विशेष

संघीय निजामती ऐनलाई अन्तिम रूप दिँदै मन्त्री अमनलाल मोदी, विज्ञसँग गरे परामर्श

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनलाई अन्तिम टुंगो लगाउने कामलाई तीव्रता दिएको छ। संघीय संसद्को जारी अधिवेशनमा संघीय निजामती विधेयक संसदमा पेस गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज दोस्रो पटक विज्ञहरूसँग परामर्श गरेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि उनले सरकारमाथि यस्तो आरोप लगाएकी हुन्। उनले आफूहरू विचारमा कटिबद्ध रहेको र सबैले प्रयोग गर्ने साधन नबन्ने स्पष्ट पारेकी छन्।

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारू आरक्षणको मागसम्बन्धी मुद्दामा ९ महिनाभित्र संघीय निजामति सेवा ऐन तथा अन्य ऐन, नियम, विनियमसमेतका कानुनी व्यवस्था गर्न परमादेश जारी गरेको छ। थारू कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरीले दायर गरेका ४० बढी मुद्दाको संयुक्त सुनुवाई गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो।

थारुवान संबाददाता

सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी मुद्दामा प्रत्यर्थी झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार प्रत्यर्थी झिकाउन आदेश दिएको हो। यससँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसहितले विपक्षी बनाएकाहरू सर्वोच्च अदालतमा उपस्थित हुनुपर्ने भएको छ।

थारुवान संबाददाता

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटना अर्कै समूहको प्रवेशबाट भएको खुलासा गरेका छन्। कान्तिपुर टिभीसँग कुराकानी गर्दै लाल आयोगका संयोजकसमेत रहेका उनले अर्कै समूहले टीकापुर घटना घटाएको बताए। उनले आन्दोलनकारीबाट मारिएका दुई वर्षीय बालकको मृत्यु प्रहरीको गोलीबाट भएको बताए।

थारुवान संबाददाता

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेस गरेको थियो। अदालतबाट कैदी पूर्जी बुझेर चौधरी कारागार चलान भएका छन्।

थारुवान संबाददाता

प्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।

थारुवान संबाददाता

थारू आरक्षणसम्बन्धी मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको बहस आज सकिएको हो। सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने भएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बहस सकिएको भन्दै सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने जानकारी दिए।

थारुवान संबाददाता

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी स्थगित भएपछि नागरिक उन्मुक्ति पार्टीका नेताहरू सशंकित बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै रेशम चौधरीलाई रिहाइ गर्ने वाचा गरेका थिए।

थारुवान संबाददाता

पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ। वार्ता समितिको संयोजकसमेत रहेका श्रेष्ठले मंगलबार डिल्ली बजार जेलमै गएर रेशमसँग छलफल गरेका हुन्।

थारुवान संबाददाता
1 3 4 5 6 7 21