पहिचान आन्दोलनको मुद्दामा थारू सांसदलाई पक्राउ गरेको भन्दै विरोध (फैसलासहित)

थरुहट आन्दोलनको मुद्दामा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। ट्याक्टर जलाइएको आरोपमा कैलाली जिल्ला अदालतले ६ महिना सजाय तोकेको थियो। उनीमाथि ८ लाख बढी पैसा बिगो तिराउने फैसलासमेत भएको थियो।

उक्त मुद्दा पहिचानको मुद्दासँग जोडिएकाले सरकारले थारूमाथि अन्याय गरेको थारू अगुवाहरूले बताएका छन्। सरकारको निर्देशन हुँदासमेत लक्ष्मी महतो कोइरलाई पक्राउ गर्न नसकेको प्रहरीले ट्याक्टर जलाइएको सामान्य केसमा निर्वाचित सांसदलाई मुछेर पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा थारूहरूले आक्रोश पोखिरहेका छन्।
‘मुद्दा आफ्नो ठाउँमा होला। यहाँ प्रधानमन्त्रीदेखि देशका सबै नेताहरूमाथि कुनै कुनै मुद्दा अदालतमा विचाराधीन छन्। ती मुद्दाहरूको सुनुवाई किन गरिँदैन? अनि थारूलाई मात्रै किन टार्गेट गरिन्छ?,’ सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएका छन्।

यस्तो थियो फैसला
कैलाली जिल्ला अदालत ईजलास
माननीय जिल्ला न्यायाधीश श्री बिष्णु सुवेदी फैसला
सम्वत् २०६७ सालको cr ००१६/१३ र.नं.०८५-०६७-०००४१ निर्णय नं.२८१ मुद्दा :- आगो लगायो ।
जिल्ला कैलाली बलिया गा.बि.स. वडा नं. ५ मोतिपुर बस्ने महादेव बजगाईको जाहेरीले वादी नेपाल सरकार-
ऐ. को साक्षी
ऐ. को कागज / प्रमाण :-
प्रतिवादीको नाम, थर, वतन :- जिल्ला कैलाली बलिया गा.बि.स. गिधिनिया बस्ने पर्शुराम चौधरी –
ऐ. ऐ. बस्ने अरुण चौधरी—
वडा नं. ३
-१
–१
जिल्ला कैलाली कोटातुल्सीपुर गा.बि.स. वडा नं. १ निमुवा बोझी बस्ने बीर बहादुर चौधरी –
ऐ. को साक्षी -:
ऐ. को कागज / प्रमाण :-
– १
अदालतवाट वुझेको
मिसिल संलग्न कागजातहरु
प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ।
मेरो नाममा रहेको लु २ त २११ नं. को टेक्टर चालक साजन चौधरीले चलाई ढुङ्गा लिन भनि चिसापानी स्थित गोराङ्गा खोला गई ढुङ्गा लोड गरी लम्की तर्फ आउने क्रममा मिति २०६६। ५ । ३ गते साँझ उक्त टेक्टर बलिया-८ धोबेनी खोला स्थित सडकमा पुग्दा निज चालक लाई टेक्टर रोक्न लगाई जि. कै. बलिया-३ बस्ने पर्शुरामम चौधरी, अरुण चौधरी र वतन खुल्न नआएको बिर बहादुर चौधरी समेतका ८ / १० जना व्यक्तिले चालकलाई कुटपिट गरी टेक्टरमा आगो लगाई रु. ८,७५०००/- क्षेति गरेकोले कानूनी कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त |

जि. कै. बलिया-८ स्थित पुर्व अं. २० मिटर टाढा धोबेनी खोला, पश्चिम सडक राजमार्ग, उत्तर अं.५० मि. टाढा त्रिशक्ति सामुदायिक जंगल, दक्षिण अं. १० मि. टाढा जनकल्याण सामुदायिक जंगल यति चार किल्ला भत्रि पर्ने पुर्व पश्चिम राजमार्गमा मिति २०६६ | ५ | ३ गते साँझ अं. १८.५५ बजेको समयमा चिसापानीबाट लम्की तर्फ ढुङ्गा लोड गरी आई रहेको लु २ त २११ नं. को टेक्टरमा अरुण चौधरी, बिर बहादुर चौधरी समेतका ८ । १० जनाले आगो लगाई जलाउँदा उक्त टेक्टरको छतमा लगाएको त्रिपाल ड्राइभर सिट, इन्जिन हाईड्रोलिङ गेर बक्स ईष्ट्रेरिङ जती क्षति भएको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।

मिति २०६६।५।३ गते साँझ म आफ्नै वयन्स मोडन राईस मिल रहेको बलिया-३ मा मिलमा काम गरी रहेको थिए, मिलको काम गरी सकेपछि साँझ आफ्नो घरमा गई खाना खाई सुतेको राती अं. ११ बजे तिर जाहेरवाला समेतका व्यक्तिहरु मेरो घरमा आई तपाईको भाई समेतका थारुहटका कार्यकर्ताले मेरो लु २ त.२११ नं. को टेक्टरमा आगो लगाई क्षति पुर्याएको भनेपछि उक्त कुराको थाहा भएको हु मैले जाहेरवालाको टेक्टरमा आगो लगाएको छैन, घटनास्थल समेत कहा हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी पर्शुराम चौधरीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

मिति २०६६।५।३ गते दिउँसो मैले चलाउदै आई रहेको जाहेरवालाको लु २ त २११ नं. को टेक्टर चलाई ढुङ्गा लिन चिसापानी स्थित गोराङ्गे खोलामा गई ढुङ्गा लोड गरी लेवरहरु लाई बलिया स्थित बलचौरमा छोडी सांझ अं. ७.१५ बजे तिर म एक्लै लम्की तर्फ उक्त टेक्टर चलाई आई रहेको अवस्थामा बलिया – ८ धोबेनी खोला नजिक सडकमा पुग्दा मोटरसाईकलमा आएका अपरिचित ५ जना व्यक्तिले टेक्टर रोक्न लगाई मलाई एक थप्पड हानी टेक्टरमा पेट्रोल छर्कि आगो लगाई भागी गएका हुन, निजहरु लाई मैले चिनेन । थारुहटका कार्यकर्ताले नै आगो लगाएको हुनु पर्छ को कुन कार्यकर्ताले आगो लगायो भन्ने थाहा छैन भन्ने समेत व्यहोराको चालक साजन चौधरीले मौकामा गरेको कागज ।

मिति २०६६।५।३ गते दिउँसो मेरो नाममा रहेको से १ त २२२५ नं. को टेक्टरमा बालुवा लिन भनि जि. कै. बलिया-३ धोबेनी खोलामा गई बालुवा लोड गरी साँझ अं. ७.३० बजको समयमा म र मेरो टेक्टरमा लेबरी काम गर्ने बोल्न नसक्ने जोधु चौधरी २ जना टेक्टर चलाई लम्की तर्फ आउने क्रममा धोबेनी खोलाबाट सडकमा पुग्दा अं. २०० मि.पुर्व पट्टी सडकमा टेक्टर जली रहेको आगो लागेको देखि म समेत उक्त स्थानमा गई ग्यालेनको पानी हाली आगो निभाएका हौ सो आगो लगाएको टेक्टर जाहेरवालाको लु २ त २११ नं. को टेक्टर थियो । सो स्थानमा म जाँदा चालक साजन चौधरीलाई के कसरी आगो लाग्यो भन्दा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिले टेक्टरमा आगो लगाई भागी गएका भनेकोले थाहा पाएको हु मैले कसैलाई पनि देखेन, को कस्ले आगो लगायो भन्ने पनि थाहा छैन । थारुहटले बिज्ञप्ती मार्फत आगो लगाएको भन्ने जिम्मा लिएको भन्ने सुनेको ले निज थारुहटले नै आगो लगाएको हुनुपर्छ भन्ने समेत व्यहोराको अतबारी चौधरी, आशाराम चौधरी, तेज बहादुर चौधरीले एकै मिलान व्यहोराले मौकामा गरी दिएको कागज ।

लु २ त २११ नं. को टेक्टरमा आगलागी भई सकेपछी केही व्यक्तिहरु आगो निभाउन लागेका र आगो लगाउने बीर बहादुर चौधरी, अरुण चौधरी, पर्शुराम चौधरी भागी रहेका थिए भन्ने केशव उपाध्याय, देवानन्द जैशी,निजहरु समेत ८।९ जनाले आगजनी गरेको सुनी थाहा पाएको भन्ने कर्ण प्रसाद जैशी, थारुहटका अरुण चौधरी, बीर बहादुर चौधरी समेतले टेक्टर चालकलाई कुटपिट गरी टेक्टरमा आगजानी गरेको सुनी थाहा पाएको भन्ने समेत व्यहोराको गणेश ओली, गजेन्द्र शाही समेतले गरी दिएको बस्तुस्थिती मुचुल्का कागज ।

मिति २०६६।५।३ गते साँझ अं. ६.४५ बजे चिसापानीबाट लम्की तर्फ आई रहेको जाहेरवालाको लु २ त.२११ नं. को टेक्टरलाई प्रतिवादी पर्शुराम चौधरी, बीर बहादुर चौधरी, अरुण चौधरी समेतका ८।१० जनाले घटनास्थल धोबेनी खोला नजिक राजमार्गमा रोकी चालकलाई कुटपिट गरी उक्त टेक्टरमा पेट्रोल छर्कि सलाई पारी आगो लगाई बिगो रु. ८,१९,४२३ – को हानी नोक्सानी गरेकाले प्रतिवादीहरुलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नं. को कसुरमा सोही ४ नं. बमोजिम सजाय गरी प्रतिवादीहरुबाट नोक्सान भएको बिगो रु. ८,१९,४२३।- जाहेरवालालाई दिलाई भराई पाउन भन्ने समेत व्यहोराको अभियोग मागदाबी ।

उक्त घटनामा लु २ त. २११ नं. को टेक्टरमा प्रतिवादीहरु बिर बहादुर चौधरी, अरुण चौधरी र पर्शुराम चौधरी लगायतका ८।१० जनाको समुहले आगो लगाएका हुन बाहिरको बडी, हुप र ड्राईभर सिट सबै जलेको थियो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने देवानन्द जैशीले यस अदालतमा गरेको बकपत्र |

उक्त टेक्टर मेरो ड्राईभर साजन चौधरीले सो टेक्टरमा ढुङ्गा लोड गरी गोराङ्गेबाट ल्याउँदा बाटोमा मोटरसाईकल तेस्राएर रोकी पछाडी कुनै गाडी छ भनी ड्राईभरलाई सोध्नुका साथै निज ड्राईभरले कुनै गाडी छैन भनी भन्दा बोत्तलमा ल्याएको पेट्रोल छर्कि टेक्टरको ड्राइभर बस्ने भागबाट आगो लगाएका हुन भन्ने समेत व्यहोराको जाहेरवाला महादेव बजगाईले यस अदालतमा गरेको बकपत्र ।

म मोतीपुर चोकमा आफ्नो पसलमा बसी राखेको बेला महादेव बजगाईको टेक्टरमा आगो लगायो भन्ने हल्ला भएको र म लगायत १२ १५ जना जति आगो लगाएको ठाउँमा जादा जाहेरवाला महादेव बजगाई लु १ त. २११ नं. को टेक्टर जली राखेको थियो म लगायत म संग गएका मानिसहरुले टेक्टरमा लागेको आगो निभायौ र सो टेक्टरमा आगो लगाई भागी रहेको अवस्थामा पर्शुराम चौधरी, बीर बहादुर चौधरी अरुण चौधरी लगायतका मैले नचिनेका १२।१५ जना भागी राखेको मैले देखेको हु भन्ने समेत व्यहोराको बस्तुस्थिती मुचुल्काका मानिस केशवराज उपाध्यायले यस अदालतमा गरेको बकपत्र ।

यस अदालतको ठहर
नियम वमोजिम साप्ताहीक तथा आजको दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन २०४८ को दफा ७ तथा मु.ऐन अ.वं. २९ नं बमोजीम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने भई वादी नेपाल सरकार तर्फ बाट उपस्थित हुनु भएका बिद्धान जिल्ला न्यायधिवक्ता ध्रुव कुमार चौहानले गर्नु भएको बहस समेत सुनीयो ।
प्रतिवादीहरुले मुलुकी ऐन आगो लगाउनेको १ र ४ नं. को कसुर गरेकोले निजहरुलाई ऐ. ऐनको महलको ४ नं. बमोजिम सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई वादी नेपाल सरकारको अभियोग मागदाबी अनुसारको कसुर अपराधमा सजाय हुनुपर्ने हो वा होईन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । सो सम्बन्धमा बिचार गर्दा मिति २०६९ । ५ । ३ गते साँझ अं. ६.४५ बजे चिसापानीबाट लम्की तर्फ आई रहेको लु २ त २११ नं. को टेक्टरलाई प्रतिवादीहरुले रोकी चालकलाई कुटपिट गरी टेक्टरमा पेट्रोल छर्कि आगो लगाई रु. ८,७५,०००।- बराबरको बिगो नष्ट भएको भन्ने जाहेरवालाको जाहेरी दरखास्त परेकोमा मौकामा कागज गर्ने गजेन्द्र शाही समेतले अनुसंधान अधिकारी समक्ष मौकामा कागज गरी आगो लगाउने मेन चाही अरुण चौधरी र बिर बहादुर चौधरी समेतका व्यक्तिहरु हुन, पर्शुराम चौधरी भन्ने व्यक्ति घटनामा थिएन भनि सुनेको हु भनी व्यहोरा व्यक्त गरेको र निज पर्शुराम चौधरीले अनुसंधान अधिकारी समक्ष मौकामा बयान गरी कसुर अपराधमा इन्कारी रही निजलाई अनुसंधानको क्रममा जिम्मा जमानीमा छाडिएको र अभियोग दायर गर्दा फरार देखाई मुद्दा दायर गरेको देखियो । यस अदालतबाट तिनै जना प्रतिवादीहरुका नाममा म्याद जारी हुदा सबै प्रतिवादीहरु यस अदालतमा हाजिर हुन नआई कसुर अपराधलाई स्वीकार गरी बसेको र जाहेरवाला लगायतका वादी पक्षका साक्षीहरुले यस अदालत समक्ष बकपत्र गर्दा पर्शुराम चौधरी, अरुण चौधरी र बिर बहादुर चौधरी समेतले आगो लगाएको हो भन्ने व्यहोरा खुलाई दिएबाट प्रतिवादीहरुले मु.ऐन आगो लगाउनेको १ र ४ नं. को कसुरगरेको ठहर भै निजहरुलाई सोही ऐनको ४ नं. बमोजिम जनही ६ (छ) महिनाका दरले कैद सजाय हुने भै आगलागीबाट नोक्सान भएको बिगो रु. ८, १९४२३५- प्रतिवादीहरुबाट जाहेरवालाले भरी भराउ गरी लिन पाउने ठहर्छ । सो ठहर्नाले अरु तपसिलका कलममा तपसिलै बमोजिम गर्ने गरी अ.ब.१८६ नं. बमोजिम फैसला गरी दिए ।




Leave a Reply

Your email address will not be published.