भलिबल टोलीमा चार थारु युवती छनौट

Sarswoti And Nebika Chaudhary
सरस्वती चौधरी (बीच) र नेविका चौधरी (दाँया)

काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका लागि दुई टोली छनोट गरिसकेको बताए। नेपालले भदौ १९, २० र २२ गते राखेप कभर्ड हलमा मैत्रीपूर्ण खेल खेल्नेछ। माल्दिभ्स टोली बुधबार नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ। Continue reading “भलिबल टोलीमा चार थारु युवती छनौट”

राहत संकलन अभियानमा साढे दुई लाख जम्मा (नामावलीसहित)

banner

राहत संकलन अभियानमा हालसम्म दुई लाख ८४ हजार ८३ रुपियाँ  संकलन भएको छ। थारु युवा सम्बद्ध संस्थाहरु र थारुवान डटकम, थारु कम्युनिटीको पहलमा सुरु भएको ‘राहत संकलन अभियान’मा विभिन्न संस्था र ब्यक्तिले नगद/जिन्सी सहयोग गरेका हुन्। जसअन्तर्गत् कल्याणी नामक संस्थाले एक लाख बराबरको सामान सहयो गरेको छ। त्यस्तै थारू एराउन्ड दी वर्ल्ड अमेरिका च्याप्टरका भोजेन्द्र चौधरीमार्फत् ६३ हजार ९ सय ४९ रुपियाँ संकलन भएको छ। सोम नारायण थनेत (थारु एरान्ड दी वर्ल्ड- बेल्जियम च्याप्टर)बाट २५ हजार सहयोग गरेका छन्। आयरल्यान्डबाट रामाकान्त चौधरीले ११ हजार ९ सय ३८ रुपियाँ सहयोग गरेका छन्। Continue reading “राहत संकलन अभियानमा साढे दुई लाख जम्मा (नामावलीसहित)”

थारु जातिको अँट्वारी पर्वबारे एक चर्चा

Chabilal Kopilaछविलाल कोपिला– अँटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । अँट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ । जे जस्तो भएपनि अँट्वारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई अँट्वारी मान्ने चलन छ । तर अँट्वारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ ।  Continue reading “थारु जातिको अँट्वारी पर्वबारे एक चर्चा”

राज्यबाट उपेक्षित थारु समुदायको अट्वारी

santosh dahitसन्तोष दहित– नेपालको आदिवासीको रुपमा चिनिने थारु समुदायले दोस्रो पर्व अर्थात् बर्का अट्वारी आज धुमधामका साथ मनाउँदैछन्। प्रत्येक वर्ष कृष्ण अष्टमी (अष्टिमकी) को दोस्रो आइतवार अर्थात भाद्र महिनाको कुशे औंसीको पछिको आइतबार थारु समुदायले बर्का अट्वारी पर्व मनाउँदै आएका छन् । Continue reading “राज्यबाट उपेक्षित थारु समुदायको अट्वारी”

सबैको अपनत्वको संविधान खाँचो छ : थारु अगुवा

pyarelal rana tharu

काठमाडौं- निर्धारित समयभित्र नयाँ संविधान बनाई त्यसमा आदिवासी थारुसहित सबै वर्ग, समुदायको अधिकार सुनिश्चित् गर्नसकेमात्र देशले निकास पाउने थारु अगुवाहरुले बताएका छन्। थारु पत्रकार संघ, नेपालको तेस्रो वार्षिक साधारणसभामा शनिबार बोल्दै थारु अगुवाहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधान सबैको अपनत्वबोध गर्ने संविधान सावित हुनसके सोपछिको समयलाई आर्थिक समृद्धि तथा विकासका निम्ति सदुपयोग गर्न सहज हुने उनीहरुको तर्क छ। Continue reading “सबैको अपनत्वको संविधान खाँचो छ : थारु अगुवा”

संघर्षको जित

Chankhi-chaudaey

ठाकुरसिंह थारु- २०५९ कात्तिक ९ गतेको बिहान बाँकेको महादेवपुरी-५, ढकेरीकी चंखी चौधरीलाई नखाएको विष लाग्यो । छेमेकी कमल गिरीको घरपालुवा पशु मर्‍यो । चंखीलाई बोक्सीको आरोप लगाए र कुटपिट गरे । गाउँले पनि उल्टै गिरीतिरै लागे । पञ्च बसेर पनि उनलाई नै दोषी देखायो । गाउँ निकाला गर्न खोज्यो । Continue reading “संघर्षको जित”