नेपाल समूहका चार र ओली समूहका दुई थारु केन्द्रीय सदस्य निर्वाचित

baijnath and balbirकाठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशनले केन्द्रीय सदस्यमा ६ जना थारु नेता निर्वाचित भएका छन्। चार जना पूर्ण र दुई जना वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एक हप्ता लामो भएको महाधिवेशनबाट पर्णमा पर्साका नागेन्द्र चौधरी, बाराका वलवीर चौधरी र नवलपरासीका वैजनाथ चौधरी र वलदेव चौधरी निर्वाचित भएका छन्। त्यस्तै वैल्पिकतर्फ भगवति चौधरी र मेटमणि चौधरी निर्वाचित भएका हुन्। Continue reading “नेपाल समूहका चार र ओली समूहका दुई थारु केन्द्रीय सदस्य निर्वाचित”

सिकलसेल नियन्त्रणका लागि राष्ट्रपतिलाई ज्ञापन पत्र

Sikles press-4 

 मिनराज चौधरी, काठमाडौं- थरुहट तराईको जिल्लामा बसोबास गर्ने थारु समुदायमा मात्र ‘सिकलसेल एनिमिया’ रोगबाट संक्रमण भएको सबालले मुलुककै ध्यान आकृष्ट गरेको छ। नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा कार्यरत डा. राजन पाण्डे, सेती अञ्चल अस्पताल धनगढीमा रहेका डा. सुभेशराज कायस्थसहित सिकलसेल विषयमा विद्यावारिधी गरिरहेकी डा. शर्मिला गुप्ताको अनुसार दाङबाट पश्चिम कञ्चनपुर जिल्लामा रहेका थारु समुदायको कूल जनसंख्याको तीस प्रतिशत थारु समुदाय सिकलसेल एनिमिया रोगबाट संक्रमित रहेको अध्ययन अनुसन्धान प्रतिवेदनबाट अनुमान गरेका छन्।   Continue reading “सिकलसेल नियन्त्रणका लागि राष्ट्रपतिलाई ज्ञापन पत्र”

वंशाणु रोग सिकलसेल एनिमिया र थालसेमिया

Sikalselकैलालीका थारू समुदायका अगुवा अहिले सिकलसेल एनिमिया रोगको उपचारमा सरकारको ध्यानाकर्षण गर्न काठमाडौँ आएका छन् ।  सधैँ सरुवा रोगको चपेटामा पर्ने थारूहरूमा सिकलसेल एनिमियाले आफ्नो समुदायनै सङ्कटमा परेको ठहर उनीहरूको छ ।  वास्तवमा वंशाणुगत रोग भएकाले सिकलसेल एनिमिया थारूहरूमा एकबाट अर्कोमा सरिरहेको छ ।  वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट डा. विशेष पौड्यालले थारू समुदायमा सिकलसेल एनिमिया मात्र होइन रगतसँगै जोडिएको बेटा थालेसेमिया पनि भयावह रहेको जानकारी दिनुभएको छ । Continue reading “वंशाणु रोग सिकलसेल एनिमिया र थालसेमिया”

थारु भाषा, साहित्यबारे अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड

सोम डेमनडौरा, नेपालगञ्ज- जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा नेपालगञ्जमा साहित्यिक बखेरी सम्पन्न भएको छ। साहित्यकार तथा लेखक कृष्णराज सर्बहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो बखेरीमा साहित्यिक बखेरीको औचित्यता र यसको दिगोपनाको बारेमा छलफल तथा साहित्यबाचन समेत गरिएको थियो। Continue reading “थारु भाषा, साहित्यबारे अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड”

सिकलसेल प्रभावित डेलिगेशन टोली काठमाडौंमा

Sickle Cell

लक्की चौधरी, काठमाडौं- थारु बहुल क्षेत्रमा महामारीकोरुपमा देखिएको सिकलसेल एनिमियाको रोकथाम तथा विरामीको निःशुल्क उपचारको व्यवस्थाको मागगर्दै कैलालीबाट थारुहरुको एक डेलिगेशन टोली काठमाडौं आएको छ। Continue reading “सिकलसेल प्रभावित डेलिगेशन टोली काठमाडौंमा”

थारूको पहिचान : अलमलमा अगुवा

दुई महिनाअघि प्रधानमन्त्री सुशील कोइरालाई ज्ञापन पत्र बुझाउँदै थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी।
दुई महिनाअघि प्रधानमन्त्री सुशील कोइरालाई ज्ञापन पत्र बुझाउँदै थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरी।

कृष्णराज सर्वहारी– आफ्नो समुदायको पहिचानका लागि थारू समुदाय आन्दोलनरत् छ। वैशाख १० गते थरुहट संयुक्त संघर्ष समितिले प्रधान मन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ तथा ठूला दलका अध्यक्ष भेटी थारूलाई मधेसीमा सूचीकरण गरिएकामा सच्याउन ज्ञापनपत्र बुझाएको थियो। समितिमा रहेका २० थारू घटकले एक महिनाभित्र नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए। त्यसको ठीक एक महिनापछि जेठ १० गते थारू कल्याणकारिणी सभाको कार्यालयमा समितिको बैठक बस्दा ६ घटकमात्र उपस्थित भए। यसले कुनै निर्णय गर्न सकेन, यो उपस्थिति आन्दोलनकारी आफैँलाई ब्यंग्य थियो। Continue reading “थारूको पहिचान : अलमलमा अगुवा”

हराएको पाण्डुलिपि

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी- पुसको तेश्रो साता कैलालीको भादा महोत्सवमा सहभागी हुँदाको क्रममा मैले जीवनमा चौथोपल्ट मोबाइल हराएँ । एक सञ्चारकर्मीलाई मोबाइल हराए नकिन्नुको विकल्प हुन्न । गोजी हरियो भयो भने नयाँ मोबाइल त तुरुन्त किन्न सकिन्छ, तर सेभ गरिएका नम्बर संग्रह गर्न निकै समय लाग्छ । ती पनि विस्तारै फेला पर्छन् । तर जीवनमा कहिलेकाहीँ केही यस्ता सरसमान हराउँदा रहेछन्, ती पुनः प्राप्त गर्न सकिन्न, त्यसले निकै लामो समयसम्म पोल्दो रहेछ । Continue reading “हराएको पाण्डुलिपि”

कमलरी मुक्ति घोषणाको एक वर्ष, अझै तीन सय कमलरी

kamalari rally

दाङ- सरकारले कमलरी मुक्ति घोषणा गरेको एक वर्ष पुगेको छ। मुक्त कमलरी विकास मञ्चले शुक्रबार दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमलरी मुक्ति दिवसको अवसरमा र्या ली र अन्तरक्रिया कार्यक्रम आयोजना गर्योम। कमलरी मुक्तिको एक वर्ष बितेपनि पश्चिम नेपालका पाँच जिल्लाम अझै तीन सय बढी कमलरीको उद्धार हुन बाँकी रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ। Continue reading “कमलरी मुक्ति घोषणाको एक वर्ष, अझै तीन सय कमलरी”

मुलुक पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश

Mahesh Chaudharyमहेश चौधरी- नेपालमा शहरी विकासको प्रक्रिया तिव्र गतिले अगाडि बढ्दै छ। शहरी विकासको प्रक्रिया तिब्र गतिले अगाडि बढ्नुको तात्पर्य मुलुक पुँजीवादमा प्रवेश गरेको संकेत हो। त्यसो त शहरी क्रियाकलापका सूचाङ्क धेरै छन् तर सरकारले १० हजारभन्दा बढी जनसंख्या भएका विजुली, सडक, खानेपानी र सञ्चार सुविधा पुगेको क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ जसको कूल संख्या अब १३० पुगेको छ र नगरपालिकामा बसोबास गर्ने जनसंख्या १ करोड १३ लाख भन्दा बढी पुगेको छ। Continue reading “मुलुक पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश”

सिकलसेल प्रकोपके कारण, आदिबासी थारुन्मे त्रास

aiklesss-1

लक्की चौधरी, धनगढी- थारु बहुल क्षेत्रमे हालसम थारुनमेकिल देखापरल सिकलसेल एनिमियाके प्रकोपसे थारु समुदाय त्रासमे रहल थारु अगुवाहुक्रे बतैले बातैं । थारु कल्याणकारिणीसभा ओ थारु नागरिक समाजके संयुक्त अगुवाईमे मंगरके यहाँ आयोजित छलफल कार्यक्रममे उहाँहुक्रे त्रासके चिन्ता व्यक्त करल रहैं । नेपाल पत्रकार महासंघके केन्द्रीय सदस्य तथा पत्रकार लक्की चौधरी ओ थारु अगुवा बुन्दीलाल चौधरीके विशेष पहलमे आयोजना हुइल छलफल कार्यक्रममे उपस्थित थारु अगुवाहुक्रे सिकलसेल महामारीके रुपमे देखा पर्लक् ओरसे केन्द्र सरकारहे सुनैना विशेष पहल कैदेना आग्रह कर्लेरहैं । Continue reading “सिकलसेल प्रकोपके कारण, आदिबासी थारुन्मे त्रास”