सुदूरपश्चिममा गठबन्धनलाई नागरिक उन्मुक्तिको समर्थन, सरकारले महिना दिनभित्रै रेशम चौधरीको रिहाइ गर्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई थारूहरूलाई माघीको उपहारस्वरुप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वान दिएका छन्।

सुदूरपश्चि प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो। अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताइन्।

‘सरकारका तर्फबाट माघ महिनाभित्रै रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सोहीअनुसार हामीले समर्थन गरेका हौं। तर हामी प्रतिपक्षीमै बस्छौं। उहाँहरूले प्रतिबद्धता निभाउनुभएन भने सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन्नौं,’ उनले भनिन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र सिंह रावल केही बेरमै मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। उनले माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न लागेका हुन्।

नागरिक उन्मुक्ति पार्टीले संघमा पनि प्रचण्ड नेतृत्वको सरकारलाई शर्तसहित समर्थन गरेको छ। रेशमको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने उद्घोष पनि गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *