संघ

सांसद अरुण चौधरीद्वारा थारू खेलाडीहरू सम्मानित

खेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्। ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्। ‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ।...

थारूवान

प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउँछन्। खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक-पटक सरकारको ध्यानाकर्षण गराएका सांसद चौधरीले खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्‍याए। “खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौं”, डोरीतान खेलाडी चौधरीले भने, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको...

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विद्यालय शिक्षा विधेयकले परीक्षा बोर्डका आन्दोलनरत कर्मचारी, अपाङ्गता भएका व्यक्ति, वर्गीय शिक्षाको अन्त्य गर्दै शिक्षामा समान पहुँचका लागि जोड दिनुपर्ने बताएका छन्। उनले शिक्षालाई राजनीतिबाट कसरी मुक्त गर्ने, भविष्यमा देखिने समस्या कसरी समाधान गर्ने र समग्र शिक्षा क्षेत्र कस्तो बनाउने? भन्ने कुरा विधेयकमा...

थारूवान

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारू विभागको जिम्मेवारी दिइएको छ। सभापति शेरबहादुर देउवाले नेता चौधरीलाई थारू विभाको प्रमुखमा मनोनीत गरेका छन्। देउवाले अन्य १४ वटा विभागको प्रमुखसमेत मनोनित गरेका छन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइबारे संसदमा प्रश्न उठेको छ। नेकपा एमालेका सांसद एकनाथ ढकालले सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै आम माफीले चोख्याउने कोसिस भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका थिए।

थारूवान

संघीय संसदका समितिका सभापति थारूविहीन हुने भएको छ। यसअघि प्राकृति स्रोतसाधन समितिमा एमालेबाट शान्ता चौधरी र विधायन समितिमा तत्कालीन थरुहट तराई पार्टीबाट गंगा चौधरी सत्गौंवा सभापति बनेका थिए। तर प्रतिनिधिसभामा १४ जना थारू सांसदको प्रतिनिधित्व रहे पनि समितिमा भने कुनै पनि दलले थारू सांसदलाई सभापति बनाएनन्। नागरिक उन्मुक्ति पार्टी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण फैसला सार्वजनिक गर्दै घटनामा रेशम चौधरीको संलग्ता रहेको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्नसमेत गरेको छ।

थारूवान

नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...

थारुवान संबाददाता