थाविसको महाधिवेशन तयारी अन्तिम चरणमा

Tha Bi Sa Chitwan

कारी महतो- चितवन- ‘थरुहट स्वायत्त: प्रदेशसहितको संघीय संविधान, सर्वसुलभ, रोजगारमुखी शिक्षा प्रणालीको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पुस १०, ११ र १२ गते चितवनको पर्यटकीय नगरी सौराहामा हुने थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। Continue reading “थाविसको महाधिवेशन तयारी अन्तिम चरणमा”

‘नायक भएर आन्दोलन हाँक्ने कि खलनायक भएर आन्दोलन भाँडने?’

Aankaji Sherpaनेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले महासंघका तीन जनालाई खुल्ला पत्र लेखेका छन्। उनले महासंघका अध्यक्ष नागेन्द्रकुमार कुमाल, पेम्बा भोटे र निवर्तमान अध्यक्ष राजकुमार लेखीलाई फेसबुकमार्फत् खुलापत्र लेखेका हुन्। उनले नायक भएर आन्दोलन हाँक्ने नि खलनायक भएर आन्दोलन भाँड्ने भन्दै खुला पत्र लेखेका हुन्। यी तीन जनाजति नेताले पद्मरत्न तुलाधर नेतृत्वको मोर्चा अस्विकार गर्दै आएका छन्। आङकाजी शेर्पा भने तुलाधरको मोर्चालाई महासंघले साथ दिनुपर्ने बताउँदै आएका छन्। Continue reading “‘नायक भएर आन्दोलन हाँक्ने कि खलनायक भएर आन्दोलन भाँडने?’”

पश्चिम तराईमा सुरु भयो माघीको रौनक

Maghi_Bankeठाकुरसिंह थारु, बाँके- पश्चिम तराईका थारू गाउँमा एक महिनाअघि नै माघी रौनक सुरु भएको छ । विभिन्न ठाउँमा माघी महोत्सव तथा मेला आयोजनाको तयारी भइरहेका छन् । नयाँ वर्षका रूपमा मनाइने माघीलाई थारू युवाले संस्कृति संरक्षणका रूपमा मनाउन थालेका हुन् । युवालाई थारू संस्कृतितर्फ आकषिर्त गर्न कोहलपुरको मैतहवा गाउँमा माघी महोत्सव गर्न थालिएको छ । त्यस्तै बाँकेकै भुवरभवानीमा पनि माघी महोत्वको तयारी भइरहेको छ । बर्दियाको बाँसगढीमा पनि माघीलाई लक्षित गरी ११ दिने लामो महोत्सवको आयोजना गरिएको छ । Continue reading “पश्चिम तराईमा सुरु भयो माघीको रौनक”

मुक्त कमलरीको बिलौना- ‘२ महिना कहाँ बस्ने, के खाने?’

Kamalari at Narti Hostel‘सरकारले १० महिनाको खाने-बस्ने खर्च दिन्छ तर वर्षमा १२ महिना हुन्छ । बाँकी दुई महिना कहाँ बस्ने, के खाने ?’ देउखुरीको वनगाउँस्थित बाल जनता उच्चमावि छात्रावासमा बस्दै आएकी बर्दियाकी मुक्त कम्लरी सुशीला चौधरीले भनिन्, ‘हाम्रो घरबास र परिवार भए त घरमै बस्थ्यौं । दुःख पाउन किन यहाँ आउँथ्यौं र ?’ Continue reading “मुक्त कमलरीको बिलौना- ‘२ महिना कहाँ बस्ने, के खाने?’”

माघ ८ मा संविधान नआए संविधानसभा विघटन गर्नुपर्छ : लेखी

Rajkumar Lekhi

माघ ८ मा संविधान बनेन भने के हुन्छ ? राजकुमार लेखीले माग गरेका छन्, ‘माघ ८ मा संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ । नयाँ चुनाव गर्नुपर्छ ।’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले झिल्कोसँगको वार्तामा भने, ‘हाम्रो पार्टीले संविधानसभा चुनाव बहिष्कार गरेन, हामी चुनावमा सहभागी पनि भएनौं । हामीले संविधान निर्माणका लागि यी दललाई सहयोग गर्दै आएका छौं । तर, तोकिएको समयभित्र संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ । यसका लागि हामी आन्दोलन गर्छाैं ।’ Continue reading “माघ ८ मा संविधान नआए संविधानसभा विघटन गर्नुपर्छ : लेखी”

अध्यक्ष उम्मेदवारको औपचारिक घोषणा गर्दै शिवले भने, ‘बुद्धजस्तै बनेर देखाउँछु’

Shiva

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रि महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीले उम्मेदवारी घोषण गरेका छन्। उनले बुद्ध जन्मस्थल रुपन्देहीको बुटवलबाट औपचारिकरुपमा उम्मेदवारीको घोषण गरेका हुन्। Continue reading “अध्यक्ष उम्मेदवारको औपचारिक घोषणा गर्दै शिवले भने, ‘बुद्धजस्तै बनेर देखाउँछु’”