अभिनय नै जिन्दगी : अभिनेत्री सुनिता चौधरी

घाँस काट्न जाँदा उनी चउरमा एक्लै नाच्थिन्। बाख्रा चराउन जाँदा रोएको, हाँसेको अभिनय गर्थिन्। नाचेकै शैलीमा हिँडेर स्कुल पुग्थिन्। बाल्यकालको उनको यो दैनिकीबाट बुवाआमा तनावमा हुन्थे। ‘तँ यस्तै गरिराख, एक दिन पागल हुन्छेस्’, उनलाई गाउँलेले भन्थे। कतिले, ‘गर–गर भविष्यमा हिरोइन बन्छेस् पनि भन्थे। पश्चिम तराईको बर्दियाकी सुनिता चौधरीले त्यतिबेला कसैको प्रतिक्रियाको उत्तर फर्काइनन्। बरु पढाइसँगै कलाकारितामा आफूलाई निखार्दै लगिन्। अहिले उनले कलाकारितालाई आफ्नो जीवनशैली र दैनिकी बनाएकी छन्।

उनी २०७१ सालमा सडक नाटकबाट व्यावसायिक रूपमा कलाकारितामा होमिएकी थिइन्। दर्शकमाझ कहिले आमाको भूमिकामा देखिइन् त कहिले गरिबकी छोरीको पात्रमा अनि कहिले स्वयंसेविका। सडक नाटकबाट अभिनय सुरु गरेकी उनी प्लेब्याक थिएटर, टेलिसिरियल, म्युजिक भिडियो हुँदै सिल्भर स्क्रिनमा समेत पुगेकी छन्। उनले ६ वटा गीतको म्युजिक भिडियोमा मोडेलको रूपमा आफूलाई उभ्याइसकेकी छन्। अहिले उनी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणसम्बन्धी सन्देशमूलक गीतको म्युजिक भिडियोे सुटिङमा व्यस्त छिन्। उनका ‘वन्वामे बाटै बाघ–बघुनी’ बोलको थारू गीत र ‘तिमी मभन्दा धेरै टाढा छौ’ बोलको नेपाली गीतको म्युजिक भिडियो दर्शकमाझ आउने क्रममा छ।

‘दौनक माला दिहबु घलाई’ बोलको थारू जातिको कल्चर गीतमा उनको समूहले नृत्य गरेको थियो। दोहरी शैलीमा तयारी भएको म्युजिक भिडियोले एक सातामै युट्युबमा ३० हजार भ्युज पाएको छ। उनले अभिनय गरेका अधिकांश म्युजिक भिडियो थारू भाषाका छन्।

मै तोहर दिवानी, गाउँ घरक छैली, पागल मन, रहर, मेरो पनि मन छजस्ता म्युजिक भिडियोमा उनले दुई वर्षको अन्तरालमा अभिनय गरेकी छिन्। लभ स्टोरी, चेतनामूलक, थारू सांस्कृतिक–परम्परा यी गीतले बोकेका छन्। स्वभावले लजालु देखिने सुनिता अरूको कुरा धेरै सुन्ने र थोरै जवाफ फर्काउँछिन्। प्रायः उनी कुर्ता–सुरुवाल, चप्पलमा गाउँघरकै पहिरनमा देखिन्छिन्। हँसिलो स्वभावकी उनी गम्भीर, रोदन, समाजबाट पीडित चेलीको पात्रका रूपमा आफूलाई नाटकमा प्रस्तुत गर्छिन्। ‘अहिलेसम्म तीन सयभन्दा बढी नाटकमा अभिन्य गरिसकेकी छु’, उनले भनिन्, ‘एउटै चरित्रभन्दा फरकफरक चरित्र निर्वाह गर्न मनपर्छ।’

पूरा पढ्न तलको लिङ्कमा क्लिक गर्नुस्:

 

अझै पढ्नुहाेस