गच्छदारले राखे एमाओवादीमा विलीन हुने प्रस्ताव

30-Party

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले एकअर्काको विगत कोट्याउँदै रमाइलो जुहारी खेले । जुहारीकै क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले एमाओवादीमा विलीन हुन तयार रहेको बताए । Continue reading “गच्छदारले राखे एमाओवादीमा विलीन हुने प्रस्ताव”

द्वन्द्वले खोस्यो सर्वस्व : कब्जा जग्गा फिर्ता भएन

बाँके बैजापुर ३ कुम्हारका द्वन्द्वपीडित रामरत्न चौधरी
बाँके बैजापुर ३ कुम्हारका द्वन्द्वपीडित रामरत्न चौधरी

बाँके, बैजापुर ३ कुम्हारगाउँका रामरत्न चौधरीले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोहीको यातनाले गुमाएका दुवै खुट्टाको पीडा सहेकै थिए । त्यसको केही वर्षपछि फेरि विद्रोहीले बुबा हीरामणिको हत्या गरे । लुटपाटपछि बम पड्किएर ध्वस्त पारियो । लामो समयसम्म विस्थापित जीवन बाँचे । तर, १४ वर्षअघि तत्कालीन विद्रोहीले कब्जा गरेको जग्गा फिर्ता नपाउँदा शान्ति पुनर्बहालीसँगै हराउँदै गएको द्वन्द्वको घाउ पुन: बल्झिने गरेको छ ।  Continue reading “द्वन्द्वले खोस्यो सर्वस्व : कब्जा जग्गा फिर्ता भएन”

मधेसी आयोग गठनको परमादेश

supremeसर्वोच्च अदालतले मधेसी आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय गिरीशचन्द्र लाल र दीपकराज जोशीको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा अन्तरिम संविधान २०६३ को धारा १५४ अनुसार मधेसी समुदायको हकहित र तिनको संरक्षण हुने गरी आयोग गठन गर्न भनिएको हो । Continue reading “मधेसी आयोग गठनको परमादेश”

‘महिला होस् वा पुरुष, अघि बढ्न कडा मिहिनेत चाहिन्छ’

हनुमानढोकामा एसपी मीरा चौधरीसँग कुरा गरेर निस्किएपछि उपल्ला दर्जाका प्रहरी अधिकृतको कोठामा छिर्‍यौं।

‘ए, मीरासँग नारी दिवसको सन्दर्भमा कुरा गर्न आउनुभएको,’ उनले भने, ‘हामी मीरालाई महिला प्रहरीमा गन्दैनौं।’

उनले खासमा मीराको क्षमता, मिहिनेत लगन र साहसको प्रसंशा गरेका हुन्। कुनै पुरुष प्रहरीभन्दा कम छैनन् मीरा भन्न खोजेका हुन्। Continue reading “‘महिला होस् वा पुरुष, अघि बढ्न कडा मिहिनेत चाहिन्छ’”

विजय गच्छदार नेपाली कांग्रेसमा फर्केलान्?

Bijay-Kumar-Gachchhadar

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केही दिनअघि काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए म आन्दोलनको पक्षमा छैन । गच्छदार मधेसी-एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनमा सामेल छन्, जुन गठवन्धन हाल आन्दोलनरत छ । फागुन १६ गते यही विपक्षी गठवन्धनले काठमाडौमा जनशक्ति प्रर्दशन गर्‍यो, जहाँ गच्छदार भाषण गर्दै भने कि सत्तापक्ष सहमतिमा नआए ठूलो आन्दोलन हुन्छ । Continue reading “विजय गच्छदार नेपाली कांग्रेसमा फर्केलान्?”

थारू भाषाको कविता प्रतियोगिता अर्नब चौधरी प्रथम

लमही- थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरीको आयोजनामा थारू भाषामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ। सभाका सभापति हिरालाल चौधरीको अध्यक्षता एवम् वनगाउँ श्रोत केन्द्रमा श्रोत व्यक्ति कुन्ननारायण चौधरीको प्रमुख आतथ्यमा सम्पन्न भएको प्रतियोगितामा सनलाइट उच्च मा.वि. लमहीका अर्नब चौधरी प्रथम, उच्च मा.वि. फल्कापुरका सन्देशराज चौधरी द्वितीय र सर्वोदय उच्च मा.वि.का कृष्णा चौधरी तृतीय भए। प्रतियोगितामा देउखुरीक्षेत्रमा विभिन्न विद्यालयको सहभागिता थियो। Continue reading “थारू भाषाको कविता प्रतियोगिता अर्नब चौधरी प्रथम”

‘धोती हमारी शान है, मधेस की पहचान है’ नारासहित राजधानीमा धोती र्‍याली

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जुलुसको तयारी गरिरहेकै बेला शनिबार बिहान काठमाडौंमा धोती र्याीली प्रदर्शन भयो। धोती र्यातली सहिदगेटदेखि सुरु भएर माइतीघर, बबरमहल हुँदै बानेश्वर पुगेको थियो। Continue reading “‘धोती हमारी शान है, मधेस की पहचान है’ नारासहित राजधानीमा धोती र्‍याली”

काठमाडौंमा थारु भिलेज

Tharu Village-7

सुरज कुँवर– नेता भाषण मात्रै गर्छन्। काम गर्न सक्दैनन्। लुटेर खान्छन्,’ भन्ने मान्यता छ भने, यसलाई भ्रम ठान्नुहोस्। पत्याउनै मुस्किल परे राजधानीको बिजुलीबजारमा तीन महिनाअघि खुलेको ‘थारू भिलेज’ जानुहोस्, तपाईंको मान्यता वा भ्रमलाई तोड्ने छन्, लक्ष्मण चौधरी -थारू) ले। लक्ष्मण चौधरी आफूलाई ‘लक्ष्मण थारू’ ले चिनाउँछन्। पश्चिम नेपालको मूल आदिवासी चौधरी समुदायका चर्चित नेता हुन्। Continue reading “काठमाडौंमा थारु भिलेज”

स्वाइन फ्लू : नडराउनुस्, सचेत हुनुस्

swine flue

यतिबेला देशका विभिन्न जिल्लामा स्वाइन फ्लू भनेर चिनिने रोग इन्फ्लूएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १)का बिरामी देखिन थालेपछि नेपालीलाई यो रोगको डरले सताउन थालेको छ। हरेक दिन स्वाइन फ्लूका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लूको डर झन् फैलिँदै गइरहेको छ। तर चिकित्सकहरूले यसलाई सामान्य रुघाखोकी भएकाले आत्तिनुनपर्ने बताइरहेका छन्। स्वाइन फ्लूको बारेमा पर्याप्त जानकारी दिन नसक्दा आम नागरिकहरूमा यो कुनै ठूलै रोग हो कि भन्ने भ्रम रहेको चिकित्सकहरूको भनाइ रहेको छ।  Continue reading “स्वाइन फ्लू : नडराउनुस्, सचेत हुनुस्”

एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र

pappu

भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ। Continue reading “एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र”