थरुहट राज्यको ग्यारेन्टी गर्न माग : धनिराम चौधरी

tha.ka sa picकमला चौधरी– थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशसहित थरुहट राज्यको ग्यारेन्टी गर्न माग गरेको छ । नेपालमा सदियौदेखि तराईमा बसोबास गर्दै आइरहेका थारु समुदायको पहिचान मेटाउन मधेशको नाममा चलखेल भइरहेको भन्दै आफुहरुलाई कुनै पनि हालतमा थरुहट प्रदेश चाहिने सभाले जनाएको छ । Continue reading “थरुहट राज्यको ग्यारेन्टी गर्न माग : धनिराम चौधरी”

थारु आमाका सन्तान थिए पृथ्बीनारायण शाह…!

Manoj Tharuमनोज थारु- थारूको इतिहास नेपालमा परापूर्वकालदेखि नै छ। आफ्नो इतिहास थाहानपएर उनीहरूको अस्तिवमाथि खेलवाड गरिएको छ। हजारौं वर्ष पहिलेका थारू राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारू राजाको दरबारहरूको भग्यावेशले सर्वसत्य थारूको इतिहासलाई प्रमाणित गर्छ कि उनीहरूको इतिहास कति पुरानो छ।

नेपाललाई एकीकरण गर्ने श्री ५ पृथ्वी नारायण शाहकी आमा र स्वास्नी थारू सामुदायको हुन् भन्दा विश्वास नलाग्ला तर सत्यता त्यही नै हो। पाल्पाका राजकुमार खमराज सेनको छोरी कैशल्यवाती र मकवानपुरका राजकुमार हेमकर्णको छोरी इन्द्रकुमारी थारू सामुदायबाट हुनुहुन्थो। यसमा कुनै दुई मत नहोला। जुन सत्य तथ्यपूर्ण छ। जुन कुरालाई थारू माहन् लेखक सुबोध कुमार सिंहले आफ्नो ‘the return of the mauryas” ra “tharu samudayaka mahan saputharu shakyamuni buddha ra samrat ashok’ मार्फत् जोडदारले समर्थन गरेका छन्।

सुरूवात ‘सेन’ शब्दबाट गरौं। के ‘सेन’ र ‘थारू’ शब्दको अर्थ एउटै हो त? सेन शब्दको अर्थ नै थारू हो भनेर दसौं शताब्दीको ऐतिहासिक दास्तवेजहरूले प्रमाणित गरिसकेको छ। तर नेपाली इतिहासकारहरूले यस तथ्यलाई लुकाएका छन्। थारू र सेनबीचको सम्बन्ध कही कतै उल्लेख गरेका छैनन्। सेनहरू सर्वप्रथम थारू प्रमुखहरूको रेखदेखमा हुर्कैका थिए। किनकि उनीहरू थारू प्रमुखहरूकै सन्तान थिए। अनि अर्को कुरा, जसरी मगर राजाहरूले शाह ‘टाइटल’ लिएर आफूलाई राजपूत, ठाकुरी भन्थे त्यसरी नै थारू राजाहरूले सेन ‘टाइटल’ लिएर आफूलाई राजपूत भन्थे र आफ्नो सामुदायबाट अलग देखाउन चहान्थे। तसर्थ यी कुराले पुष्टि गर्छ कि सेन र थारू पर्यावची शब्द हुन्।

पाल्पाका राजकुमार खमराज सेनको छोरी कैशल्यवाती र चन्द्रप्रभावाती एउटै आमाको कोखबाट जन्मेको हुन्। कौशल्यवातीबाट पृथ्वी नारायण शाहको जन्म भएको हो। अब यसको यथार्थमा जाउँ- विशेष गरी थारू युवतीहरूको नाम धेरै जासो ‘वाती’मा समाप्त हुन्छ। जास्तै कलावाती, कैशल्यवाती आदि। पाहडी सामुदायले ‘वाती’ प्रयोग गरेको देखिँदैन। त्यस्तै सम्राट आशोकको छोरीको नाम चुरामती हो। जुन कुरा चुरामती बिहारमा लेखिएको छ। थारू समुदायले दुवै ‘वाती’ र ‘मती’ नामको पछाडि प्रयोग गर्छन्। तसर्थ यो कुराले पनि पुष्टि गर्छ कैशल्लवाती थारू सामुदायकै हुन्।

Prithvi Narayan Shah

पृथ्वी नारायण शाहले माकवानपुरका राजा हेमकर्ण सेनको छोरी इन्द्रकुमारीसँग विवाह भएको थियो। विवाहलगत्तै पृथ्वी नारायणले स्वास्नी लिन जाँदा हेमकर्णले आफ्नो छोरीलाई पृथ्वीनारायणसँग पठाएनन् र केही वर्षपछि लिन आउनु भनेर खाली हात फिर्ता गर्छन्। यो वैवाहिक संस्कार थारू जातिको हो। यसलाई ‘दूरागमान’ र ‘चमपरन’तिर थारूहरूले गावना भन्छन्। थारू सामुदायमा गावनापछि मात्र छोरीलाई पठाउने चालन छ। यो प्रथा अन्य जातिमा पाइँदैन्। र, अर्को महत्वपूर्ण कुरा, थारू सामुदायको महान् पर्व ‘माघी’ हो। यो पर्वलाई थारूहरूले नयाँ वर्षको रूपमा मनाउने गर्छन्। नयाँ कामको थलनी यसै दिनबाट सुरू हुन्छ। यही पर्वलाई लक्षित गरी माकवानपुरका राजा हेमकर्णले पृथ्वीनारायण शाहलाई आफ्नो श्रीमती लिन भनी बोलएका थिए।

तराईका सेन राजाहरूले कहिले पनि सत्ती प्रथा अङ्गालेनन् जसरी राजपूतहरूले अङ्गालेका थिए। किनभने थारू जातिमा सत्ती प्रथा छैन र थिएन। उदाहरणको लागि कान्तिवटी पाल्पाली राजकुमारी विधवा थिइन्। तर उनी मारेको श्रीमानको चितामा हामफालेर मरिनन् किनभने यो प्रथा सेन थारूमा छैन।

गोरखा दरबारको दास्तवेजहारूमा थारू संस्कारमा प्रयोग हुने शब्दहरू लेखिएको छ। जास्तै- मेजबानी र चिउमोन। यी दुबै शब्द पूवर्ली थारू भाषामा प्रयोग हुन्छन्। मेजबानीको अर्थ पाहुना बस्नु बुझाउँछ भने चिउमोन शब्द विहेसँग सम्बन्धित छ। जहाँ बिहेमा वा शुभकार्यमा टीका लगाउँदै पैसा वा जिन्सी सामान दिने गरिन्छ। अखिर गोरखा दरबारमा किन लेखियो थारू संस्कारमा प्रयोग हुने शब्दहरू। किन लेखिएन गुरूङ, मगर, लिम्बु इत्यादि जातिका शब्दहरू। त्यसैले कैशल्यवाती र इन्द्रकुमारी थारू नभएको भए गोरखा दरबारमा यी शब्दहरू पक्कै लेखदैन्थे होला। त्यसकारण यी दुबै शब्दले पनि पुष्टि गर्छ कि उहाँहरू थारू नै थिए। थारूको इतिहास गोरखा दरबारमा लेखिसकिएको छ। यसलाई कसैले मान्दैन भने खण्डन गर्नुपर्‍यो।

हामीले आफ्नो पहिचानलाई बिर्सन साक्दैनौं र कुनै शासकले पनि विनाश गर्न साक्दैन। किनभने यो नै हाम्रो पहिचान हो। हाम्रो इतिहास हो। हामी सानोदेखि जति पढ्छौं अन्त्यमा गएर सबै बिर्सन्छौं। तर आफ्नो संस्कार र इतिहास किहल्यै बिर्सदैनौं। त्यसले थारूहरूको इतिहास हेर्ने हो भने सेन राजासँग प्रास्टरूपमा जोडिदिन्छ।
लेखक बैंगलोरमा स्नातक तहमा अध्ययनरत छन्।

यस्तो थियो २२ दलीय गठबन्धनको चियापान (फोटो फिचर)

22 Morcha Tea Reception

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताले सहमतिमा नै आगामी माघ ८ गतेभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुने प्रतिबद्धता जनाएका छन्। एकीकृत नेकपा (माओवादी)समेतको २२ दलीय मोर्चाले दसैं, तिहार, नेपाल संवत्, छठलगायत विभिन्न राष्ट्रिय पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेताले सहमतिमा नै संविधान लेखन प्रक्रियाले पूर्णता पाउने विश्वास व्यक्त गरे।
प्रमुख राजनीतिक दलबीच बाह्र बुँदे सहमतिबाट सुरु भएको सहकार्यको राजनीति नै मुलुकका लागि अपरिहार्य भएको उल्लेख गर्दै उनीहरूले हाल देखिएको असहमति पनि सहमतिमा रुपान्तरण हुने धारणा राखे।

22 Morcha Tea Reception
फरक फरक राजनीतिक दर्शन र सिद्धान्तमा आधारित भएर राजनीति गरेको भए पनि मुलुकको समग्र हित र प्रतिष्ठाका लागि पनि सहकार्य, सहमति र एकताको विकल्प नभएको उनीहरूको भनाइ थियो।

चियापान समारोहमा उपस्थित प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने गरी प्रक्रिया अगाडि बढिरहेको बताए। संविधान निर्माण प्रक्रियामा सहमति, सहकार्य र एकताको विकल्प नभएकामा जोड दिँदै प्रधानमन्त्रीले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सङ्घीयतासहितको संविधान जारी हुने विश्वास व्यक्त गरे।

22 Morcha Tea Reception

नेपाली कांग्रेसका सभापतिसमेत रहेका कोइरालाले भने, ‘दलीयभन्दा पनि सहमतिको संविधान जारी हुनेछ।’ संविधानसभाका विभिन्न समितिले आफ्नो कार्यक्षेत्रानुसार काम गरिरहेको, दलबीच निरन्तर संवाद जारी रहेको, सरोकार भएका विभिन्न निकायसँग पनि छलफल जारी रहेको प्रसङ्ग जोड्दै प्रधानमन्त्री कोइरालाले भने, ‘हाम्रो र राम्रो संविधान जारी गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सबै राजनीतिक दल तयार छौं, त्यसमा सबैको सकारात्मक सहयोगको आवश्यकता छ।’

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा समानुपातिक प्रतिनिधित्वबाट कुनै पनि राजनीतिक दल पछाडि फर्कन नसक्ने बताउँदै समतामूलक समाज निर्माणको आधार नयाँ संविधानले दिने विश्वास व्यक्त गरे।
सबै वर्ग, क्षेत्र, तह तथा तप्कालाई अधिकारसम्पन्न बनाउने महाअभियानमा कोही कसैले पनि तलमाथि गर्न नसक्ने धारणा राख्दै नेता नेपालले भने, ‘पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचना गरिन्छ, महिला, मधेसी, जनजाति सबैलाई अधिकार सम्पन्न बनाइन्छ।’

22 Parties Tea Reception

‘सबै राजनीतिक दलले दृढ इच्छाशक्ति राख्ने हो र मुलुकको भविष्य तथा जनताको चाहनालाई आत्मसात् गर्ने हो भने माघ ८ गतेभित्र संविधान जारी हुन्छ,’ उनले भने।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतका सहमति र सम्झौतालाई मात्रै मनन गर्ने हो भने संविधान लेखन प्रक्रियामा कुनै पनि जटिलता उत्पन्न नहुने धारणा राखे। शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहकार्य र एकताको जरुरी रहेको बताउँदै उनले भने, ‘सबैले त्याग गर्ने हो भने जनताका सामु गरेको प्रतिबद्धताअनुसार नै माघ ८ गते संविधान जारी हुनेछ।’ 

22 Parties Tea Reception

सबैलाई अधिकार दिनुपर्छ भन्ने मान्यता राख्ने र विगतको प्रतिबद्धतालाई आत्मसात् गर्ने हो भने संविधान निर्माणमा देखिएका जटिलता क्षणभरमा नै हल हुने उनको कथन थियो। आफ्नो दल र २२ दलीय मोर्चा संविधान निर्माण प्रक्रियामा हदैसम्मको लचकता अपनाउन तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेता एवं सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल, नेकपा(माले)का महासचिव सिपी मैनाली, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायत विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोग, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारवादीको सहभागिता थियो। रासस
तस्बिर :कुमार श्रेष्ठ/रासस

छठ पर्व सुरु

फाइल तस्बिर
फाइल तस्बिर

हिन्दूहरुको महान् पर्व छठ आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व महोत्तरीलगायत मिथिलाञ्चलभरि आजदेखि सुरु भएको छ। छठ पर्व राजधानीलगायत तराईका जिल्लाहरुमा नदी/पोखरी किनारमा धार्मिक विधिपूर्वक रुपमा मनाउने चलन छ। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। Continue reading “छठ पर्व सुरु”

नाममात्रको संघीयता काम छैन : सोगतविर चौधरी

sogtbir chaudhary

सन्तोष दहित, दाङ- थारु बुद्धिजीबी तथा राजीनीतिक विश्लेषक सोगतविर चौधरीले नाममात्रको संघीयता काम नभएको बताएका छन्। दाङको तुलसीपुरमा थारु आदिवासी गैरसरकारी संस्थाले अयोजना गरेको संघीयता/प्रादेशिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिचान र अधिकारसहितको संघीयता बनेमात्र संघीयताको काम भएको बताए। उनले भने, ‘देशमा लोकतन्त्र आइसकेको छ, तर अझै पनि नेपालका लाखौं जनताले त्यसको महसुस गर्न पाएका छैनन्। साँच्चिकै उनीहरुलाई लोकतन्त्रको आभास दिने हो भने राजनीतिक अधिकारको निर्णय गर्न पाउने संघीयता निर्माण गर्नुपर्छ।’ Continue reading “नाममात्रको संघीयता काम छैन : सोगतविर चौधरी”

गच्छदारले भने- ‘थरुहट प्रदेश हुनुपर्छ’

Bijay Gachhadarविराटनगर- मधेसी जनाधिकार फोरम( लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नवलपरासीदेखि कैलाली जिल्लासम्मको तराईको भूभागलाई थरुहट प्रदेश नामाकरण गर्नुपर्ने बताएका छन्। Continue reading “गच्छदारले भने- ‘थरुहट प्रदेश हुनुपर्छ’”

सिंगापुरिवरुद्ध नेपालको सानदार जित

asdfasdआइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपालले सिंगापुरविरुद्ध १ सय ९० रनको सानदार जित हासिल गरेको छ। मलेसियाको केलाङस्थित वायुवास खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनायो। Continue reading “सिंगापुरिवरुद्ध नेपालको सानदार जित”

सुखराइत अर्थात् तिहार

Bagyaशंकर चौधरी

परिचयः सुखराइत थारुको एक प्रमुख चाड हो। लुनार क्यालेन्डर अनुसार यो चाड दशीया (दशैं, विजया दशमी, बडा दशैं, दसहरा, दशमी) पछि लगतै आउने कार्तिक महिनाको औंसी (New Moon ) देखि सुरु भई लगातार ३ दिन सम्म धुमधाम मनाइन्छन्। यो चाडको प्रमुख विशेषता नै रातभरि बती/ दियो/ मैनबती (क्यान्डल) झिलिमिलि बाल्ने रहेको छ। Continue reading “सुखराइत अर्थात् तिहार”

लेखीको दाबी- ‘गोकर्ण रिसोर्टमा विदेशी प्रतिनिधिको पनि सहभागिता छ’

Tharu Protest at gokarna resort-4

तीन दलको गोप्य वैठकमा विदेशी प्रतिनिधिहरु पनि संलग्न भएको आशंका एकथरि नेताहरुले व्यक्त गरेका छन्। उनीहरुले विदेशी सहित वार्ता गरेको हुनाले नै सिंहदरबारमा हुने गरेको वैठक एकान्तमा रहेको गोकर्ण रिसोर्टमा सारिएको आरोप लगाएका छन्। यस्तो आरोप राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले लगाएका हुन्। Continue reading “लेखीको दाबी- ‘गोकर्ण रिसोर्टमा विदेशी प्रतिनिधिको पनि सहभागिता छ’”

गोकर्ण रिसोर्ट अगाडि थाकसले विरोध प्रदर्शन गर्ने

मुख्य तीन दलले गोकर्ण रिसोर्टमा वैठक थालेका छन्। हिजो संविधानसभाको बैठकमा उपस्थित नभएर तीन दलका नेता गोकर्ण रिसोर्टमा वैठक बसेका थिए। गोकर्ण रिसोर्ट बैठक विरुद्ध तिब्र प्रतिक्रिया उत्पन्न भएको छ। हिजो संविधानसभा बैठकमा सभासदहरुले संविधानसभाको तेजोबध हुने गरी तीन दलका शीर्ष नेता रिसोर्टमा बैठक बसेको भन्दै आलोचना गरेका थिए। Continue reading “गोकर्ण रिसोर्ट अगाडि थाकसले विरोध प्रदर्शन गर्ने”