टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ। सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी मारिएका थि ।

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

त्यसपछि रेशम चौधरी पक्षका कानून व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। आजै अर्को पेसी तोकिने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *