थारु पहिरनमा सजिइन् रेखा थापा

Rekha Thap in Tharu Dress-1

अभिनेत्री रेखा थापा एकपटक फेरि थारु भेषभुषामा सजिएकी छन्। उनी नेपालगन्जमा थारु समुदायको पहिरन लेहेँगा र चोलियामा सजिएकी हुन‍। आफ्नो फेसबुकमा तस्बिर अपलोड गरेकी रेखा थापाले ‘पूर्वको हौं या पश्चिमको माटो त एउटै हो, छरिएर बसे के भो आँगन त एउटै हो’ भन्दै स्टाटस लेखेकी छन्। तस्बिर उनी निकै नै सुन्दर देखेकी छन्। यो उनको थारु पहिरनमा पहिलो अनुभव भने होइन।

Rekha Thap in Tharu Dress-4

यसअघि पनि शुक्रवार साप्ताहिकको ब्लोअप पेजमा माघी पर्वको संघारमा उनी थारु पहिरनमा सजिएकी थिइन्। त्यतिमात्र होइन, उनले आफ्नो फिल्म ‘हिम्मतवाली’मा पनि थारुको पहिरनलाई देखाएकी छन्। कञ्चनपुरको एक थारु गाउँमा छाँयाकन गरिएको ‘काली तिम्रो नजरले…’ बोलको गीतमा थारु चेलीहरुलाई थारु पहिरनमा देखाइएको छ।

Rekha Thap in Tharu Dress-2

Rekha Thap in Tharu Dress-3

शेरबहादुर देउवा र भीम रावललाई एक थारु नागरिकको खुला पत्र

Bhim Rawal and Sher Bdr Deuwa

पूर्वप्रधानमन्त्री र गृहमन्त्री एवं हालका माननीय सभासदज्यूहरु

थारु नागरिक समाज, कैलालीको तर्फबाट सर्बप्रथम यहाँहरु द्वयलाई जय नेपाल र लालसलाम! साथै दिलेन्द्रप्रसाद बडु, रमेश लेखक र एमालेका नेताहरु समेतलाई जय नेपाल र लाल सलाम!

यहाँहरु राजधानीमा बस्ने हुनाले म कैलालीको बासिन्दाले सशरीर भेट गर्न गाह्रो छ, तर सञ्चारको पहुँचले गर्दा यहाँहरुको अनुहार प्रायजसो टेलिभिजनमा हेर्न पाइरहेको छु। यहाँहरुको मुखारबिन्दबाट यहाँहरुको आवाज, दृष्टिकोण, टेलिभिजन, रेडियोमार्फत श्रवण गरिरहेको छु। पत्रपत्रिका, अनलाइनहरुमा पढ्न पाइरहेको छु र वर्तमानमा चलिरहेको समसामयिक विषयमा यहाहरुसँग केही गुनासा, केही प्रश्न र जिज्ञासा राख्न चाहिरहेको छु। साथै नेपाल र आम नेपालीहरुलाई देशको र विशेषगरी सुदूरपश्चिम विकास क्षेत्रको वास्तबिक अवस्थाबारे जानकारी पनि गराउन गइरहेको छु। Continue reading “शेरबहादुर देउवा र भीम रावललाई एक थारु नागरिकको खुला पत्र”

थारु कल्याणकारिणी सहकारीमा नयाँ सञ्चालक समिति

Tharu Kalyankarini sahakari

थारु कल्याणकारिणी सहकारी संस्थाले वीरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। तमोबौद्ध हलमा भएको भेलाले ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति तथा सुपरिवेक्षण समिति चयन गरेको हो। Continue reading “थारु कल्याणकारिणी सहकारीमा नयाँ सञ्चालक समिति”

नाइटिङ्गेल उत्सव

Nightingel School, 22th Parents Day- 11

नाइटिङ्गेल स्कुलले प्रजातन्त्र दिवसको अवसरमा आफ्नो २२औं स्थापना दिवस मनाएको छ। वन तथा भूसंरक्षण मन्त्री महेच आचार्यको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले मार्च पास गरेका थिए। आर्मी प्रशिक्षण केन्द्र लगनखेलको मैदानमा विद्यार्थीहरुले नृत्यकला प्रस्तुत गरेका थिए। सो अवसरमा नाइटिङ्गेल फाउन्डेसनका अध्यक्ष तेजुलाल चौधरीले २५औं स्थापना दिवससम्म स्कुलले छुट्टै पहिचान बनाउने घोषणा गरे। उनले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आफ्नो स्कुलमा आउन आह्वानसमेत गरे। कार्यक्रममा जेहेन्दार विद्यार्थी तथा शिक्षक/शिक्षिकालाई पुरस्कार वितरण गरेको थियो। कार्यक्रममा मन्त्री आचार्यलाई नेपाली कांग्रेसका सभासद् समेत रहेका चौधरीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमका तस्बपर हेर्नुस्: Continue reading “नाइटिङ्गेल उत्सव”

तराईका जिल्ला पहाडमा मिसाइए आन्दोलन गर्ने थाकसको चेतावनी

Thakasa Vela

थारु कल्याणकारिणी सभाले तराईका जिल्ला पहाडमा मिसाइए आन्दोलन गर्ने चेतावनी दिएको छ। राजधानीमा भएको दुई दिने राष्ट्रिय भेलाले २० बुँदे प्रस्ताव पारित गर्दै थरुहट तराईका भूमि पहाडमा मिसाउन नहुने निर्णय गरेको छ। मिसाइए थारुहरुले निर्णयक आन्दोलन गर्ने सभाले जनाएको छ।  Continue reading “तराईका जिल्ला पहाडमा मिसाइए आन्दोलन गर्ने थाकसको चेतावनी”