कोरोना संक्रमित सांसद अमनलाल मोदीको स्वास्थ्यबारे सभामुखको चासो

संघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा राखिएको थियो। त्यसलगत्तै उनको परिवारका सदस्यहरु आमा, श्रीमती र २ छोरामा पनि कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव ताजिम अन्सारीले जानकारी दिए। Continue reading “कोरोना संक्रमित सांसद अमनलाल मोदीको स्वास्थ्यबारे सभामुखको चासो”