स्वतन्त्रता खोज्दै ‘हेड्डा’, हेड्डा’ अर्थात सरस्वती

Hedda play (2)

भाषा शर्मा- नेपाली रंगमञ्चमा विदेशी भाषाका नाटक अनुवाद गरेर प्रदर्शन भइरहेछन्। मौलिक नाटक नभएर भने होइन। विदेशी साहित्य अलिक मन छुने हुनाले अनुवाद गरिएको बताउँछन् ‘हेड्डा ग्याब्लर’का निर्देशक प्रवीण खतिवडा। ‘नेपाली भाषामा लेखिएका नाटक प्रदर्शनका लागि त्यति चित्त बुझ्दो हुँदैन,’ उनी भन्छन्, ‘नेपाली कथा प्रशस्तै छन्। नाटकमा पर्फमेन्स गर्न अप्ठेरो हुने खालका छन्।’ लगत्तै नेपाली नाटकको तयारीमा लाग्ने दाबि उनले गरे। Continue reading “स्वतन्त्रता खोज्दै ‘हेड्डा’, हेड्डा’ अर्थात सरस्वती”

भग्नावशेष सम्याउँदै उरहरी मोतीपुरका विस्थापित

  Motipur-2

देवेन्द्र बस्नेत, दाङ- आकाशमा बादल मडारिनै हुन्न, उरहरी मोतीपुरका खुइता चौधरीको मुहार अँध्यारिन थालिहाल्छ। छेउको बबई सुसाउँदै झन् नजिक आएझैं लाग्छ। रातभरि जागै बस्छन्। सिमसिमे पानी परे मात्रै पनि तीन जनाको परिवार डाँडातिर लागिहाल्छ। Continue reading “भग्नावशेष सम्याउँदै उरहरी मोतीपुरका विस्थापित”

बाढी पीडितका लागि थारु इन्जिनियरिङ एसोसिएसनको २४ हजार सहयोग

Help Flooding-5

काठमाौं- थारु इन्जिनियरीङ एसोसिएसनका पदधिकारीले २४ हजार ५ रुपियाँ राहत संकलन अभियानका युवाहरुलाई हस्तान्तरण गरेका छन्। नाइटिङ्गेल स्कुलमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष विद्यानन्द चौधरी र सदस्य उमेश चौधरीले नगद र जिन्दी सामान हस्तान्तरण गरेका हुन्। Continue reading “बाढी पीडितका लागि थारु इन्जिनियरिङ एसोसिएसनको २४ हजार सहयोग”

‘कल्याणी’द्वारा बाढीपिडितलाई एक लाखको सामान सहयोग

Help Flooding-2

काठमाडौं- थारु युवाहरुले सञ्चलन गरेको ‘राहत संकलन अभियान’मा ‘कल्याणी’नामक संस्थाले एक लाख बराबरको सामान हस्तान्तरण गरेको छ। कल्याणीका आदिती शर्मा र नेहा मान्नधर र अलिसा श्रेष्ठले बिहीबार राहत संकलन अभियानका अभियानकर्ता मदन चौधरीलाई सामान हस्तान्तरण गरेका हुन्। कल्याणीले चाउचाउ, विस्कुट, कपडा, ब्लाङ्केट, जीवनजल, पानी शुद्धीकरण गर्ने पियुसको झोल, जुत्ता, बाल्टिनलगायतका सामान हस्तान्तरण गरेको हो। कल्याणीले नगद पाँच हजारसमेत सहयोग गरेको छ। Continue reading “‘कल्याणी’द्वारा बाढीपिडितलाई एक लाखको सामान सहयोग”

आज हरितालिका तीज

dancing teej shooting 02

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्। Continue reading “आज हरितालिका तीज”

प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि विधायन समितिमा गंगा चौधरी निर्विरोध

Oath of Office

संविधानसभा निर्वाचनको साढे नौ महिना पछि संसदीय समितिहरूले नेतृत्व पाएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङले बुधबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको सपथ गराए । दलीय भागवण्डा अनुसार कांग्रेस र एमालेले ४/४, प्रतिपक्ष एमाओवादीले २ (लेखामा पहिलेनै निर्वाचित), राप्रपा नेपाल, मधेशी दलहरू र साना दलबाट एक/एक सभापति चुनिएका हुन् । नेम्वाङ्गले शुक्रबार विहान संसदीय समितिका सभापतिहरुको संयुक्त बैठक डाकेका छन् । Continue reading “प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि विधायन समितिमा गंगा चौधरी निर्विरोध”

वातावरण संरक्षण सभापतिमा जनकराज चौधरी सर्वसम्मत

जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)
जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)

काठमाडौं- व्यवस्थापिका–संसद्का १२ समितिका सभापतिमध्ये ११समितिमा सर्वसम्मति भएको छ। संसद् सचिवालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार अर्थमा प्रकाश ज्वाला, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रममा प्रभु साह, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धमा भीष्मराज आङ्दम्बे र सामाजिक न्याय तथा मानव अधिकार समितिमा सुशीलकुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ। Continue reading “वातावरण संरक्षण सभापतिमा जनकराज चौधरी सर्वसम्मत”

यस्तै हो भने माघमा संविधान असम्भव : गच्छदार

Bijay Gachhdar

काठमाडौं- संसद बैठकमा बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले २६ सभासद मनोनयमा गरिएको भागवण्डामा चित्त नबुझेको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘कांग्रेस एमालेले धेरै सिट लिन खोजे, हामीलाई थोरै सिट दिन खोजे।’ गच्छदारले सदनमा राखेको विचार संक्षेपमा: Continue reading “यस्तै हो भने माघमा संविधान असम्भव : गच्छदार”

‘पहिचान’ स्वयंले पहिचान गुमाउँदैछ

तस्बिर : चन्द्रशेखर कार्की/नागरिक दैनिक
तस्बिर : चन्द्रशेखर कार्की/नागरिक दैनिक

राजकुमार लेखी- काम विशेषले प्रधानमन्त्री सुशिल कोइरालासँग भेट्न गइयो। प्रसंग थियो थारु कल्याणकारिणी सभाको असोजमा झापामा हुने महाधिवेशनका लागि निमन्त्रणा। उहाँले आफू चाँडै स्वस्थ हुने र असोजमा सजिलै महाधिवेशनमा आउने वचन दिनुभयो। यसो भन्दा उहाँमा पूर्ण आत्मविश्वाश झल्कन्थ्यो। कुराकानीका क्रममा उहाँले सडक आन्दोलन चर्काेसँग गर्न नहुने बताउनुभयो। खासगरि मलाइ इंगित गर्दै उहाँले सडक आन्दोलनले संविधान निर्माणको बातावरण विथोलिन्छ भन्नुभयो। मैले भने, ‘आन्दोलन हुने वातावरण नै बन्न नदिनुस्।’ मेरो यो पनि आग्रह थियो, ‘संविधान त बन्छ तर जल्छ पनि, जल्ने खालको संविधान नबनाउनुस्।’ Continue reading “‘पहिचान’ स्वयंले पहिचान गुमाउँदैछ”