स्वतन्त्र सांसद किरणकुमार साहले लिए संस्कृत भाषामा शपथ

स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका छन्। साहको शपथपछि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुषमा स्वराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए।

‘मैले हिन्दू सनातन धर्ममा ध्यान दिने भएकाले संस्कृतका पुस्तकहरू पढ्ने गरेको छु। यहाँ संस्कृत हराउँदै गएको छ। संस्कृतिलाई जगेर्ना गर्नका लागि संस्कृतमा शपथ लिएको हुँ,’ साहले बीबीसीसँग भने।

सात कक्षासम्म संस्कृत पढेका उनले त्यसयता भने संस्कृतको औपचारिक शिक्षा लिएका छैनन्। मातृभाषामा शपथ लिन सांसदहरूलाई तीन दिनअघि जानकारी गराउन भनिएको थियो। तर जानकारी ढिलो पाएकाले आफूले चाहेर पनि खस आर्य भाषामा शपथ लिन नपाएको रास्वपाकी विनिता कठायतले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *