थारू समाचार
सरकारी वकिलमा नाम निकाल्ने थारू समुदायका चार जना सम्मानित
नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहअन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृतमा नाम निकाल्न सफल चार जना सम्मानित भएका छन्। थारू विद्यार्थी समाज केन्द्री कमिटीले उनीहरूलाई शनिबार सम्मान गरेको हो।
थारूवानअमेरिकामा पनि अस्टिम्की पर्व मनाउने भएको छ। चम्पन सांस्कृतिक समूहले अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की मनाउन लागेको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाउ लागिएको संयोजकसमेत रहेका चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। उनीसँगै चम्पनका कलाकारद्वय करिश्मा चौधरी र दिव्या चौधरीको पनि सहभागिता रहनेछ।
थारूवानराजकरण महतो/अन्नपूर्ण पोस्ट् महोत्तरीको भंगहा-४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास-रौजा-जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ...
थारूवानकञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा आइतबार मृत्यु भएको छ । पत्थरीको अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए । हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा उक्त घटना...
थारूवानसंघीय संसदका समितिका सभापति थारूविहीन हुने भएको छ। यसअघि प्राकृति स्रोतसाधन समितिमा एमालेबाट शान्ता चौधरी र विधायन समितिमा तत्कालीन थरुहट तराई पार्टीबाट गंगा चौधरी सत्गौंवा सभापति बनेका थिए। तर प्रतिनिधिसभामा १४ जना थारू सांसदको प्रतिनिधित्व रहे पनि समितिमा भने कुनै पनि दलले थारू सांसदलाई सभापति बनाएनन्। नागरिक उन्मुक्ति पार्टी...
थारूवान
चीनको आर्थिक चुनौती बढ्दो