प्रदेश

सांसद कृष्णबहादुर चौधरीले रोजे लोकतान्त्रिक समाजवादी

सुदूरपश्चिम प्रदेशका सांसद सदस्य कृष्णबहादुर चौधरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमै रहने बताएका उनले ठाकुर नेतृत्वको पार्टी रोजेका हुन्।

थारुवान संबाददाता

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

थारुवान संबाददाता

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। तीमध्ये थारु समुदायका एकमात्र सांसद सुनिता चौधरी पनि छिन्। उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थारु सांसद चुनकुमारी चौधरी, कुलवीर चौधरीसहित १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन्।

थारूवान

निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ। तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन्।

लखन चौधरी

थरुहट नेता राजकुमार लेखीले थारु माग मुद्दाका सबालमा नयाँ पुस्तालाई समेट्न नसकेको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा बोल्दै उनले सधैं सबै कार्यक्रममा उही व्यक्ति र उही अनुहारहरु देख्नुपरेको बताए।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मन्त्री बनेका छन्। उनी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनी गत प्रदेशसभा चुनावमा दाङको क्षेत्र ३ क बाट निर्वाचित भएका थिए।

थारुवान संबाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।

लखन चौधरी

सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पदीय जुहारी चल्यो ।

लखन चौधरी/धनगढी

नेपाली कांग्रेसका नेता एव‍ं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन्।

थारुवान/दाङ