संसदमा गंगाराम चौधरीको मौलिक पहिरनले तान्यो सबैको ध्यान (तस्बिरसहित)

कैलालीको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद् गंगाराम चौधरीले थारू सँस्कृति झल्किने पहिरन लगाएर सांसदको शपथ ग्रहण गरेका छन्। उनले सेतो धोतीसहित खुट्टामा काठको पौवा र टाउकोमा कटौटी टोपी लगाएर शपथ लिएका हुन्।

नागरिक उन्मुक्ति पार्टी पहिचानवादी पार्टी रहेकाले थारू समुदायको पहिचान झल्काउन आफूले परम्परागत पहिरन लगाएर शपथ ग्रहण गरेको उनको भनाइ छ। आफूले पृथक पहिरन लगाउँदा सबैको ध्यान तानेको भन्दै उनले थपे,‘संसद हलमा जाने क्रममा जब टोक्रयाक टोक्रयाक मेरो पौवाको आवाज आयो। त्यो बेला सबैले मलाईमात्रै हेरे।’

उनले आफ्नै खेतमा लगाइएको पप्लर प्रजातिको काठको पौवा शपथ ग्रहणमा लगाउनका लागि बनाउन लगाएका थिए। उनले टोपी पनि गाउँघरमै बनाएर लगाएको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गरेका सांसद चौधरीसहित रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएर स्वतन्त्रबाट विजयी सांसद लालवीर चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेका छन्।

तस्बिर सौजन्य : अशोक दुलाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *