राजकुमार लेखी र राजेन्द्र चौधरीले लिए थारू भाषामा सपथ

मधेस प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरूलाई सपथ गराएका हुन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार ५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा सपथ लिए।

बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले सपथ लिए। राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यस्तै मगही र हिन्दी भाषामा २/२ सांसदले सपथ लिएका छन्। एकमात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन्।

त्यस्तै सर्लाही रामनगर घर भएकी नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद उर्मिलादेवी सिंह पनि अन्यभन्दा फरक देखिइन्। उनले थारु भेषभूषामा सपथ लिइन्। उनले मङ्गटीका, डरकस, चुरा र सिक्री लगाएकी थिइन्। उनले भनिन्, ‘मैले लाएको सबै थारू गहना हो। आफ्नो पहिचान झल्काउन परम्परागत गहना लगाएर आएकी छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *