रेशमका पिता लालवीर चौधरी नागरिक उन्मुक्तिमा प्रवेश

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्।

मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले ‘ब्याकअप’ उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो।

उनले माओवादीका सुरेश पन्थलाई १३६ मतात्नरले पराजित गरेका थिए। चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएका थिए।

यससँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा चार सिट हुने भएको छ। नागरि उन्मुक्तिले कैलालीको क्षेत्र नं १,२ र ३ मा विजयी भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *