थरुहट प्रदेशका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौं : धनिराम चौधरी

Dhaniram Chaudhary

सर्लाही- थारु कल्याणकारिणी सभा (थाकस)का अध्यक्ष धनिराम चौधरीले कुनै पनि हालतमा तराईका जिल्ला पहाडमा मिसाउन नदिने बताएका छन्। पूर्वको झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमको कैलाली र कञ्नपुर पहाडी जिल्लामा मिसाउन भइरहेको चलखेलप्रति आपत्ति जनाउँदै अध्यक्ष चौधरीले त्यस्तो गल्ती गरे आन्दोलन गर्ने चेतावनी दिए। Continue reading “थरुहट प्रदेशका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौं : धनिराम चौधरी”

राजकुमार लेखी र धनिराम चौधरीलाई खुल्ला पत्र

Sanjay Chaudharyसंजय थारु– थारू विधार्थी समाजले थारु कल्याणकारणी सभाको भातृ संगठनकारुपमा बस्न नमानेपछि राजकुमार लेखी भन्नुहुन्छ, ‘थाविस त अरुको पिछलग्गु भएछ, गल्लीमा पनि खोजेर भेटिन्न। हामी भन्छौं, ‘हामीलाई खोज्न गल्लीमा किन जानुभएको? कतै तपाईँको बास गल्लीमा त छैन। हामीलाई कलेज तथा विश्वविद्यालयमा खोज्नुभए भेट्नुहुन्छ। जोश र जागर भएका युवा विद्यार्थीको मनमा भेट्न सक्नुहुन्छ। यो कुनै गल्लीमा खोलिएको संगठन होइन। Continue reading “राजकुमार लेखी र धनिराम चौधरीलाई खुल्ला पत्र”

लेखीज्यू, हामी एक्ला एक्लै लडेर गन्तब्यमा पुग्न सक्छौं?

Minraj Chaudharyमीनराज चौधरी। राजकुमार लेखीजीको मन्तब्य पढ्न पाइयो। उहाँको धारणाअनुसार पद्मरत्न तुलाधरलाई कम्पनी भन्ने, विदेशबाट चन्दा असुल्ने संगठन भएको आरोप लगाउनुभएको छ। उहाँले आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरिरहेको आन्दोलनप्रति कहिल्यै सकारात्मक सोँच राख्नु भएन। Continue reading “लेखीज्यू, हामी एक्ला एक्लै लडेर गन्तब्यमा पुग्न सक्छौं?”

प्रचण्डले धोका दिएको भन्दै मधेसी मोर्चाद्वारा छुट्टै आन्दोलनको तयारी

madhesi Morchaएकीकृत नेकपा माओवादी अध्यक्ष एवं ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहालको भूमिकाप्रति शंका गर्दै तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू अलग्गै संघर्ष गर्ने तयारीमा जुटेका छन्। आफ्नो असहमतिका बाबजुद पूर्वनिर्धारित आमहडताल फिर्ता लिने निर्णय मोर्चामा गराएपछि दाहालसँग असन्तुष्ट तराई–मधेसकेन्द्रित दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामार्फत सघंर्ष गर्ने तयारीमा लागेका हुन्। Continue reading “प्रचण्डले धोका दिएको भन्दै मधेसी मोर्चाद्वारा छुट्टै आन्दोलनको तयारी”

थारु सङ्ग्रहालयका लागि जग्गा उपलब्ध

Tharu Sangrahalya

सुर्खेत- थारु संग्रहालय तथा ठन्वा निर्माण गर्नका लागि जग्गा व्यवस्थापन विषयक कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नं १७ कालीमाटीमा सम्पन्न भएको छ। वीरेन्द्रनगर १३ देखि १७ वडाको संयुक्त वडा कार्यालयका सचिव देवप्रसाद मुलेलको प्रमुख आतिथ्यतामा कालिमाटीमा रहेको सार्वजनिक जमिन करिब ०–३–½ जग्गा थारु कल्याण कारिणी सभा, सुर्खेतको नाममा दर्ता हुने गरी विशेष भेलामा गाउँले हस्तान्तरण गरेका हुन्। Continue reading “थारु सङ्ग्रहालयका लागि जग्गा उपलब्ध”