अब संघीयता सिद्धियो, प्रचण्डले उल्लु बनाए : लेखी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhiआदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार राजकुमार लेखीले चार दलबीच भएको १६ बुँदे सहमति सत्ता, भत्ता र कुर्सीका निम्ति गरिएको बताएका छन्। लेखीले यो सहमतिसँगै संघीयता सिद्धिएको आरोप लगाए। Continue reading “अब संघीयता सिद्धियो, प्रचण्डले उल्लु बनाए : लेखी”

चार दलबीच भएकोे सहमतिविरुद्ध विपक्षी मोर्चा

संविधान निर्माणमा प्रमुख दलहरुबीच भएको निर्णायक सहमति स्विकार नगर्ने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेताहरुले बताएका छन्। दलहरुबीच सोमबार विहान भएको सहमतिबारे जानकारी गराउन एमाओवादी अध्यक्ष एवं मोर्चा संयोजक पुष्पकमल दाहालले बोलाएको बैठकमा अधिकांश नेताहरुले नामाकंन र सिमाकंनविनाको संघीयता कुनैपनि हालतमा स्विकार नगर्ने नेताहरुले बताएका हुन। एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबामा जारी बैठकमा बोल्ने अधिकांश नेताले प्रदेशको नामाकंन र सिमाकंनको जिम्मा ‘कठपुलती आयोग’ लाई दिने कुरा मान्य नहुने बताएका हुन्। Continue reading “चार दलबीच भएकोे सहमतिविरुद्ध विपक्षी मोर्चा”

चार राजनीतिक दलबीच १६ बुँदे ऐतिहासिक सहमति, यस्तो छ सम्झौता पत्र

Netaharuकाठमाडौं- आठ प्रदेशको सङ्घीय संरचना बनाउनेसहित संविधानका मुख्य विवादित विषयमा प्रमुख राजनीतिक दलहरुले आज ऐतिहासिक सोह्रबुँदै सहमति गरेका छन्। सहमतिसँगै आठ वर्षदेखि बन्न नसकेको संविधान निर्माणका लागि बाटो खुला भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी सो सहमति सार्वजनिक गरिएको हो। Continue reading “चार राजनीतिक दलबीच १६ बुँदे ऐतिहासिक सहमति, यस्तो छ सम्झौता पत्र”

थारु सभा झापाद्वारा भूकम्पपीडितलाई ३२ हजार

Tha Ka Sa, Dhaniram Chaudharyबिर्तामोड- थारु कल्याणकारिणी सभा झापाले भूकम्पपीडितका परिवारलाई ३२ हजार रुपैयाँ आइतबार उपलब्ध गराएको छ। विर्तामोडस्थित जात्रुबारीमा आयोजित एक कार्यक्रमका बीच सभाका झापा कार्यआँहक अध्यक्ष पुष्पलाल चौधरीले सभाका अध्यक्ष धनीराम चौधरीलाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि सभाका अध्यक्ष चौधरीले भूकम्पबाट क्षतविक्षत बनेको क्षेत्रलाई तराईका थारु समुदायले सहयोग गर्न पाउनु नेपालीबीच भाइचाराको उदाहरण भएको बताए। उनले राजनीतिक स्वार्थ त्यागेर दलहरु भूकम्पपीडितहरुका लागि राहत, उद्धार र पुनःनिर्माणमा जुट्नु पर्ने बताए। Continue reading “थारु सभा झापाद्वारा भूकम्पपीडितलाई ३२ हजार”

नमूना भूइह्यारथानको उदघाटन जेठ ३० गते

Thanhwa_dang 04

तुलसीपुर- भुइह्यारथान (ठन्ह्वा) संस्थाको उद्घाटन जेठ ३० गते गरिने भएको छ। भूह्यारथनाका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले जिल्लाको नमूना भूह्यारथानको उद्‍घाटन जेठ ३० गते गर्ने निर्णय गरेको हो।  Continue reading “नमूना भूइह्यारथानको उदघाटन जेठ ३० गते”

प्रकृतिको आदेश ?

dil bdr chaudhary

दिलबहादुर चौधरी- हामी हिन्दू धर्मावलम्बीहरूले कतिपय कथा कहानी पढ्दा ज्ञात हुन्छ कि प्रकृतिको नियमलाई भगवानले पनि बदल्न सक्दैनन् भन्ने । तपस्याबाट तपस्बीहरूले भगवानलाई, देउतालाई रिझाएका बेला आफ्नो मृत्यु नहोस् भन्ने बरदान माग्दा भगवानले, देउताले प्रकृतिको नियमलाई बदल्न सकिँदैन, कुनै अरू बर माग मानव ! भनी जवाफ दिएको सुन्छौं । अर्थात् पृथ्वीमा जो जन्म लिन्छ, शरीर धारण गर्छ, उसको मृत्यु निश्चित हुन्छ, प्रकृतिभन्दा ठूलो अरू कोही हुँदैन भन्छन् । Continue reading “प्रकृतिको आदेश ?”

थारू संग्रहालयको शिलान्यास

Photot Surkhet 02

सुर्खेत– थारू कल्याणकारिणी सभा, सुर्खेतको आयोजनामा विनपा–१७ कालीमाटीमा भएको थारूहरूको भेलाले सुर्खेतमा थारू संग्रहालय तथा ठन्वा (मन्दिर)का लागि भवन निर्माणार्थ एक कार्यक्रमबीच शिलान्यास भएको छ । स्थानीय बुद्धिजीबी तथा समाजसेवी राजु थापा र रमेश थापाले कालिमाटीमा बन्न लागेको थारू संग्रहालय तथा ठन्वा निर्माणका भवन बन्ने जग्गाको संधियारमा केही जमिन उपलब्ध गराएपछि भवन निर्माण बन्ने पक्का भएको हो । Continue reading “थारू संग्रहालयको शिलान्यास”

गुगलले यसरी सम्झियो गणतन्त्र दिवस !

Google Doodleसर्च इन्जिन गुगलले आफ्नो ‘डुडल’मार्फत् नेपालको गणतन्त्र दिवसलाई शुभकामना दिएको छ। उसले वैशाख १२ गतेको महाभूकम्पलाई स्मरण गर्दै श्रदाञ्जलीसहित गणतन्त्र दिवसको शुभकामना दिएको छ। उसले बनाएको डुडलमा स्वयम्भूस्थित बौद्ध स्तुपा र मन्दिरसहित मैनबत्ती बालेको आकृति बनाएको छ। Continue reading “गुगलले यसरी सम्झियो गणतन्त्र दिवस !”

दाङ विमानस्थल सात वर्षपछि पुनःसञ्चालनमा

Dang plane

सात वर्षअघि उडान बन्द भएको दाङको टरिगाउँ विमानस्थल पुनःसञ्चालनमा आएको छ। बिहीबार निजी बिमान कम्पनी गोमा एयरले पहिलो उडान भरेको छ। यो कम्पनीले यसलाई ‘नियमित उडान’समेत भनेको छ। बिहीबारदेखि नियमित उडान भएको जनाउँदै गोमा एयरले अबदेखि हप्तामा दुई दिन उडान भर्ने जनाएको छ। प्रत्येक हप्ताको सोमबार र बिहीबार बिमान काठमाडौं-सुर्खेत हुँदै दाङ अवतरण गर्ने र दाङबाट सिधा काठमाडौं उडान हुने जानकारी गराएको छ। Continue reading “दाङ विमानस्थल सात वर्षपछि पुनःसञ्चालनमा”

रसुवामा थारु कल्याणकारिणी सभाको राहत वितरण

Thakasa Rahat 02काठमाडौं- थारु कल्याणकारिणी सभाले रसुवाका भूकम्प पीडितलाई राहत वितरण गरेको छ। सभाका अध्यक्ष धनिराम चौधरी, सभाका सल्लाहकार तथा सभासद् रुक्मिणी चौधरी, महामन्त्री आमिरी चौधरी र थारु युवा सभाका अध्यक्ष कानुलाल चौधरीले रसुवाको विर्दिम गाविसमा राहत वितरण गरेका हुन्। Continue reading “रसुवामा थारु कल्याणकारिणी सभाको राहत वितरण”