देश

जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

थारुवान संबाददाता

बर्दियाको बाँसगढी नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो।

थारुवान संबाददाता

नयाँ दिल्ली : भारत र नेपालबीच सदियौंदेखि धार्मिक, सांस्कृतिक, सामाजिक-आर्थिक र राजनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशको खुला सीमाना मात्रै होइन, विवाह, नातागोता र पारिवारिक बन्धनका माध्यमबाट आदिमकालदेखि नै जोडिएका सभ्यता र सांस्कृतिक सम्बन्धहरू बाँडफाँड गर्ने दुई देशका जनताबीच सधैं निर्बाध आवतजावत भएको छ।

एजेन्सी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण मतहले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनाबारे चिनियाँ पक्षसँग सघन छलफल हुनुपर्ने बताएका छन्। नेपालले महँगो ऋणमा अनुदान लिन नसक्ने भन्दै बीआरआई सम्झौतामा थप छलफल हुनुपर्ने उनको भनाइ छ।

थारुवान संबाददाता

स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका छन्। साहको शपथपछि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुषमा स्वराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए।

थारुवान संबाददाता

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन्।

थारुवान संबाददाता

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो। मतदानका लागि मतदाताहरू बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेका छन्।

थारुवान संबाददाता

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश र सुदूरपश्चि प्रदेशले थारु बाहुल्य जिल्लामा अट्वारी पर्वको विदा दिएका छन्। भदौ १२ गतेका दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

थारुवान संबाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

थारुवान संबाददाता
1 22 23 24 25 26 47