‘स्मार्ट बजार’ले फस्टायो थारू लेहेङ्गाको ब्यापार

यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो । तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो- लेहेङ्गा र चोलियाको कारोबार ।

कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रूपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसायमा प्रविधिको त्यति बढी प्रयोग थिएन । जब लकडाउन शुरू भयो, व्यापारको एक मात्रै सहारा प्रविधि बन्यो । हामीले प्रविधिको उच्चतम प्रयोग गरी प्रविधिलाई व्यवसायसँग जोड्यौं । फेसबूक पेजमा प्रचारप्रसार, विज्ञापन बढायौं र अर्डर हुन थाल्यो ।’ Continue reading “‘स्मार्ट बजार’ले फस्टायो थारू लेहेङ्गाको ब्यापार”