सुदूरपश्चिमलाई खप्तड-थरुहट र टीकापुरलाई जिल्ला बनाउन नागरिक उन्मुक्तिको शर्त

आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले प्रदेशहरूमा पावर सेयरिङ गर्नुपर्ने शर्त राखेको छ। पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ।

त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्। चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनुपर्ने मागसमेत गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेशमा आठ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ।

संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान राखेको ती नेताले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *