समर्थन गरेर पनि सरकारमा किन गएन नागरिक उन्मुक्ति?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सोमबार ८ सदस्सीय मन्त्रिपरिषद् विस्तार भयो। सत्तारुढ दलबाट एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका मन्त्रीहरूले शपथ लिए। तर सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टीले भने मन्त्रालय पाए पनि मन्त्री पठाएन।

स्रोतका अनुसार कम्तिमा एक मन्त्रालय नागरिक उन्मुक्ति लागगि छुट्याइएको छ। सोमबार डिल्लीबजारस्थित कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

पार्टी प्रवक्ता दामोदर पण्डीतले भने, ‘हामीले सरकारलाई समर्थन गर्छौं। तर, पार्टीका संरक्षक चौधरीलाई रिहा नगरेसम्म सरकारमा हाम्रो पार्टीको सहभागीता नहुने निर्णय गरेका छौं।’

यो पार्टी सुदूरपश्‍चिममा निर्णायक देखिएको छ। सुदूरपश्चिममा ७ सिट रहेको नागरिक उन्मुक्ति बिना गठबन्धनले सरकार बनाउन सक्दैन। यस्ताो अवस्थामा गठबन्धनसँग रेशम चौधरीको रिहाइ गर्नुको विकल्प छैन।

माओवादी नेताका अनुसार सरकारले केही समयभित्रै रिहाइ प्रक्रिया अगाडि बढाउने छ। राष्ट्रपति कार्यालयमा अड्केको फौजदारीसम्बन्धी कानुन पनि छिट्टै प्रमाणीकरण हुने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *