उत्कृष्ट कार्यसम्पादन गरेका वडाध्यक्ष बन्धुराम महतो सम्मानित

खैरहनी नगरपालिकाको १२औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन्। नगरपालिकामा रहेका १३ वटा वडाहरूमध्ये कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएकाले नगरप्रमुख शशी कुमार खनियाले वडाध्यक्ष महतोलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

वडाको ३९ वटा योजनाहरूमध्ये २५ वटा योजना सम्पन्न भइसकेको वडाध्यक्ष महतोले बताए। वडाको १ करोड ५१ लाख बजेटको करिब ८५ प्रतिशत खर्च रकम भुक्तानी भइसकेको वडाध्यक्ष महतोले बताए। उनले भने, ‘सम्पन्न भएको योजनाहरू प्रायः भौतिक निर्माण योजना रहेको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *