सहकर्मीसँग विवाह बन्धनमा बाँधिए सरस्वती चौधरी

Sarwati Chaudhary Weds Prabin Khatiwada-7

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा, मायादेबीको सपना, ताराबाजी लैलै र बुख्याँचासहित डेढ दर्जन नाटक खेलेकी छन्। Continue reading “सहकर्मीसँग विवाह बन्धनमा बाँधिए सरस्वती चौधरी”

जातीय मुक्तिका लागि माघ ८ मै संविधान

Radheshyam Chaudharyराधेश्याम चौधरी- नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभेषभुषा भएको स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो। विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र भेषभुषाहरु यसका गहना हुन्। तर यहाँका शासक वर्गहरु यसलाई गहनाको रुपमा कहिल्यै स्वीकारेनन्। नेपाल भौगोलिकरुपमा एकीकरण भए पनि विभिन्न जाति, वर्ग, लिंग र क्षेत्रबीच आत्मिय र भावनात्मकरुपमा कहिल्यै एकीकरण गर्ने प्रयास गरिएन। नेपालको केन्द्रीकृत र एकात्मक राज्य ब्यवस्थाका कारण राज्यको हरेक निकायमा सदियौंदेखि एकल जातिको प्रभुत्व, विभेदकारी नीति तथा शासन ब्यवस्थाले गर्दा जातीय शोषण, दमन र विभेद् भइरहेको छ। यसैले नेपालका बहुसंख्यक धरतिपुत्र थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, महिला, पिछडावर्ग आदि राज्यको मूल प्रवाहबाट पाखा लगाइएका छन्।  Continue reading “जातीय मुक्तिका लागि माघ ८ मै संविधान”

पीडा भुलाउन मघौटा नाचे विस्थापि

Maghauta

दवेन्द्र बस्नेत, दाङ- मोतीपुरकी निर्मला खत्रीका लागि बाढीको पीडा भुलाउने गतिलो अवसर बन्यो, माघी पर्व। अघिल्ला माघी सामान्य टीकाटालो र खानपिनमा मात्रै सीमित हुन्थे। तर, यसपालि उनी गाउँगाउँ नाच्दै हिँडिन्, थारु नाच ‘मघौटा’। उनी थारू समुदायकी होइनन् तर थारू महिलासँग मिलेर भाका हालिन्– सखी हे…। ‘एक्लै घर बस्दा मन पिरो हुन्छ,’ उनले भनिन्, ‘मन शान्त पार्न नाच्दै हिँडेकी हुँ, नाचेपछि हल्का पनि भयो।’

पोहोर ठूलो घरमा भित्रिएको माघी यसपालि त्रिपालको ओतभित्र भित्याउनु बाध्यता बन्यो। साउन अन्तिमको बाढीले घरको नामोनिसानै रहेन। त्रिपालभित्रै सही, बिहीबार बिहान निर्मलाले ५ सन्तानलाई टीका लगाइदिइन्। गच्छेअनुसार उनीहरूको मुख मिठो पारिदिइन्। तर, यो क्षणिक खुसी थियो। मूल चिन्ता त गलाको पासो बनिरहेकै छ– ‘गाँसबास कसरी जुटाउने?’ उपाय केही सुझेन। अनि लागिन्, मादल घन्काउँदै मघौटा नाच्न हिँडेका आफूजस्तै पीडितको समूहतिर।

मोतीपुरका बाढीपीडितले यसपालिको माघीमा सामूहिक मघौटा नाचेका छन्। जसमा थारुबाहेक समुदायका व्यक्तिको पनि उल्लेख्य सहभागिता रह्यो। प्रायको बहाना एउटै थियो– बाढीले पोलिरहेको मनको डाह शान्त पार्ने। तिनैमध्येका हुन्, यज्ञबहादुर केसी पनि। उनी पाँच दिनसम्म यसै गरी नाच्ने तयारीमा छन्। उनले भने, ‘पीडाले सबैलाई उसै गरी पोल्छ, समुदायको कुनै विभेद छैन। त्यसैले सबै एकै ठाउँ मिसिएर नाचेका हौं।’ ७४ विस्थापित परिवार रहेको मोतीपुरमा झन्डै ६५ परिवार थारूका छन्। बाँकी अन्य समुदायका । तर, माघी सबैका लागि मल्हम बनेर आयो यसपालि। दुःखसुख साटासाट गर्ने अवसरसमेत बनेको छ यो। ‘आआफ्ना सुखदुःखका कुरा गर्न पाउँदा पनि मन शान्त हुन्छ,’ केसीले भने।

धनवीर चौधरी यसअघिका माघीमा कहिल्यै नाचेनन्। उनलाई सोख नै थिएन। तर, यसपालि उनी आफैं समूहको संयोजक बनेर नाच चलाइरहेछन्। ‘नाचगानमा त्यति मनै लाग्दैनथ्यो,’ उनले विगत सम्भि्कए, ‘यसपालि मन शीतल पार्ने बहाना यही बनेको छ। त्यसैले आफैं कस्सिएको छ।’ बाढीले थुप्रै उल्झनमा पारेर गयो उनको जिन्दगी। झन्पछि झन् बल्झँदै गएका छन् समस्या। ‘केही गरे मन शान्त हुँदैन,’ उनले भने, ‘यता समस्या उता समस्या, जताततै समस्या मात्रै ।’

विस्थापितहरूलाई थाहा छ– यसपालि उनीहरूको संसारै बदलिइसकेको छ। धनवीरको एकतले घर थियो, अहिले बाँस गाडेर बनाइएको टहरो। तर, माघीको तयारी उत्तिकै रौनकपूर्वक गरे । घैँटाभरि जाँड, फालुन्जेल सुँगुरको मासु। त्यसैले विस्थापितै भए पनि दुई छोराछोरीको मुहारमा पोहोरको माघीभन्दा कम चमक थिएन। ‘तर, खानपिनले मात्रै मन शान्त हुँदो रहेनछ,’ धनवीर भन्छन्, ‘त्यसैले नाचगान गर्ने सोच बन्यो।’

विस्थापितले थारुनाचबाट संकलित रकम गाउँकै विकास निर्माणमा खर्चने तयारी गरेका छन्। ‘नाचबाट उठेको रकम समाजसेवामा लगाउँछौं,’ मोतीपुरमा गठित विस्थापित सरोकार समिति अध्यक्षसमेत रहेका धनवीरले भने, ‘बाढीले धेरै ठाउँमा भौतिक क्षति पुर्यााएको छ, तिनै ठाउँमा पैसा खर्चन्छौं।’ यसअघि तिहारमा देउसीभैलोबाट संकलित २० हजार रुपैयाँ उनीहरूले गाउँको सरसफाइमा खर्च गरेका छन्। बस्तीका २० ठाउँमा कन्टेनर राखेका छन्। ‘अब कसैले पनि जथाभाबी फोहर फाल्दैन,’ धनवीरले भने, ‘सबै फोहर कन्टेनरमै जम्मा हुन्छ।’

नागरिक दैनिकबाट साभार

माघीसँगै वर्षभरिका योजना बुन्दै थारु समुदाय

Maghi_tharu

देवेन्द्र बस्नेत, दाङ- ६ महिनाअघि लालमटियाका स्यानु चौधरीका नाति राजेशको विवाहको कुरा चल्यो। राजेशको विवाह तत्कालै गरिदिन परिवारका सदस्य एकमत भए। ५६ वर्षीय स्यानुले परिवारको प्रस्ताव सजिलै स्विकारेनन्। गाउँका महतवा (अगुवा) सँग अनुमति मागे। महतवाले ‘हाम्रो संस्कारअनुसार अहिले बिहे गर्न मिल्दैन, बाँकी तिम्रो मर्जी’ भनिदिए। Continue reading “माघीसँगै वर्षभरिका योजना बुन्दै थारु समुदाय”

माघीमय थारू गाउँ

Maghi_banke

बाँके- पश्चिम तराईका थारू गाउँमा बुधबार बिहानैदेखि माघीको चहलपहल सुरु भएको छ । गीतसंगीतले गाउँ गुन्जिएका छन् । ‘सखियै हो माघीका गुरीगुरी जाँर…’ गीतमा सबै झुमिरहेको देखिन्छ । बिहानैदेखि जिता मारिएका छन् । मासुका परिकारका लागि सँुगर, खसी, कुखुरा मार्नेलाई जिता भनिन्छ । लहेंगा र चोलियामा किशोरी सजिएका छन् । बच्चादेखि वृद्धाहरू झुम र सखिया नाचमा रमाइरहेका छन् । गाउँगाउँमा माघी मेला देखिन्छ । मेलामा सयौंको भीड लागेको छ । शुभकामना आदानप्रदान चलिरहेका छन् । यो क्रम बिहीबार दिनभर चल्नेछ । एक वर्षका लागि गाउँका अगुवा (बडघर) छान्ने तयारी भइरहेका छन् । प्रतिस्पर्धाका लागि बडघर आफ्नो माहोल बनाउन लागेका छन् ।  Continue reading “माघीमय थारू गाउँ”