अरुण आर्यन चौधरीले गायक आरके थारूलाई गराए डेब्यु (भिडियोसहित)

गायक आरके थारूले मोडलिङमा डेब्यु गरेका छन्। उनले आफ्नै गीत ‘का येहे हो माया’बोलको गीतमा डेब्यु गरेका हुन्। अष्ट्रेलिया निवासी अरुण आर्यन चौधरीले गायक थारूलाई डेब्यु गराएका हुन्।

चौधरीकै निर्माणमा बनेको यो गीतको भिडियोलाई सेबिल इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो। आरके थारूकै शब्द र कम्पोज रहेको गीतलाई गणेश चौधरीले अरेन्ज गरेका छन्।

रजनिश चौधरीले निर्देशन गरेको भिडियोमा आरकेको अपोजिट निर्जा राजबंशीले अभिनय गरेकी छन्।

आरके थारुले ‘मन लागेन’बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए। उक्त गीत करोड भ्युज पुग्ने पहिलो थारू गीतसमेत हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *