सरस्वती चौधरीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। सरस्वतीले लुम्विनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई भंग गर्दै स्वर्ण जित्न सफल भएकी हुन्।

सरस्वतीले निर्धारित दूरी १२.१३ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन्। त्यसअघि निशाले हिटमा १२.१५ सेकेन्डमा दुरी पार गर्दै देवी माया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन्।

हिटमा कीर्तिमान बनाएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेण्डमा पुरा गर्दै रजतमा चित्त बुझाइन्। आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दुरी पार गर्दै कास्य जित्न सफल भइन्। -हाम्रो खेलकुद डटकम




2 thoughts on “सरस्वती चौधरीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

  1. सफल हुने सरस्वती चौधरी लगायत सम्पूर्ण खेलाडीहरुलाई बधाई छ।

Leave a Reply to Dipak Chaudhay Cancel reply

Your email address will not be published. Required fields are marked *