चितवनका थारूले मनाउने ‘फगुवा’को वृत्तचित्र सार्वजनिक

चितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ। थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन्। थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली)। नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ। चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन्। यही पर्वलाई युवाहरुले भिडियो डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरेका छन्। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘फगुवा’ डकुमेन्ट्री झुम्की प्रोडक्सन मार्फत शुक्रबार साँझ रिलिज गरिएको छ।

भिडियोमा मिस थारु २०२२ अस्मिता चौधरीलाई फिचर्ड गरिएको छ। यस डकुमेन्ट्रीको कथा र निर्देशन रुपेश चौधरीले गरेका छन्। सिनेमाटोग्राफर निरज चरन देव महतो र सम्पादन जित महतोले गरेका छन्। पोष्ट प्रोडक्सन निम्तो इभेन्ट्सले गरेको छ। थारु समुदायको महान चाड फगुवामा फागु पूर्णिमाको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ। त्यसलाई थारु भाषामा “समत लेसे” भनिन्छ । त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गरिन्छ। त्यस दिनलाई धुरहेरी भनिन्छ। यीनै विषयवस्तुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माण गरिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *