‘सक्छौ भने कालोमोसो लिएर आउ !’

r lekhi

आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चन्दा उठाउने अखडा भएको आरोप लगाएका छन् । तुलाधर नेतृत्वको मोर्चा आवद्ध जातीय युवा फोर्सले आफूसहित कांग्रेस एमालेका केही जनजाति नेताहरुलाई कालो सूचीमा राख्नुले उनीहरुको आन्दोलन असफल भइसकेको ठहर हुने लेखीले बताए । तुलाधर मोर्चाका जनजाति नेताहरुप्रति आक्रामक ढंगले प्रस्तुत भएका लेखीले भने-‘उनीहरुको आन्दोलनमा जनजाति समुदाय आउँदैन, यो मोर्चा चन्दा असुल्नका लागिमात्रै बनेको हो ।  Continue reading “‘सक्छौ भने कालोमोसो लिएर आउ !’”

थारु युवालाई भारतीय सैनिकमा भर्ति नलिएपछि अगुवाहरुले ज्ञापन पत्र बुझाए

मान बहादुर चौधरी ‘पन्ना’। थारु युवालाई भारतीय सैनिक सेवामा भर्ति नलिएपछि विभिन्न थारु संगठनले सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापन पत्र बुझाएका छन्। थारुहरुको छाता संगठन थारु कल्याण कारिणी सभा, सुर्खेत , गुरुवा बैदावा संघ र बडघर महातावा संघ सुर्खेतले संयुक्त हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझाएका हुन्। Continue reading “थारु युवालाई भारतीय सैनिकमा भर्ति नलिएपछि अगुवाहरुले ज्ञापन पत्र बुझाए”

मुक्त कमैयालाई तीन वर्षभित्र घर

Mukta Kamaiyiaकाठमाडौं- सरकारले मुक्त हलिया तथा कमैयालाई आगामी तीन वर्षभित्र पूर्णरुपमा आवासको प्रबन्ध गर्ने भएको छ।  हालः प्रमाणीकरण गरिएका १० हजार ६२२ हलियालाई आगामी आर्थिक वर्षभित्र बसोवासको व्यवस्था गरिने छ भने बाँकीलाई आर्थिक वर्ष २०७४-७५ सम्म यस्तो व्यवस्था गरिने भएको हो। Continue reading “मुक्त कमैयालाई तीन वर्षभित्र घर”

थाकसको भातृ संगठन विस्तार, जेठ १ गते बृहत् प्रशिक्षण आयोजना हुने

11082545_652568498177039_5419784334197814949_nथारु कल्याणकारिणी सभाले भातृ संगठन विस्तार गरेको छ। राजधानीमा आयोजित संयुक्त भातृसंगठन भेलाले थारु युवा सभा, थारु शिक्षक सभा, थारु भाषा तथा साहित्य भेला, थारु महिला सभा (उपत्यका समिति) गरेको हो। युवा सभा र महिला सभाको उपत्यका समिति भने पुनःगठन गरेको हो । Continue reading “थाकसको भातृ संगठन विस्तार, जेठ १ गते बृहत् प्रशिक्षण आयोजना हुने”

लक्ष्मण थारु : कमान्डरदेखि थारु भिलेजको मालिकसम्मको यात्रा

Laxman Tharu

लक्का जवान छँदै हिटलर, मुसोलिनी र ईदी अमिनहरूको कथा पढिसकेका थिए, लक्ष्मण थारुले । त्यसैले त उनलाई राम्रोसँग थाहा थियो, यी तीन पात्र बन्दुक प्रेमका कारण विश्वनायकबाट खलनायक बने । नायक र खलनायकको कथा पानी पारिनसक्दै लक्ष्मणले अर्को कुरा पनि थाहा पाइसकेका थिए, त्यो के भने- विद्रोहको सार्थक निकासका लागि बन्दुक अनिवार्य सर्त हो । यसबारे उनले धेरै सोचेनन् । एक तुम्लेट पानी र एक पोको सातु बोकेर माओवादी युद्धमा होमिइहाले, लक्ष्मण । सुदूरपश्चिमको कैलालीमा जन्मेका थारु ०५५ सम्म तत्कालीन माओवादीको जिल्ला समिति सदस्य भइसकेका थिए । ‘सायद ०५८ तिर होला म बटालियन कमिसार बनेको,’ लक्ष्मणले कुराकानीको पहिलो ब्याट बजारे । बटालियन कमिसारको रूपमा रुकुमको खारादेखि म्याग्दीको बेनीजस्ता सुन्दै शरीर थर्थराउने लडाइँमा होमिए लक्ष्मण । भन्छन्, ‘०६३ सम्म म बटालियन कमिसार नै थिएँ ।’ Continue reading “लक्ष्मण थारु : कमान्डरदेखि थारु भिलेजको मालिकसम्मको यात्रा”

पद्मरत्‍न तुलाधर कम्पनीको धम्कीले तर्सिनेवाला छैन

r lekhi

राजकुमार लेखी। यो देशका सभामुख सुवास नेम्वाङ, स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, आदिवासी जानजाति महासंघका निवर्तमान अध्यक्ष म आफै, शेर्पा संघका पूर्व अध्यक्ष कृपाशुर शेर्पा, सभासद् शेरबहादुर तामाङलगायतलाई जनकारबाही, भौतिक कारबाही गेर्न निर्णय गरेको सुन्दा एकदम हाँसो उठ्यो र खुसी पनि लाग्यो। थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले यसको निन्दा गरिसक्नुभएको छ। उहाँले भर्त्सना पनि गर्नुभयो। म त खुसी मनाउन चाहन्छु। Continue reading “पद्मरत्‍न तुलाधर कम्पनीको धम्कीले तर्सिनेवाला छैन”

मिस्टर नेपालमा दोशहरणको प्रस्तुती (फोटोफिचर)

Mr, Nepal, Con-28, Doshharan Chaudhary 11

मिस्टर नेपालको उपाधि सन्दीप धिरेले जिते पनि थारु समुदायबाट प्रतिनिधित्व गरेका दाङ निवासी दोशहरण चौधरीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ३७ प्रतिस्पर्धीलाई उछिन्दै उनी अन्तिम १० मा पर्न सफल भए। ‘पैसा र नाममा कुन छान्नुहुन्छ’ भन्ने प्रश्नको सुन्दर जवाफसँगै उनी टप १० मा पर्न सफल भएका थिए। मल्टिमिडियातर्फको अवार्ड जितेका उनले थारु पहिरनमा सजिएर र्‍याम्पमा हिँडे। हेरौं मिस्टर नेपालमा उनको प्रदर्शन। Continue reading “मिस्टर नेपालमा दोशहरणको प्रस्तुती (फोटोफिचर)”

जनजाति युवा फोर्सले कालो सूचीमा राखेपछि लेखीले भने- ‘मैदानमै छु, भिड्न आए हुन्छ’

Rajkumar Lekhi

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले केही जनजातिका सामन्त र अतिवादीहरुले जनजाति आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् । लेखीले केही सामन्तीले आदिवासी जनजाति आन्दोलनलाई कमजोर र बदनाम बनाएको दाबी गरे । ‘केही सामन्ती’हरु विदेशीको पैसाले चलिरहेको उनको आरोप छ । जनजाति आन्दोलनलाई कमजोर बनाउन जनजाति नेताहरुलाई कालासूचीमा राखेको आरोप उनको छ । लेखीले भने, ‘यी अतिवादीहरु जनजातिलाई विभाजित बनाएर आन्दोलनलाई कमजोर बनाउन चाहन्छ ।’ आदिवासी जनजाति यूवा राष्ट्रिय फोर्सले शनिबार सार्वजानिक गरेको ‘पहिचान विरोधीहरुको कालोसूची’मा लेखी पनि छन् ।

‘मैदानमा छु, भिड्न आए हुन्छ’

लेखीले कालासूची प्रकाशित गर्नेहरुले जनजाति आदिवासी आन्दोलनलाई कमजोर बदनाम गरेको दाबी गरे । उनले जनजातिहरुको बीचमै रहेको बताउँदै भिड्न आउन चुनौती समेत दिए । ‘आराजक र अतिवादीहरुको झुन्डले सूची निकाल्दैमा केही हुुँदैन । म मैदानमै छु, भिड्न आएहुन्छ’ उनले शनिबार साँझ नयाँ पेजसँग कुरा गर्दै भने, ‘म देशव्यापी कार्यक्रम अन्र्तगत आज रुपन्देहीमा छु । सूची बनाउने अराजकलाई मेरो चुनौती छ, भिड्न आएहुन्छ ।’

लेखीले आफू आइतबार नै थारु कल्याणकारी सभाको कार्यक्रममा भाग लिन काठमाडौंको अनामनगरमा जाने भन्दै हिम्मत भए कालोमोसो दलेर देखाउन चुनौति दिए । ‘म भोलि नै अनामनगरमा थारुको कार्यक्रममा सहभागी हुँदैछ, प्रचण्ड र पद्मरत्न तुलाधरका मुन्द्रेहरुको हिम्मत छ भने त्यहिँ आए हुन्छ’-लेखीले भने ।

विदेशीको पैसामा सूची

लेखीले कालासूची प्रकाशन गर्नेहरु विदेशीको इशारामा चलेको आरोप लगाए । पहिचानको आन्दोलनलाई कमजोर बनाउन उनीहरु लागिपरेको उनको जिकिर छ । ‘यी अतिवादीहरु पहिचानको आन्दोलनलाई कमजोर बनाउन अरूको इशारामा चलेका छन्’ उनले भने, ‘विदेशीको पैसामा चल्नेहरु हल्ला भन्दा अरू केही गर्दैनन् ।’

एकल जातीय राज्यको पक्षमा छैन

लेखीले आफू एकल जातीय राज्यको पक्षमा नरहेको पनि प्रष्ट पारेका छन् । ‘म पहिचान सहितको राज्यको पक्षमा छु, तर यी विज्ञप्तीवाजी गर्नेहरु एकल जातीय राज्यको नारा लगाएर हिँडेका छन्’ उनले भने, ‘यही कारणले आज जनजाति आन्दोलन कमजोर भएको छ ।’ जनजाति आन्दोलनलाई कमजोर बनाउनलाई उनीहरुले एकल जातीय राज्य मागेको उनको जिकिर छ ।

अल्पसंख्यकलाई हेपियो

लेखीले केही सामन्ती चिन्तन भएका जनजाति नेताले अल्पसंख्यकलाई हेपेको आरोप पनि लगाए । उनले भने, ‘जनजाति महासंघमा अल्पसंख्यकहरुले नेतृत्व गरेपछि उनीहरुको टाउको दुखाई बनेको छ ।’

को हुन् ‘ति’ सामन्त ?

लेखीले नयाँ पेजसँगको कुराकानीमा केही सामन्तहरुले जनजाति आन्दोलनलाई कमजोर बनाएको आरोप पटक पटक लगाए । ‘को हुन् नि ति सामन्ती ?’ भन्ने प्रश्नमा भने, ‘जनजाति आन्दोलनको नाममा लुट मच्चाउनेहरु हुन्’ उनले भने, ‘उनीहरुले यसअघि आदिवासी जनजाति महासंघको नेतृत्व गरिसकेका छन् ।’

कालोसूचीको विज्ञप्ती यस्तो छ। *नया पेजबाट साभार

Black-list

चार जना खलनायकका कारण दोस्रो संविधानसभा पनि विघटनको संघारमा : लेखी

बुटवल- थारु कल्याणकारिणी सभा (थाकस)का पूर्वमहामन्त्री राजकुमार लेखीले चार जना खलनायकहरुका कारण दोस्रो संविधान सभा पनि विघटनको संघारमा पुगेको बताएका छन्। उनले चार दलका सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र विजय गच्छदारका कारण संविधान सभा पुनः विघटनको संघारमा पुगेको बताए। Continue reading “चार जना खलनायकका कारण दोस्रो संविधानसभा पनि विघटनको संघारमा : लेखी”

कथा अमलटारीको (थारु होम-स्टे)

Amaltari_Tharu Homestay 05

सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका महिलाले निधारमा रातो टिका लगाइदिँदै फूलको गुच्छा दिएर यिनै शब्दले स्वागत गर्छन्। अनि बल्ल सुरु हुन्छ, अमलटारी होम–स्टेको कहानी। चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्ज जोडिने चितवन, मकवानपुर, नवलपरासी र पर्साका भुभाग समेटेर मध्यवर्ती क्षेत्र बनेको छ। मध्यवर्ती क्षेत्र ७ सय ५० वर्ग किलोमिटरमा फैलिएको छ। मध्यवर्ती क्षेत्रभित्रै पर्ने नवलपरासीको अग्यौली गाउँको बाघखोर जुन अहिले कावासोती नगरपालिका– १५ मा पर्छ। यहिँ गाउँमा छ–अमलटारी मध्यवर्ती होम–स्टे। Continue reading “कथा अमलटारीको (थारु होम-स्टे)”