पूर्व कमलरी भन्छन्- हाम्रो आन्दोलन जारी छ

kamalari girl in press meetनविन चौधरी, दाङ- बालिका बचाउ आन्दोलनमा उत्रिएका पूर्व कमलरीले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन्। शनिबार घोराहीमा चार दिने बन्दको समीक्षा एवं पत्रकार सम्मेलनमा बोल्दै पूर्व कमलरीहरुले यस्तो बताएका हुन्। सरकारले सहमतिका १० बुदाँ पूर्णरुपमा कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्‍ने उनीहरुले बताए।  Continue reading “पूर्व कमलरी भन्छन्- हाम्रो आन्दोलन जारी छ”

सरकार र कमलरीबीच दस बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

cheering with happy-1काठमाडौं- सरकार र कमलरी प्रथा उन्मुलन संघर्ष समितिबीच दस बुँदे सहमित भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा शुक्रबार भएको सात घन्टा लामो छलफलपछि सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सिर्जना चौधरीको हत्यामा संलग्न भनिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले अनुसन्धानको दायरामा ल्याएपछि वार्ता सफल बनेको टोलीका फकला थारुले बताए।  Continue reading “सरकार र कमलरीबीच दस बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित”

सरकारसँगको वार्तामा तेस्रो दिन पनि कुनै सहमति भएन

काठमाडौं– सरकार र कमलरी संघर्ष समितिबीचको वार्ता बिहीबार पनि बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा तेस्रो दिन बसेको वार्ताले पनि कुनै टुंगो लगाउन नसकेको हो। संघर्ष समितिले मृतक परिवारलाई राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा पुनः अडिग रेहपछि सहमति हुन नसकेको हो। Continue reading “सरकारसँगको वार्तामा तेस्रो दिन पनि कुनै सहमति भएन”

न्यायमूर्तिको दमनले लाज लाग्छ :शान्ता चौधरी

दाङकी मुक्त कमलरी सिर्जना चौधरीको हत्यालाई लिएर उनीजस्तै नियति भोगेकाहरू मात्र हैन, न्याय र मानवीय मर्यादामा विश्वास गर्ने सबै चेतनशील व्यक्तिहरू मर्माहत छन् । न्यायका लागि या सिर्जना हत्यामा छानबिनको माग गर्दै सडकमा आउनेहरूमाथि राज्यसत्ताले गरेको दमन कुनै पनि बर्बर शासकहरूले दुनियाँमा देखाएका पाशविक बर्बरतासँग तुलना गर्न सकिन्छ । Continue reading “न्यायमूर्तिको दमनले लाज लाग्छ :शान्ता चौधरी”

सिर्जना चौधरी र कमलरीः अस्तित्वको आन्दोलन

जीवन क्षेत्री- कसरी कुनै बेला सास थामेर यातना सहने किशोरी र युवतीहरुले हामीलाई जीवन र समाजसम्बन्धी खरो व्यवहारिक ज्ञान दिइरहेका छन्। कमलरी सिर्जना चौधरीको इहलीला समाप्त भएसँगै कमलरी प्रथा लगायत उत्पीडनका अन्य धेरै तरिकाहरुबारे राम्रै बहस भएको छ । तर अझै पनि हाम्रो बहस समस्याको केन्द्रमा पुग्ने भन्दा पनि सतहमा चक्कर काट्ने पाराको भएको देखिन्छ । Continue reading “सिर्जना चौधरी र कमलरीः अस्तित्वको आन्दोलन”

चर्कंदो कमलरी घाउ

मानबहादुर क्षत्री– चार वर्षदेखि मुक्त कमलरी आफ्नो हक/अधिकारका लागि राजधानी धाएको धायै छन्। कहिले कमलरी मुक्तिका लागि त, कहिले पुनर्स्थापनाका लागि। कहिले छात्रवृत्ति त कहिले शोषणमा परेकाहरुको उद्धार एवं क्षतिपूर्तिका लागि। पछिल्लो पटक त धमाधम ज्यानै मारिन थालेपछि उनीहरु झनै अत्तालिएर सिंहदरबार गुहार्न बाध्य भएका हुन। Continue reading “चर्कंदो कमलरी घाउ”

पूर्व कमलरीको राजधानीमै दुर्दशा

Kamalari Lifestyleकाठमाडौं – नुन, चामल, तेललगायत सामल पोको पारेर राजधानी आएका पूर्व कमलरीहरू एक सातासम्म सिंहदरबार घेराउ गर्दा आफ्ना माग सम्बोधन होला भन्ने आशमा थिए। मागको सुनुवाइ त कता हो कता, प्रहरीले अन्धाधुन्ध लाठी बर्साउँदा दुई कमलरी सिकिस्त भए। घाइतेको उपचार र सामलको चिन्ताले पशुपति धर्मशालामा बस्दै आएका उनीहरूको समस्या थपिँदै गएको छ। Continue reading “पूर्व कमलरीको राजधानीमै दुर्दशा”