भाइरल ज्वरोले वीरगन्जमा बिरामी बढ्यो

वीरगन्ज- बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । कमलपित्त रोगको शङ्कामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै ४० जना रोगीलाई कमलपित्त लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । Continue reading “भाइरल ज्वरोले वीरगन्जमा बिरामी बढ्यो”

प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु

चितवन- सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ । दुईदिनअघि नारायणगढको लायन्सचोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात् अचेत बनेपछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । Continue reading “प्रहरी जवान जोशीको रहस्यमय ढङ्गबाट मृत्यु”

स्वास्थ्य सेवा विभागका दश अधिकृतलाई निलम्बन गर्न निर्देशन

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका १० उच्च अधिकारीहरूलाई पेस्कीस्वरुप रकम लिई भ्रष्टाचार गरेको अभियोगमा तत्काल निलम्बन गर्न निर्देशन दिएको छ । आयोगले आज सो मन्त्रालयलाई पत्र लेखी सो निर्देशन दिएको हो । स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारीले आर्थिक वर्ष ०६८-६९ र ०६९-०७० मा कार्यक्रम गर्न भनी पेस्की रकम लिई कार्यक्रम नै नगरी फर्जी बिल पेस गरेको अनुसन्धानबाट खुलेको छ । Continue reading “स्वास्थ्य सेवा विभागका दश अधिकृतलाई निलम्बन गर्न निर्देशन”

चर्चित विधेयक संसदको छलफलमा

काठमाडौँ- चौतर्फी विरोधका कारण चर्चामा रहेको अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल अघि बढाइएको छ । व्यवस्थापिका–संसदमा पेस भइसकेको सो विधेयकले सूचनाको हकलाई सङ्कुचन गर्न खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसनलगायतका सङ्घसंस्थाले बिरोध जनाएपछि कानुन तथा न्याय मन्त्रालयले विधेयकका सम्बन्धमा छलफल अघि बढाएको हो। Continue reading “चर्चित विधेयक संसदको छलफलमा”

प्रबन्ध सञ्चालक घिसिङको पुनःवहालीको माग

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषका कर्मचारी सङ्गठनहरूले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङको पुनःवहालीको माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणका राष्ट्रिय कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी कल्याणकारी परिषद्, कर्मचारी सङ्घ तथा कर्मचारी सञ्चय कोषका नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका प्रतिनिधिले आज यहाँ संयुक्त पत्रकारसम्मेलन गरी कम्पनीका सञ्चालक  घिसिङको सरुवाले परियोजना मासम्पन्न गर्न समस्या आउने भन्दै अविलम्ब पुर्नवहालीको माग गरेका हुन् । Continue reading “प्रबन्ध सञ्चालक घिसिङको पुनःवहालीको माग”

चुरे क्षेत्रको उत्खननले मधेस मरुभूमि हुन्छ : नेता नेपाल

गौर- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खनन्ले मधेसको भू–भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुभयो । Continue reading “चुरे क्षेत्रको उत्खननले मधेस मरुभूमि हुन्छ : नेता नेपाल”

राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्न पाँच दलको आग्रह

काठमाडौँ- एकीकृत नेकपा(माओवादी)सहितका पाँच राजनीतिक दलले राष्ट्रिय हितविपरित भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौता कुनै पनि हालतमा अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ । Continue reading “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्न पाँच दलको आग्रह”

बाघको छालासहित समातिएकालार्ई पाँच वर्षको कैद

चितवन- बाघको छालासहित समातिएका एक अभियुक्तलार्ई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षको कैद फैसला सुनाएको छ । विसं २०६९ साउन १२ मा समातिएका मकवानपुर काँकडा–४ स्थायी घर भई मकवानपुरकै मनहरी–२ नयाँ बस्तीका सीताराम थिङलाई निकुञ्जले सो सजाय तोकेको हो । Continue reading “बाघको छालासहित समातिएकालार्ई पाँच वर्षको कैद”

सिंहदरवार गेटमा प्रहरीबाटै कुटिए हवलदार

Gyan Bdr Chaudhary

काठमाडौं- राजधानीको मुख्य प्रशासनिक ठाउँ मानिने सिंहदरबारभित्रै एक प्रहरी हवलदार प्रहरीबाटै कुटिएका छन्। बर्दिया मोहम्मदपुर-७ जोशीपुरका ज्ञानबहादुर चौधरीलाई आइतबार सिंहदरबार गेटमा बस्ने प्रहरी सहायक निरीक्षक लुमा डाँगी र हवलदार रामबहादुर चन्दले कुटपिट गरेका हुन्। मुगुमा कार्यरत चौधरीले स्वास्थ्य उपचारको रकम भुक्तानीका लागि अर्थमन्त्रालय जाने क्रममा आफ्नै समकक्षीबाट कुटिएका हुन्। टाउको र आँखामा गम्भिर चोट लागेको चौधरीको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। Continue reading “सिंहदरवार गेटमा प्रहरीबाटै कुटिए हवलदार”

मारियो गोएट्जको सहयोग कमलरी शिक्षामा

mario goeetze

काठमाडौं- हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक ‘हिरो’ बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन। Continue reading “मारियो गोएट्जको सहयोग कमलरी शिक्षामा”