पत्रकार पूर्णकुमार चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव पूर्णकुमार चौधरीको निधन भएको छ। उपचारको क्रममा गएराती करिव १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। रेडियो भेडेटारका स्टेशन म्यानेजर समेत रहेका ३५ वर्षीय चौधरीलाई पिसाबमा संक्रमण देखिएपछि दुई दिनअघि उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उनको उपचारकै क्रममा निधन भएको पारिवारीक स्रोतको भनाइ छ। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला सचिव समेत रहेका उनी नेपाल प्रेस यूनियन धनकुटाका कोषाध्यक्ष समेत थिए। धनकुटा सिनेमा हलका संचालक समेत रहेका उनको पार्थिव शरीरलाई राती नै धनकुटास्थित निवासमा ल्याइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले बताए।
Facebook Comment