अस्ट्रेलियामा व्यवसायिक फोटोग्राफीमा जमेका अरूण आर्यन चौधरी

बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरीको नाम अस्ट्रेलियामा रहेका नेपाली साथै अन्य समुदायमा नचिन्ने कमै हुनु पर्दछ। पेशाले सिभिल इन्जिनियर चौधरीको बाल्यकालको समय दाङ्ग, नेपाल मा बितेको थियो भने अध्ययन सप्तरी माध्यमिक बिद्यालय बाट सुरु भएर पोखरा हुदै कान्तिपुर इन्जिनियर कलेज पुगेर टुंगिएको थियो। बाल्यकाल देखि नया कार्य जान्न र सिक्न रुचि राख्ने चौधरीले बिना तालिम २०१२ सालमा लेन्डइस्केप बाट फोटोग्राफर कार्य सुरु गर्नु भएको थियो।

चौधरीले पोट्रेट फोटोग्राफीको अनुभबको साथ सिड्नीमा भएको पहिलो इभेन्टमा काम गर्ने अवसर पाउनु भएको थियो उक्त कार्यक्रममा महानायक राजेश हमालको तस्भिर क्यामरामा कैद गर्न सफल हुनु भएको थियो। उक्त कार्यक्रम नेपाली टच द्वारा आयोजना गरिएको थियो नेपाली टचका सदस्य विश्वास श्रेष्ठ मार्फत, टिम र दिपेश पुनको आग्रहमा हाल चौधरी उक्त टिमको अफिसियल फोटोग्राफर रहनु भएको छ। पेशाले इन्जिनियर चौधरी थारु सोसाईटि सिड्नी अस्ट्रेलियामा पब्लिक रिलेसन अफिसर पनि हुनु हुन्छ। आफ्नो कार्य बेस्तता हुदा हुदै पनि समय मिलाएर सामाजिक कार्यमा सदैब लागि रहने चौधरीले दुई दर्जनभन्दा बढी नेपाली सेलिब्रेटीहरूलाई आफ्नो क्यामरामा कुशलतापूर्वक उतार्न सफल भइसक्नु भएको छ।

नेपथ्य देखि १९७४ ए.डी सम्म राजेश हमाल देखि राजेश पायल राई सम्म भूषण दाहाल देखि रवि लामीछाने सम्म र्याप गायक लाउरे देखि सुगम पोखरेल सम्म का तस्भिर क्यामरामा कैद गरि सक्नु भएको छ।अस्ट्रेलियामा रहेको नेपाली तथा अन्य समुदायहरुमा व्यक्तिगत भोज बिबाह जस्ता कार्यक्रमहरुमा पनि फोटोग्राफर चौधरीको माग रहेको देखिन्छ। हाल अस्ट्रेलियाको सिड्नीमा श्रीमती र छोराको साथ बस्दै आउनु भएका चौधरीले आफ्नो क्यामरामा कैद गरिएका केहि सेलिब्रेटीहरुको लिस्ट हामीले तयार पारेको छौ।

अझै पढ्नुहाेस