीबाट थाविसका बिमल र संजयद्वारा राजीनामा”

विसर्जनको बाटोमा थारु विद्यार्थी समाज

Kari Mahtoकारी महतो- थारु विद्यार्थी समाज (थाविस) एउटा बौद्धिक थारु युवा विद्यार्थीहरुको साझा संगठन हो । तर यस संगठनमा बौद्धिक थारु युवा विद्यार्थीहरु मात्र नभई अवसरवादी र अन्यत्रबाट सञ्चालित विद्यार्थीहरु पनि आबद्ध रहेको तथ्य विस्तारै खुल्दै गएको छ । थाविस एउटा यस्तो बलियो र सशक्त संगठन हो जसले समग्र थारु समुदायकै हक अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ र खेलीरहेको पनि छ । तर यसलाई उचित तवरले व्यवस्थापन नगरिदा विभिन्न अवसरवादीहरु विभिन्न किसिमका प्रलोभनमा फस्दा सहजै अनुमान लगाउन सकिन्छ कि यसले पतनको बाटो लिएर विसर्जनको खाडीमा ओरालो लागीरहेको छ । Continue reading “विसर्जनको बाटोमा थारु विद्यार्थी समाज”

थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन

DSC09536अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा जिल्ला प्रतिनिधिहरु घर फर्किएका छन्। राति १० बजेसम्म चुनाव नभएपछि आक्रोशित प्रतिनिधिहरु फर्किएका हुन्। केहीले त उम्मेदवारी फारम नै च्यातेर फालेका थिए। Continue reading “थाविसको छैठौं महाधिवेशनले पनि नयाँ कार्यसमिति चयन गर्न सकेन”

बन्द सत्रको माग गर्दै विद्यार्थीद्वारा नाराबाजी, प्रतिनिधिहरु अन्योलमा

Tharu Student Union

बन्द सत्रको माग गर्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन्। छैठौं महाधिवेशनमा जम्मा भएकामध्ये १७ जिल्लाका विद्यार्थीहरुले ‘घुसपैठ गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले थारु विद्यार्थी एक हौं, बन्द सत्र सुरु गर, छैठौं महाधिवेशन सफल पारौंलगायतका नाराबाजी गरेका थिए। Continue reading “बन्द सत्रको माग गर्दै विद्यार्थीद्वारा नाराबाजी, प्रतिनिधिहरु अन्योलमा”

सदावहार सौराहा

sauraha 2

अमृत भादगाउँले– परिवारसँग घुम्न आएका कोलकता भारतका प्रशान्त गोस्वामी शुक्रबार सौराहाको रंगीन माहोल देखेर चकित परे। जंगल सफारी गर्न आइपुगेका उनको गर्धनमा झुन्डिएको क्यामेराले फुर्सदै पाएन, खिचिक्क! खिचिक्क! खिचिक्क! फोटोग्राफी उनको रुचि। परम्परागत थारू पोसाकमा लोभिए। हात्तीका छावाको फुटबल खेल देखेर दंग परे। भन्दै थिए, ‘युनिक रहेछ सौराहा।’ Continue reading “सदावहार सौराहा”

‘थारु सभासद्हरुले थपडीमात्र बजाए’

Tharu Student Socity

रमेश चौधरी– सर्वप्रथम ऐतिहासिक थरुहट आन्दोलनका विर शहिदहरु कमल चौधरी, विपिन क्षेत्री , रामप्रसाद चौधरी र प्रकाश चौधरी र धन बादुर थनेत लगायत ज्ञात आज्ञात सहिद प्रति हार्दिक समवेदना प्रकट गर्दै घइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित जय थरुहटको न्यानो अभिवादन व्यक्त गर्दछौं। Continue reading “‘थारु सभासद्हरुले थपडीमात्र बजाए’”