थारुहरुले मागे- राज्यको सम्पूर्ण निकायमा समावेशीको माग

rajkumarझापा- शनिबार झापामा आयोजित एक कार्यक्रमका वक्ताहरुले थारुहरुलाई जनसंख्याको आधारमा राज्यको सम्पूर्ण निकायमा समावेशीको माग गरेका छन्। थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको आयोजना तथा झापा जिल्ला समितिको व्यवस्थापनमा शनिबार सम्पन्न एक दिने ‘संघीयता र समावेशीकरण सम्बन्धी चेतनामूलक’ कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन्। Continue reading “थारुहरुले मागे- राज्यको सम्पूर्ण निकायमा समावेशीको माग”

जाँगरले फेरिएका मुक्त कमलरी

Meena Chaudhary 

दुर्गालाल केसी, दाङ- सोलनपुर १ नर्ती गाउँकी कमला चौधरी बिहानै उठ्छिन् र लमही पुगेर मोटसाइकल मर्मतमा खटिन्छिन् । पूर्व-पश्चिम राजमार्ग छेउमै ‘अनमोल वाइक पार्टस् एन्ड वर्कसप’ सञ्चालन गरेकी उनी राति अबेरसम्म पनि मोटरसाइकल बनाउन व्यस्त हुन्छिन् । मोबिलको कालोले कपडा फोहोर भए पनि कुनै पर्वाह छैन । कमलाको जाँगर र व्यस्तता देखेर धेरैले अचम्म मान्छन् । Continue reading “जाँगरले फेरिएका मुक्त कमलरी”

थारु गाउँको होम-स्टे

tharu homestay

भीम घिमिरे– गैंडा बाली चर्न आएको थियो । त्यो बलिष्ठ जन्तु देखेर थारूको छोरो डराएन । सोच्यो, ‘यसलाई पुच्छर समातेर पछार्छु । डराएर भाग्छ ।’ गैडा भागेन । बरु त्यसले खेद्यो । शोभाराम थारू खेतका आलीमा पछारिए । त्यसपछिका दुई दशक उनलाई गैंडाका त के कुरा, कुनै पनि वन्यजन्तु राम्रो लागेन । फागुन तेस्रो साता उनको गाउँ नवलपरासीको अग्यौली बाघखोर टोलमा भेट्दा ५० वर्षीय थारूले भने ‘अब मलाई गैंडामात्रै होइन वनका सबै जन्तु मन पर्छ । उनीहरू ज्युँदो रहनुपर्छ । हामीले जोगाउनुपर्छ जस्तो लाग्छ ।’ सकारात्मक सोचाइ आउनुका केही वर्षअघिसम्म न उनलाई वन्यजन्तु मन पर्थे, न त घर छेवैको घना वन । बस्ती छेउमा वन रहिरहे जनावरले बाली खाइरहन्छन् । द्वन्द्व भइरहन्छ भन्ने बुझेका उनका लागि गैंडाको सामना जीवन रहेसम्म सम्भिmरहने घटना भएको छ । Continue reading “थारु गाउँको होम-स्टे”

नेपाली क्रिकेट टोलीको भव्य स्वागत

Pro_ktm_ Cricket  Khaladi welcome (2)काठमाडौं- ट्वन्टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गर्दै स्वेदश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव युवाराज लामा, नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी, कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यगायतले खेलाडीहरूलाई फूलमाला लगाई सम्मान दर्शाएका थिए। Continue reading “नेपाली क्रिकेट टोलीको भव्य स्वागत”

एघार सय ३१ कमलरी एसएलसी दिँदै

श्री पशुपत्ति विश्राम उमावि नारायणपुरमा एसएलसी परीक्षा दिँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरी।
श्री पशुपत्ति विश्राम उमावि नारायणपुरमा एसएलसी परीक्षा दिँदै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष विमला चौधरी।

सन्तोष दहित, दाङ- पाँच वर्षअघि विमला चौधरी मालिकको घरमा भाँडा माझ्ने र लुगा धुने गर्थिन्। बिहान ४ बजेदेखि रातिको ९ बजेसम्म उनी काममा खटिन्थिन्। किनकि उनलाई बाध्यता थियो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनी सानै उमेरमा कमलरी बस्न बाध्य भएकी थिइन्। विमला भन्छिन, ‘मालिकको छोराछोरी स्कुल गएको देख्दा आफूलाई पनि स्कुल जान मन लाग्थ्यो। Continue reading “एघार सय ३१ कमलरी एसएलसी दिँदै”

मिस नेपालका प्रारम्भिक सुन्दरी छानिए

miss nepal 2013

देशको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल–२०१४’ को ज्वरो सुरु भएको छ। पूर्व मिस नेपाल तथा आयोजक हिडन ट्रेजरकी कार्यकारी अधिकृत श्वेता सिंहले यसपालिको प्रतिस्पर्धामा २० जना युवती छानिएको बताइन्। माल्भिका सुब्बा, श्वेता सिंह, रचना गुरुङ, सुवर्णबहादुर क्षत्री, गिरेन्द्रमान राजवंशी र शरदकृष्ण श्रेष्ठको निर्णायक समूहले यी युवती छनोट गरेको हो। Continue reading “मिस नेपालका प्रारम्भिक सुन्दरी छानिए”

दिदीबहिनीको शीतयुद्ध

pcएजेन्सी- बलिउडका अभिनेत्रीहरूबीच खिचातानी भइरहन्छ। उनीहरूले एकअर्कामाथि मिडियामा नानाथरी टिप्पणी गर्नु त्यहाँको चलन नै हो। तर, यस पटक भने बलिउडमा केही फरक तानातान देखिएको छ। त्यो हो– चोपडा दिदीबहिनीको खिचातानी। प्रियंका चोपडा बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। उनकी बहिनी परिणिति चोपडाले पनि बलिउडमा आफ्नो पहिचान बनाइसकेकी छिन्। यी दुई बहिनीसँगै छिट्टै चोपडा खानदानका अरू दुईबहिनी मीरा चोपडा र बार्बी हाँडाले बलिउडमा ‘इन्ट्री’ गर्ने भएका छन्। मीरा चोपडाले सतीश कौशिकको फिल्म ‘ग्याङ अफ गोस्ट’ बाट र बार्बी हाँडाले अनुभव सिन्हाको फिल्म ‘जिद’ बाट बलिउडमा आफ्नो करिअरको सुरुवात गर्नेछन्। प्रियंका, परिणिति र मीरा काका–ठूलोबुवाका छोरी हुन् भने बार्बी उनीहरूकी फुपूकी छोरी हुन्। Continue reading “दिदीबहिनीको शीतयुद्ध”

कमाइ हुने ठाउँमा जानै पाइएन

japan sapana

प्रकटकुमार शिशिर– सरकारले ठोस पहल नगर्दा आकर्षक कमाइ हुने देश जापान र इजरायलमा नेपाली कामदार जान सकेका छैनन्। सरकारी स्तरबाट कुनै पहल नहुँदा यी देशमा लामो समयदेखि नेपाली कामदार जान वञ्चित भएका हुन्। नेपाली कामदारको लागि बन्द हुँदै, खुल्दै गरेको इजरायलमा सरकारले आफ्नै पहलमा कामदार पठाउने तयारी गरे पनि इजरायलबाट निर्णय नहुँदा ढिलाइ भएको छ। Continue reading “कमाइ हुने ठाउँमा जानै पाइएन”

आइफोनको भाउ घट्दै

iphone5c

एप्पलले आई–फोन फाइभ सीको भाउ घटाउने विषयमा भएको पत्राचार सार्वजनिक भएको छ। ओटू जर्मनीबाट लिक भएको इमेलअनुसार आई–फोन फाइभ सीको मूल्य करिब ६० युरो अर्थात् ९ हजार रुपैयाँ घट्दैछ भने पहिलेको ८ जीबी स्टोरेज क्षमता बढाएर १६ जीबी बनाइदैछ। इमेलको स्त्रि्कनसट जर्मनको एक ब्लगरले सार्वजनिक गरेका थिए। प्रविधिको अर्को साइट इंग्याजेटले यसलाई उद्धृत गर्दै अपलोड गर्योक। त्यतिमात्र होइन इंग्याजेटले कम मूल्यमा ल्याइने तयारी भएको फोनको अन्य स्पेसिफिकेसनहरू पनि सार्वजनिक गर्यो ।   Continue reading “आइफोनको भाउ घट्दै”

कञ्चनपुरमा ‘चिनजान’ कार्यक्रम सम्पन्न

कञ्चनपुर- थारु महिला सभा, थारु नागरिक समाज लगायतको पहलमा कञ्चनपुरका थारु समुदायबीच पर्यटकीयस्थल बेतकोटमा ‘चिनजान तथा शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु नागरिक समाजले सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सम्मान गरेको थियो।   Continue reading “कञ्चनपुरमा ‘चिनजान’ कार्यक्रम सम्पन्न”