जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलन सुरू

मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो। सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता...

एमालेको ‘म झोले’ अभियान के हो ?

‘पार्टी वा नेताको झोले कार्यकर्ता’ भन्ने शब्द निकै बदनाम थियो, २०४६ सालपछि । अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ कार्यकर्ताका रूपमा चित्रण गरिन्थ्यो । त्यसपछि ‘झोले’ भन्ने शब्द केही समय ओझेलमा पर्‍यो । तर पछिल्लो समय यो शब्द फेरि प्रयोग हुन थालेको छ । जेठ १५...

विशेष

सबै

१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक, थारूका लागि बजेटमा के छ?

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...

शिक्षा क्षेत्रलाई कायापलट गर्ने जानकी गाउँपालिकाका यी योजनाहरू

जानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी...

कांग्रेस-एमालेलाई नाउपाको अल्टिमेटम : सहमति कार्यान्वयन नभए लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा...

समाचार

सबै

नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्। प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।...

२०८२ जेठ १६ गते २१:३३

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइयो

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ। यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत...

२०८२ जेठ १६ गते २१:२०

तेजुलाल चौधरीले हाँकेको खेलकुद मन्त्रालयलाई कीर्तिमानी बजेट

सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको...

२०८२ जेठ १६ गते २०:५०

कर्मचारीको तलब बढेन, बढाइयो महँगी भत्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उनले महँगी भत्ता वृद्धि गरी मासिक पाँच हजार पुर्‍याइएको बताए। ‘राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए...

२०८२ जेठ १६ गते २०:४६

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

यी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...