मधेसी आयोगले भन्यो- थारू आयोगकै पदाधिकारीको सहमतिमा मधेसीमा सूचीकृत गर्‍यौं

मधेसी आयोगले थारू आयोगका पदाधिकरीहरूकै सहमतिमा थारूलाई मधेसीमा सूचीकृत गरेको बताएको छ। गत मंसिर २९ गते प्रेस विज्ञप्ति जारी गर्दै मधेसी आयोगले यस्तो दाबी गरेको हो।

‘मधेसी आयोगले आफ्नो थर सूचीकरण अध्ययन प्रतिवेदनमा थारू र मुस्लिमलाई थारू आयोग र मुस्लिम आयोगकै पदाधिकारीहरूको सहमतिमा मधेसीको रूपमा सूचीकृत गरी अग्रसारित गरेको थियो,’ उपसचिव सविता डंगोलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

थारू र मुस्लिम समुदायबाट व्यापक विरोध भएपछि उक्त प्रतिवेदनमा उल्लेखित सूचीकरण मधेसी आयोगले मंसिर २० गते हटाउने नर्णय गरेको थियो।

तर आयोगले थारू आयोगका पदाधिकारीहरूले दोहोरो चरित्र देखाएको आरोप गाएको छ। मधेसी आयोगले आफूहरूलाई भन्दा पनि थारू आयोगकै पदाधिकारीहरूसँग यसबारे प्रश्न गर्न आग्रह गरेको छ।




One thought on “मधेसी आयोगले भन्यो- थारू आयोगकै पदाधिकारीको सहमतिमा मधेसीमा सूचीकृत गर्‍यौं

  1. थारु आयोगको कुन थारु सदस्यले भनेका छन । नाम आउनु पर्यो र त्यस्तो सदस्यलाई अबिलम्ब पदबाट निलम्बित हुनु पर्छ । थारु पदाधिकारीहरुको बेला कुबेला यस्तै किसिमका गैर जिम्मेवारीपूर्ण व्यवहारले थारुहरु आफ्ना मांगमुद्दाबाट शुरुदेेखि हार्दै आएका हुन ।

Leave a Reply to Bhulai Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *