विशेष

किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक

बर्दियाको नेपाली कांग्रेसमा आबद्ध थारुहरुविरुद्ध स्पष्टीकरण र कारबाही अभियान चलाइएको छ। वडादेखि केन्द्रीय सदस्यसम्मका नेतालाई जिल्ला कार्यसमितिअन्तर्गतको अनुशासन समितिले स्पष्टीकरण र कारबाही अभियान थालेको छ।

थारुवान संबाददाता

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुख/अध्यक्ष पदमा ३१ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमु/उपाध्यक्ष पदमा थारु समुदायका ५२ जना निर्वाचित भएका छन्। वडाध्क्षतर्फ भने ३५० जना निर्वाचित भएका छन्।

थारुवान संबाददाता

‘बाघबाट बचाउनुस्’ भन्दै स्थानीय प्रशासनविरुद्ध प्रदर्शन थालेका बर्दिया मधुवन नगरपालिकाको ओराली बजार आसपासका थारुहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको छ। स्थानीय महिलालाई बाघले घाइते बनाएपछि खाता करिडोर आसपासका थारुहरु सोमबार आन्दोलित बनेका थिए।

थारुवान संबाददाता

कृष्णराज सर्वहारी कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए ।

कृष्णराज सर्वहारी

बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन्। उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याए।

थारुवान संबाददाता

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन्। ताराले सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन्।

थारुवान संबाददाता

कञ्चनपुरको बेलौरीमा ३ वटा वडाअध्यक्षमा थारु उम्मेदवार निर्वाचित भएका छन्। वडा २ मा एमालेका कलवीर चौधरी १०३२ मत ल्याइ निर्वाचित भएका छन्। वडा ९ मा राना थारु समुदायबाट नेपाली कांग्रेसका किसन सिंह राना ६८० मत ल्याइ निर्वाचित भएका छन्। वडा १० मा भने माओवादीका सोमलाल चौधरी १११६ मत ल्याई...

थारुवान संबाददाता

मदन चौधरी काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन संघारमा आउँदै गर्दा कैलालीको टीकापुर क्षेत्र फेरि चर्चाको विषय बनेको छ। थरुहट आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते घटेको ‘टीकापुर घटना’का कारण उक्त क्षेत्र बेला-बेला चर्चामा आइरहन्छ। ठूला दलकै शीर्ष नेताहरुले ‘टीकापुर घटना’लाई कोट्याएर चर्चामा ल्याउँछन्।

मदन चौधरी

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव...

थारुवान संबाददाता
1 8 9 10 11 12 21