बालिका चौधरीको बबई बाढीको अनुभव : बाढी कुर्दै त्रिपालमुनि

 Balika Chaudharyबालिका चौधरी।

बर्दियाको चेपाङ गाउँमा राखिएको साइरन एकोहोरो कराइराखेको थियो । लाग्थ्यो, ठूलै बाढी आउँदैछ । बबई नदी आज बहुलाउँदैछे । गत साल साउन अन्तिम साता । बिहानै जिल्लाको एक बैठकमा पुगेको थिएँ, द्वन्द्वपीडित महिलासम्बन्धी । नदीको अवस्था अलि जटिल भएपछि, समय अघि नै बैठक टुंग्याएर सीडीओ निस्किए । बबईको बबन्डर बुझ्न म जिल्ला रेडक्रस कार्यलय पुगेँ । ‘कृष्णसार क्षेत्रमा बाढी आइसक्यो, अब तुलापुरमा पनि खतरा छ,’ रेडक्रसको गोविन्द सरले भन्नुभयो । म हतार हतार निस्केँ । केही समस्या पर्न सक्छ भन्ने सोचेर चिनेजानेको भाइ निराजन चौधरीलाई पनि लिएर गएँ । केही बेरमै तीन किलोमिटर टाढाको म बस्ने घर तुलापुर पुग्यौं ।  Continue reading “बालिका चौधरीको बबई बाढीको अनुभव : बाढी कुर्दै त्रिपालमुनि”

विरोधमा मधेसी स्वर, रुक्मिणी भन्छिन्- ‘हामी मधेसी होइनौं’

madhesi Morchaप्रमुख चार राजनीतिक दलबीच ऐतिहासिक १६ बुँदे सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको छ। साथसाथै, केही संख्यामा तराई–मधेस केन्द्रित राजनीतिक दल र संघ/संगठनले भने त्यसमा असन्तुष्टि जनाउने क्रम सुरु भइसकेको छ।

मुख्यतः राज्यको पुनःसंरचनाका सवालमा संघीय प्रदेश निर्माण गर्ने कार्य सार्वभौम संविधानसभाले सम्पन्न नगरेर संघीय आयोग गठन गरी त्यसैलाई जिम्मा दिने सहमतिमा तराई–मधेस केन्द्रित दलको बढी आपत्ति देखिन्छ। उनीहरुको भाषामा त्यो सहमति ‘प्रतिगमन’ हो। विगतका आन्दोलनपछिका सम्झौता र सहमतिसहित अन्तरिम संविधानको मूल मर्म र भावनाविपरीत पनि त्यो सम्झौता उभिन पुगेको उनीहरुको ठहर छ। Continue reading “विरोधमा मधेसी स्वर, रुक्मिणी भन्छिन्- ‘हामी मधेसी होइनौं’”

बर्दिया तराईको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा

bardiyaबर्दिया जिल्लालाई तराइकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शुक्रबार गुलरियामा आयोजित एक कार्यक्रममा बर्दियालाई खुला दिसामुक्त घोषणा गरेका हुन् । कार्यक्रममा गृहमन्त्री गौतमले सरसफाइ अभियान अरुका लागि नभइ आफ्नै लागि भएको र यसलाई आफैबाट सुरु गर्नुपर्ने बताए । Continue reading “बर्दिया तराईको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा”

अशोक राईसहित चार मधेसी पार्टीद्वारा संविधानसभा बहिष्कार

Upendra Yadavदलहरुबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका पाँच पार्टीले संविधानसभा बैठक बहिस्कार गरेका छन्। बैठकमा आफ्नो धारणा राख्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रीक पार्टी, असोक राईको संघीय समाजवादी पार्टी, राजेन्द्र महतोको सद्वभावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टीले संविधानसभा बैठक बहिस्कार गरेका हुन्। उनीहरुले चार दलबीच भएको १६ बुँदे सहमतिमा संघीयता अधुरो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। Continue reading “अशोक राईसहित चार मधेसी पार्टीद्वारा संविधानसभा बहिष्कार”

प्रचण्डको राजनीतिक बेइमानी

मिनराज चौधरी।

जेठ २५ गते सिंहदरबारमा बसेको ३० दलीय मोर्चाको बैठकमा प्रचण्डले चार दलबीच भइरहेको छलफलका बारेमा रिपोर्टिङ गरेपश्चात् उपस्थित अधिकांश दलहरुले साँध सीमाना, नामांकन बिनाको ८ प्रदेशको कुनै औचित्य नभएको र सार्वभौम अधिकारसम्पन्न संविधान सभा हुँदाहुँदै सीमांकन संघीय आयोगबाट गरिनु हुँदैन, मिश्रित निर्वाचन प्रणालीको सम्बन्धमा प्रत्यक्ष ४० र समानुपातिकतर्फ ६० प्रतिशत हुनुपर्ने भन्दै प्रचण्डलाई सुझाव दिए। तर एनेकपा एमाओवादीका अध्यक्ष एवं मोर्चाका संयोजकसमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिवर्तनकारी नेपाली जनताहरुको चाहना, भावना र जनादेशविरुद्ध अत्यन्तै गम्भीर एवं संवेदनशील सबालमा दिएको सुझावलाई चियागफ ठान्दै पौने १२ बजे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग घुडा टेक्दै १६ बुँदे सहमति गरे। Continue reading “प्रचण्डको राजनीतिक बेइमानी”

उपेन्द्र यादवको फोरम अशोक राईको पहाडे पार्टीसँग एकता हुँदै

मधेसका मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र यादवले पहाडे दलहरुसँग पार्टी एकीकरण गर्न लागेका छन्। उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीच एकीकरण हुन लागेको हो। जेठ भित्रै एकीकरण गर्ने तयारी भइरहेको तीन दलबीच नीति, नेतृत्व र नामका विषयमा सहमति भइसकेको छ।  Continue reading “उपेन्द्र यादवको फोरम अशोक राईको पहाडे पार्टीसँग एकता हुँदै”

मधेसी मोर्चाबाट विजय गच्छदार निष्काशित

madhesi-leaders

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोर्चाको लक्ष्य तथा अवधारणा विपरित १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई मधेसी मोर्चासँग कुनै सम्बन्ध नरहने गरी निस्काशन गरेको छ।  Continue reading “मधेसी मोर्चाबाट विजय गच्छदार निष्काशित”

नाम शान्ता चौधरी, कक्षा ८, रोल नम्बर ८१

 Shanta_School 02

नाम : शान्ता चौधरी

कक्षा : ८

रोल न. ८१

उमेर : ३५

विद्यालय : श्री उच्च मावि डाँडागाउँ गोग्ली

मंगलबार उनी यो स्कुलको कक्षा ८ मा छिर्दै थिइन्। एकनासे ड्रेसमा सजिएका विद्यार्थीहरु जर्‍याजुरुक उठे। सबैका नजर उनमै तेर्सिए। कुर्ता सुरुवाल लगाएर, कालो झोला भिरेकी उनलाई सबै विद्यार्थीले ठाने ‘नयाँ म्याडम’। Continue reading “नाम शान्ता चौधरी, कक्षा ८, रोल नम्बर ८१”

‘हिडेन इन्ट्रेस्ट’ले १६ बुँदे सम्झौता भयो : गोपाल दहित (अन्तर्वार्ता)

Gopal Dahit

चार राजनीतिक दलबीच हालै १६ बुँदे सम्झौता भयो। जसमा सीमांकन/नामांकनको जिम्मा संघीय आयोग र प्रादेशिक सभालाई दिइएर ८ प्रदेश बनाउने भनिएको छ। यो सम्झौताको केही पार्टीले समर्थन गरेको छ भने केहीले विरोध पनि जनाएको छ। थरुहट तराई पार्टीले विज्ञप्ती जारी गर्दै १६ बुँदे सम्झौताको विरोध जनाएको छ। यही विषयमा केन्द्रीत भएर थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितसँग मदन चौधरीले गरेको कुराकानीः Continue reading “‘हिडेन इन्ट्रेस्ट’ले १६ बुँदे सम्झौता भयो : गोपाल दहित (अन्तर्वार्ता)”

थारू समुदाय, साहित्य र मेरो सपना

Krishnaraj Sarwhari

कृष्णराज सर्वहारी।

हिन्दी कवि पाशले भनेका छन्– जिन्दगीमा सबैभन्दा खतरनाक भनेको हाम्रो सपनाको मुत्यु हुनु हो। जसले सपना देख्न सक्दैन, त्यसले कहिल्यै उन्नति गर्न सक्दैन। फेसबुक थारू कम्युनिटी वालले हालै आफनो वार्षिकोत्सव मनाउने क्रममा वक्ताहरूलाई विषय दिएको थियो– तपाईले हालसम्म आफ्नो समुदायको लागि के गर्नु भयो? भविष्यमा के गर्ने सोँच छ? वास्तवमा सोंच भन्नु नै सपना हो। वक्ता विद्यार्थी नेताहरूले आफ्नो सपनाको कुरा ठ्वाक्क ठ्वाक्क बुँदागत रूपमा भन्न सकेनन्। यसको अर्थ उनीहरूको कुनै निश्चित सपना थिएन, छैन। अनि ती विद्यार्थी नेताहरू कसरी नेतृत्वको सर्वोच्च तहमा पुग्लान्? यस आलेखमा मैले पाइला टेकेको थारू समुदाय, साहित्य र मैले देखेको सपनाको खाका कोर्न चाहन्छुँ। Continue reading “थारू समुदाय, साहित्य र मेरो सपना”